‘सुन्दरता भन्ने कुरा व्यक्तिको पहिलो चाहना हो’

  POSTED ON : फाल्गुन १८, २०७७ (९:५५ AM)

‘सुन्दरता भन्ने कुरा व्यक्तिको पहिलो चाहना हो’

काठमाडौं । नेपाली कला क्षेत्रको समृद्धिका लागि धेरैले योगदान पु-याई रहेका छन् । एउटा श्रव्यदृश्य सामग्री दर्शकसम्म आइपुग्दा त्यसमा फरकफरक मेनपावरको उत्तिकै मिहिनेत लागेको हुन्छ । पर्दामा आउने कलाकार र पर्दा पछाडिका धेरै व्यक्तिहरूको मिहिनेतले नै एउटा राम्रो श्रवय दृश्य सामग्री श्रोतामाझ आएको हुन्छ । नेपाली कला क्षेत्रको समृद्धिमा पर्दा पछाडि बसेर निरन्तर लागि परेका मेकअप आर्टिष्टमध्ये अग्र पंक्तिमा आउने नाम हो नारायण भट्टराई । आजको दिनसम्म चुम्नका लागि उहाँले यस क्षेत्रमा धेरै पसिना बगाउनु भएको छ । सौन्दर्य क्षेत्रमा रहेर थुप्रै मानसम्मान, पुरस्कार तथा अवार्ड चुम्न सफल हुनुभएका भट्टराईले पछिल्लो समय हिमालयन अन्तर्राष्ट्रिय अवार्ड चुम्न सफल हुनुभएको छ । सौन्दर्य कला क्षेत्रमा आफ्नै पहिचान बनाउनु भएका भट्टराईसँग हिमालय टाइम्सका लागि गोपिकृष्ण चापागाईंले गर्नु भएको कुराकानीको संक्षिप्त अंशः–

यतिबेला के गरिरहनु भएको छ । 

म मेरो पेशा, कर्ममा नै आफूलाई व्यस्त बनाउँदै आएको छु । सौन्दर्य कला क्षेत्रमा रहेर आफूले जानेको कुरा बाडिरहेको छु । यस्तै केही सामाजिक कार्य र आफ्ना केही व्यक्तिगत कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । 

सौन्दर्य कला क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ? 

सौन्दर्य कला क्षेत्रको औपचारिक तथा अनौपचारिक ज्ञान लिएर म यो क्षेत्रमा आए । सौन्दर्य सम्बन्धी एड्भान्स कोर्ष तथा विशेष तालिमहरू लिएर म यो क्षेत्रमा प्रवेश गरेको हुँ । यस क्षेत्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल पछि यो क्षेत्रमा आए । आफूले जानेको बुझेको ज्ञानलाई अझ धेरै समक्ष पु-याउ भन्ने नै मेरो उद्देश्य छ । 

यो क्षेत्रमा यहाँको सफलतामा कस कसको साथ रहृयो ?

मेरो दिदी नै यस व्यवसायमा मलाई ल्याउन प्रमुख पात्र हुनुहुन्छ । सफलताको पछाडि मेरो इच्छा शक्ति नै हो जस्तो लाग्छ । तर पनि केही नाम लिनुपर्दा माया दिज्यू, शान्ति श्रेष्ठ तथा अशोक घोजुजस्ता मेरा असल गुरु तथा मेरो श्रीमती नै मेरो सफलताको पछाडि ठूलो हात रहेको छ । 

प्रशिक्षकका रूपमा पनि हुनुहुन्छ ?

हो, आफूले जानेको बुझेको ज्ञानलाई अझ विस्तृत रूपमा सबै माझ पु¥याउ भन्ने उद्देश्यले प्रशिक्षकका रूपमा छुु । मसँग प्रशिक्षण लिएका धेरै नेपालमै पनि राम्रो गरिरहेका छन् भने विदेशमा पनि राम्रो गरिरहेका छन् । उनीहरूको सफलतामा म गौरव गर्छु । 

विभिन्न सौन्दर्य प्रतियोगितामा यहाँलाई निर्णयकको रूपमा पनि देखिने गर्छ ?

मैले मेरा कमहरू गर्दै गर्दा मलाई यस सम्बन्धी हुने विभिन्न प्रतियोगितामा निणर्यकको रूपमा बोलाइने गर्छ र राजधानीमा मात्र होइन राजधानीबाहिर हुने सौन्र्दय प्रतियोगितमा निर्णयक भूमिका रहेको छ । यस्तै विभिन्न क्षेत्रमा कलाकारहरूको कथावस्तु र कथा परिवेशले कल्पना मुताविक आवश्यक सुहाउँदो मेकअप समायोजन गर्ने गरेकी छु । 

समाजसेवामा पनि अग्रणी रूपमा रहँदै आउनुभएको छ नि ?

सौन्दर्य क्षेत्रमा रहेर मैले कमाएको नाम र दामभन्दा मलाई सन्तुष्टि मिल्ने क्षेत्र भनेको समाज सेवा नै हो । समाज सेवामार्फत मैले धेरै व्यक्तिलाई प्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएको छु । यस्ता कार्यले छुट्टै आनन्द प्राप्त हुन्छ । 

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, तपाईं आफ्नो गन्तव्य भेटनुभयो जस्तो लाग्छ ?

मैले यो क्षेत्रमा रहेर गरेका कार्यले मलाई नाम र दाम दुवै दिएको छ । म यो क्षेत्रबाट पूर्णरूपमा सन्तुष्ट छु । मेरा कार्यले तारिफ बटुलिरहेका छन् । यसमा खुशी छु । जोस–जाँगर, भावी कार्ययोजना, सपना र उद्देश्य लिएर हिँडनुपर्छ मेरोमात्र होइन सबैको गन्तव्य भेटिन्छ । 

यो क्षेत्रमा रहेर यहाँले थुप्रै मान सम्मान पनि बटुल्न सफल हुनुभयो ?

यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न मान सम्मान र पुरस्कार तथा अवार्ड प्राप्त भएका छन् । भरखरैमात्र पनि काठमाडौंमा एक विशेष कार्यक्रमबीच भव्य तथा सभ्य रूपमा सम्पन्न भएको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ । मेरा कार्यले उत्कृष्टता हासिल गर्दै जाँदा मान सम्मान र पुरस्कार प्राप्त हुँदै गए । ती सबैले मलाई अझ उत्कृष्टता प्रस्तुत गर्न प्रेरणा प्रदान गरेका छन् । यो क्षेत्रमा मेरो योगदानको मूल्यांकन गर्दै विभिन्न संघ संस्थाबाट सम्मान र पुरस्कार प्रदान गर्नुहुने सबैमा हृदयदेखि नै आभारी छु ।

नेपालमा सौन्दर्य चेत कतिको भएको पाउनुहुन्छ ?

पछिल्लो समय हामीकहाँ पनि सौन्दर्य चेत एकदमै राम्रो भएको छ । यो केवल सुन्दर देखिने कार्यमात्र होइन सचेतता पनि हो भन्ने कुराको विकास भएको छ । 

मेकअप भन्नाले के बुझ्ने ?

साधरणतया अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई मेकअप बुझिन्छ । तर, यतिमा मात्र यो सीमित छैन । यसको क्षेत्र व्यापक र विस्तार छ । 

मेकअप नगर्दा के हुन्छ ?

हरेक मानिसलाई सुन्दर देखिने चाह हुन्छ । मेकअप नगर्दा जति आकर्षक, राम्रो र राम्री देखिनुपर्ने, त्यति न देखिन सक्छ । विभिन्न किसिमका क्रिम एवं सौन्दर्य प्रशाधनको प्रयोग गरेर हामी थप राम्रो देखिने चेष्टा गर्छौं । यद्यपि सुन्दर हुने चाहना राख्नु एक सामाजिक मनोविज्ञान हो । यो स्वतः हरेकको मनभित्र हुर्कन्छ । जो कोहीलाई लाग्छ, कसरी म राम्रो देखिन्छु ? तर, यसो गर्दा हामीले प्रयोग गर्ने सामग्रीमा विशेष ध्यान पु¥यान जरुरी छ । 

मेकअपको साइड इफेक्ट ?

आकर्षक वा राम्रो देखिने मनोविज्ञानले नै सौन्दर्य प्रशाधनको बजारलाई चलायमान बनाइदिएको छ । समुचित ढंगले यी प्रशाधन प्रयोग गर्दा त्यसले सकारात्मक नतिजा दिनसक्छ । तर, जथाभावी गरिने प्रयोगले आकर्षक होइन, कुरुप हुने भय हुन्छ । र, दैनिक जीवनमा यस्ता मेकअपको प्रयोगले अनुहारमा पिम्पल्सलगायत चायाँ, पोतोजस्ता छालासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ । मुख्यतया हामीले प्रयोग गर्ने सामग्रीमा विशेष ध्यान पु¥याउनुपर्छ । जस्तोपायो त्यस्तो सामग्रीको प्रयोगले फाइदाभन्दा नोक्सान पु¥याउँछ । यसबाट बच्न रसायनरहित क्रिमको उपयोग जरुरी छ ।

सुन्दर हुन चाहने तथा आफूलाई अरूको बीचमा प्रफेक्ट हुन चाहनेहरूका लागि कस्तो सल्लाह दिन चाहनुहुन्छ ?

सुन्दरता भन्ने कुरा व्यक्तिको पहिलो चाहना हो । तर, हामीले सुन्दर हुने नाममा आफ्नो छाला तथा हेयरलाई विगार्न हुँदैन । जहिले पनि दीर्घकालीन रूपमा असर पर्ने कुरामा ध्यान दिनुपर्छ । 

दीर्घकालीन भन्नाले ?

हामीले जहिले पनि मेकअपको आधारभूत सिद्धान्तलाई बिर्सनु हुँदैन । आफ्नो छाला, रौको बारेमा आफू जानकार हुन धेरै जरुरी छ । मैले मेरो धेरै लेखहरूमा यस विषयमा ललेखेको छु । मेरो पुस्तकहरूमा पढ्न सक्नुहुन्छ । 

अन्त्यमा,

मैले सधैं भन्ने कुरा मेकअप गर्दा आफ्नो मेकअपको उद्देश्य नभुल्नुहोस् । सधैं राम्रो प्रोडक्टहरू प्रयोग गर्नुहोस्, अनि आफूलाई जानकारी नभएको कुरा जान्नेहरूसँग सल्लाह गर्नुहोस् भन्न चाहन्छु । 


Top