18th May | 2021 | Tuesday | 7:40:56 AM

भारतभन्दा नेपालमा नुन सस्तो छ

  POSTED ON : चैत्र २, २०७७ (१०:२३ AM)

भारतभन्दा नेपालमा नुन सस्तो छ

हरेक क्षेत्रमा पुरुष बाहुुल्यता रहँदै आएको नेपाली समाजमा महिला सहभागिता एकदमै न्यून रहेको छ । सोही कारण अझै पनि सरकारी होस् वा निजी क्षेत्रको उच्च तहमा पुग्ने महिलाको संख्या नगन्य रहेको छ । त्यसो त हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था छ तर नेतृत्व तहमै ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था नहुँदा महिलाहरू नेतृत्वको अवसरबाट वञ्चित रहँदै आएका छन् । त्यसैले पनि महिलाहरू सरकारी वा गैरसरकारी संस्थाको नेतृत्व तहमा पुगेको विषयले ठूलै चर्चा पाउने गरेको छ । उर्मिला श्रेष्ठले विगत लामो समयदेखि साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । मिडियाहरूमा त्यति आउन नरुचाउने श्रेष्ठसँग विश्व उपभोक्ता दिवसको अवसरमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी:

कुनै पनि सरकार वा गैरसरकारी निकायको नेतृत्व तहमा पुग्ने महिलाको संख्या एकदमै न्यून छ, तपाइँ चाहिँ कसरी साल्ट ट्रेडिङको नेतृत्वमा पुग्नुभयो ?

म तालिमका लागि साल्ट ट्रेडिङमा आएको थियो । म्यानेजमेन्ट टेनिङका लागि आएको थिए । विभिन्न असिस्टेन्ट, म्यानेजर हुँदै यो पोष्टमा आइपुगेको हुँ, म बाहिरबाट आएको चाहिँ होइन । 

यही संस्थाबाट भए पनि माथिल्लो तहमा महिला पुग्न गाह्रै छ भन्छन् नि ?

गह्रो त छ, संघर्ष गर्नैपर्छ । म नोकरीमा प्रवेश गर्दा सरकारी निकायमा महिलाहरू पनि थिए तर ठूलो पोष्टमा भने थिएनन् । म माथिल्लो पोष्टमा आउँदा म भन्दा तलमा पुरुष कर्मचारीले केही असहज महसुस गर्नुहुन्थ्यो । म नोकरीमा प्रवेश गर्दा मेरो बिहे पनि भएको थिएन । यस्तो सानो उमेरकी महिलाको अन्डरमा काम गर्नुप-यो भन्ने उहाँहरूलाई लाग्थ्यो । तर मैले कसैलाई पनि डोमिनेटिङ व्यवहार गरिनँ । सबैलाई दाइ, सर, माड्साव भन्थे, आदरै गर्थे ।

सरकारको पनि स्वामित्व रहेको साल्ट ट्रेडिङको अवस्था कस्तो छ ?

सरकारी स्वामित्व भए पनि यो अद्र्ध सरकारी संस्था हो, त्यसैले संस्थाको अवस्था राम्रो छ । कोरोना महामारीका कारण यस वर्ष भने केही समस्या भयो । खासगरी लकडाउनको बेला अलि गाह्रो भयो । आमउपभोक्ताको साल्ट टे«डिङप्रतिको विश्वासका कारण पनि त्यति ठूलो समस्याको सामना भने गर्नुपरेन । त्यसैले उपभोक्ताप्रति म आभार व्यक्त गर्छु ।

नुनबाहेकको खाद्य पदार्थ चाहिँ के छन् ?

हामी चिनी, अत्यावश्यक वस्तुमा चामल, दाल, तेल, आँटा, मैदा, पिठो, सुजी, गहुँको बीउ, अखवारी कागज, रसायनिक मललगायत बिक्री गर्दै आएका छौं । अनुदान र गैरअनुदान दुवै रसायनिक मल बिक्री गर्छौं ।

साल्ट ट्रेडिङका सामानहरू देशैभर बिक्री हुन्छ ?

देशैभरी जान्छ । नुन देशैभरी जान्छ भने खाद्यान्न पनि जान्छ । यस वर्ष चिनी देशैभर गयो । मैदा, पिठो र सुजीलगायतका वस्तु पोखरा, चीतवनलगायतका शहरी क्षेत्रमा जान्छ । रसायनिक मल भने दशैभर जान्छ भने अखवारी कागज मुख्य शहरहरूमा जान्छ ।

साल्ट ट्रेडिङसँग एसटिसी ग्यास पनि छ, एसटिसी ग्यास देशैभरी जान्छ ?

 ग्यास चाहिँ हामीले देशैभरी पठाएका छैनौं किनभने काठमाडौं उपत्याकालाई मात्रै केन्द्रित गरेकाले बाहिर नपठाइएको हो । ग्यास काठमाडौं उपत्याका र बनेपा, धुलिखेलसम्ममात्रै जाने गरेको छ । त्यस्तै धादिङ नुवाकोट पनि जाने गरेको छ ।

भनेपछि उपत्याकाबाहिरका उपभोक्ता एसटिसी ग्यासबाट वञ्चित हुने भए ?

भविश्यमा उपात्याकाबाहिर उपभोक्तासम्म पु-याउने सोच चाहिँ बनाएका छौं । आफ्नै बोटलिङ प्लान्ट स्थापना गर्ने योजना भने छैन, निजी क्षेत्रसँग सहकार्य गर्दै सातवटै प्रदेशमा पुग्ने सोच बनाएका छौं । 

साल्ट ट्रेडिङलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कत्तिको सहज छ ?

गह्रो त छ । साल्ट ट्रेडिङ भनेकोे अद्र्ध सरकारी संस्था भएकाले सबै कुरा पारदर्शी हुनुपर्छ । अझै उपभोक्ता गुणस्तरप्रति सचेत नभएका कारण गुणस्तरीयभन्दा सस्तो सामान खोज्ने प्रवृत्ति देखिन्छ । त्यसो त निजी क्षेत्रले बिक्री गर्ने सबै सामान गुणस्तरहीन नै हुन्छ भन्ने हुँदैन । उपभोक्तालाई गुणस्तरप्रति सचेत गराउन उपभोक्ता जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

खाद्यान्नबाहेकका वस्तुको पनि कारोबार गर्ने योजना छैन ? 

त्यस्तो योजना त छ । अघिल्लो वर्ष सुदूरपश्चिममा किसानलाई हात धुने कार्यक्रम सञ्चालन गरेका थियौं । किसानले रसायनिक मलको प्रयोग गर्ने तर हात नधुने र सरसफाइमा ध्यान नदिने अवस्था थियो । हामीले ६ महिनासम्म साबुन पानीले धात हुने जागरण कार्यक्रम सञ्चालन गरेका थियौं । सोही क्रममा कोरोना महामारी सुरु भयो । उनीहरूमा साबुन पानीले धात धुने बानी बस्यो । त्यसैले अहिले हामी साबुन पनि बिक्री सुरु गरेका छौं । 

पेट्रोल पम्प पनि सञ्चालन गर्ने कुरा थियो, के हुँदैछ ?

केही वर्षअघि पेट्रोल पम्पको प्रक्रिया सुरु गरिएको हो तर त्यत्तिबेला पाएन, अहिले मिल्दैन भनेको छ । तै पनि हामीले पहल गरिरहेका छौं ।

रसायनिक मलको हरेक वर्ष अभाव हुने किन होला ?

अनुदानित मलमा हामीलाई सरकारले कुल परिमाणको ३० प्रतिशतमात्रै दिएको छ । ३० प्रतिशतको कुरा गर्ने हो भने गतवर्षको फागुन महिनासम्म मल आइसकेको थियो । लगत्तै लकडाउन भयो, किसानहरू सबै काम छोडेर खेतीतिरै लागे, सोही कारण मल अभाव हुन गएको हो । सबै किसान खेतीतिरै लागेका कारण लकडाउनमा पनि खाद्यान्न अभाव भएन ।

चिनीमा पनि बेलाबेला मूल्य बढ्ने, अभाव हुने गरेको छ नि ?

चिनीमा शतप्रतिशत जिम्मा हाम्रो हुँदैन । सरकारले निर्देशन दिएको अवस्थामात्रै हामी चिनी आयात गर्छौं । सरकारले यस वर्ष हामीलाई २० हजार चिनी ल्याउन अनुमति दिएको थियो । उक्त परिमाणको चिनी ल्याएर हामीले बिक्री पनि ग¥यौं । बाँकी सबै निजी क्षेत्रले चिनीको कारोबार गर्ने गरेको छ । 

यसबाहेकका वस्तुको कारोबार गर्ने योजना छैन ?

हामीले भूकम्पप्रतिरोधी घर निर्माणका लागि प्रि–इन्जिनियरिङ ब्लक उद्योग सञ्चालनमा ल्याएका थियांै तर यो नयाँ भएकाले त्यति माग देखिएको छैन । तर पनि क्रमिकरूपमा माग होला भन्ने विश्वासमा छौं । हेटौँडा उद्योग स्थापना गरेका छौं । दहचोकमा नमुना घरहरू निर्माण गरेका छौं ।

महँगो भएर माग नभएको हो कि ?

महँगो छैन, हाल घरहरूमा प्रयोग भइरहेका निर्माण सामग्रीभन्दा महँगो छैन, उस्तै पर्न जान्छ । इँटा प्रयोगले कृषियोग्य मोटोको सतह घट्ने र कृषि उत्पादनमा असर पर्ने भएकाले हामी सिमेन्ट ब्लक ल्याएका थियौं ।

साल्ट टे«डिङले भारतले दिएको अनुदानको नुन बिक्री गर्छ भन्छन् नि ?

होइन, हामीले किनेरै ल्याउने हो । विगतमा भारतले प्याकेजको ¥यापर र ढुवानी अनुदान दिने गरेको थियो तर अहिले छैन । नेपाल सरकारले चाहिँ दुर्गममा ढुवानीका लागि अनुदान दिने गरेको छ ।

नुनको वार्षिक खपत कति छ ?

एक लाख ६० हजार टनदेखि एक लाख ८० हजार टनसम्मको खपत छ । तर यसवर्ष खपत बढ्नसक्छ किनभने भारतमा नुनको मूल्य बढेको छ । भारतमा महँगो भएकाले नेपालबाट भारततर्फ गएको भन्ने सुनिएको छ । भारतमा प्रतिकेजी नुनको १८ देखि २० भारतीय रुपैयाँ पर्छ ।

यहाँ चाहिँ कसरी सस्तो भयो त ?

मूल्य समायोजन नगरेका कारण सस्तो भएको हो । त्यसैले नुनमा हामीलाई घाटा छ ।

साल्ट टेडिङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चाहिँ के गरेको छ ?

रहेक वर्ष बालबिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्था बालहितकारी पुरस्कार दिन्छौं । ७५ हजार राशिको पुरस्कार दिने गरेका छौं । त्यसैगरी जनप्रशासन संघसँगको सहकार्यमा व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई हेमबहादु्र मल्ल सम्मान प्रदान गर्दै आएका छौं ।

विश्व उपभोक्ता दिवसको अवसरमा के भन्न चाहनुहुन्छ ?

कोरोनो महामारी अझै अन्त्य भइनसकेकाले बाहिर निस्कँदा सुरक्षा मापदण्ड अपनाउन सुझाब दिन चाहन्छु । किनभने धेरैजसोले मास्क लगाउन नै छोडिसकेको अवस्था छ । त्यस्तै खाद्यान्नको गुणस्तरप्रति सचेत रहन आग्रह गर्छु । गुणस्तर हेरेरमात्रै सामान किनौं र फजुल खर्च नगरौं भन्न चाहन्छु ।


Views: 96