16th May | 2021 | Sunday | 3:05:40 AM

‘भीमदत्त नगरपालिकाले अरू नगरपालिकाभन्दा विकास र समृद्धिको बाटोमा फड्को मारेको छ’

  POSTED ON : चैत्र १०, २०७७ (१०:४७ AM)

‘भीमदत्त नगरपालिकाले अरू नगरपालिकाभन्दा विकास र समृद्धिको बाटोमा फड्को मारेको छ’

भीमदत्त नगरपालिका कञ्चनपुरको सदरमुकाममा अवस्थित नगरपालिका हो । यो नगरपालिका जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले विकासमा कोल्टो फेरेको छ । नगरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार होेस् या पूर्वाधार निर्माण गरी प्रवद्र्धन गर्ने कुरामा नगरपालिका अग्र पङ्तिमा छ । त्यस्तै, नगरपालिको धार्मिक पर्यटन मार्ग निर्माण गरी दूरदराजका नागरिकलाई सडक सञ्जालसँग जोडेको मात्रै छैन उनीहरूको जीवनस्तरमा आमूल परिवर्तनका लागि स्पष्ट नीतिका साथ अगाडि बढेको छ । भीमदत्तको समग्र विकास निर्माणमा केन्द्रित रहेर भीमदत्त नगरपाालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर भट्टसँग हिमालय टाइम्सका कञ्चनपुर संवाददाता देवेन्द्र खड्काले गरेको कुराकानीको सम्पादित अंश ।

भीमदत्त नगरपालिकाको परिचय कसरी दिनुहुन्छ ?

यो भीमदत्त नगरपालिको परिचय मैले दिनुपर्दा यो नगरपालिका समृद्धितर्फ उन्मुख सहर हो । महान् शहीद भीमदत्तको सहर हो यो,जहाँ प्राकृतिक विविधताहरू छन् । आफैँमा यो एउटा पर्यटकीय सहर पनि हो । धार्मिक पर्यटनसँग जोड्याँै भने यो सुदूरपश्चिमकै एउटा नमुना सहरको रूपमा विकास गर्न एउटा योजना तथा पलानिङ गरिएको सहर हो । समग्रमा भन्नु पर्दा यो विकास र समृद्धितर्फ उन्मुख सहर हो । यहाँ शैक्षिक, सामाजिक, आर्थिक, सबै हिसाबले र वातावरणीय हिसाबले समृद्धि सहर हो । मैले यसरी भीमदत्त नगरपालको परिचय दिन चाहन्छु । 

पर्यटन विकासका लागि नगरपालिकाले के गरिरहेको छ ?

हामीले गत वर्षदेखि नै सम्माननीय राष्ट्रपतिज्यूलाई आमन्त्रण गरेर भिजिट २०२० को कार्यक्रम आयोजना ग-यौं । तर, त्यतिबेला कोभिडका कारणले हामी आक्रान्त भयौँ । यद्यपि, भीमदत्त नगरपालिकाले यहाँको पर्यटन विकासका लागि शुक्लाफाँटा पर्यटन महोत्सव, प्रचारप्रसार, भौतिक पूर्वाधार विकासलगायतका काम निरतर गर्दै आएको छ । त्यस्तै, बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि पनि नगरपालिकाले काम गरिरहेको छ । 

भीमदत्त नगरपाालिकाको समग्र विकास कसरी भइरहेको छ ?

विकास त अब भीमदत्त नगरपालिको भौतिक पूर्वाधारको कुरा गर्ने हो भने प्रत्येक वडाहरूमा, प्रत्येक बस्तीमा, प्रत्येक टोलटोलमा ग्राभेल नभएको सडक छैन । यद्यपि अहिले मर्मत सम्भारको खाचो होला, र पनि कालोपत्रे भइरहेका सडकहरू छन् । त्यस्तै, हाम्रो उत्तरतिर त्यत्रो जैविक–धार्मिक मार्ग र बाह्य चक्रपथको धारणा पनि कतिपय ठाउँमा बाह्य चक्रपथको टेण्डर भएर काम पनि भइरहेको छ । यस्तै, सहर भित्र हेर्ने हो भने अहिले कमसेकम साढे १३ किलोमिट दुई लेनको फुटपाथसहितको, ढल, नालीसहितको निर्माण कार्य तपाईंहरू देखिरहनुभएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत त्यो पनि काम भइरहेको छ । त्यस्तै, विभिन्न विद्यालयमा पूर्वाधारका कामहरू भएका छन्, सबै वडाहरूमा स्वास्थ्य चौकीहरू स्थापना भएका छन्, आज भन्दा २०÷३० वर्षपछिको परिकल्पना गरेर सुविधासम्पन्न वडाकार्यालय भवन निर्माण भएका छन् । केही वडाकार्यालय भवन निर्माणाधीन छन् । त्यस्तै, यहाँको दुर्गम बस्तीका रूपमा रहेको खल्ला, मसेट्टी क्षेत्रमा विद्युत् लाइनहरू पु¥याइएको छ । दूरसञ्चारको सुविधा पाएका छन् । मसेट्टीको साइलेन्ट रिभरसम्म नै बाटो निर्माण भएको छ । गत वर्ष नगरपाालिकाले त्यो क्षेत्रमा ¥याप्टिङको सफल परीक्षण पनि गरेको छ । कोभिडको समयमा गाउँगाउँमा नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । समग्रमा भन्नुपर्दा भीमदत्त नगरपालिकाले अरू नगरपालिकाभन्दा विकास र समृद्धिको बाटोमा फड्को मारेको छ । 

यसवर्ष भीमदत्त नगरपालिकाले विकासका पूर्वाधारमध्ये कुन क्षेत्रलाई बढी जोड दिएको छ ?

पहिले त मानवस्वास्थ्यको कुरा हो, स्वास्थ्य जोगियो भने विकास त हुने कुरा हुँदै गर्छ । विस्तारै र हामीले कुनै पनि क्षेत्रलाई छोडेका चाही छैनौँ, निरन्तर रुपमा हाम्रा बाटाघाटा, पुलपुलेसाहरू, सिञ्चाइका कामहरू भइरहेका नै छन् । कृषि क्षेत्रलाई र उद्यमशीलता क्षेत्रलाई अलि बढी फोकस गरेर उत्पादनमुखी उत्पादनतिर जोड दिइएको छ । त्यस्तै, नगरका महŒवका योजनाहरू पनि छन् हाम्रा अगाडि, जस्तो हामीले कञ्चन महल, भ्यू–टावरको अवधारणा छ । यसैगरी, इकोपार्क बनिरहेको छ । त्यस्तै, यहाँको चुनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापनलाई भीमदत्त नगरपालिकाले महŒवका साथ हेरिएको छ । र भौतिक पूर्वाधार, बिजुलीका कुराहरू, र बाह्य चक्रपथको कामलाई पनि महŒवका साथ हेरिएको छ । यसकारण हामीले शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन, कृषि यी सबै क्षेत्रलाई जोड दिएका छौँ ।

फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले के गरिरहेको छ ?

हामीले युएनडिपीसँगको साझेदारीमा एउटा कार्यक्रम त्यो पनि गर्दै छौँ । अर्को एडिबी सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सम्भाव्यता अध्ययनको लागि कार्यक्रम बनाएका छाँै । र त्यहाँ सहजीकरणका लागि भनेर तीन सदस्यीय सहजीकरण समितिसमेत बनाएका छौं । त्यो सम्भावित क्षेत्रका सरोकारवालहरूसँग संवाद, अन्तरक्रिया लामो समयदेखि चलिरहेको छ । यो भीमदत्तको गौरवको आयोजना हो । यो अहिले नभए कहिले हुँदैन त्यसैले भीमदत्त नगरपालिका यो योजनाबाट कुनै पनि हालतमा पछाडि हट्न सक्दैन । यसमा चाहिँ सबैको सहयोग, साथ चाहिन्छ । किनभने यो फोहोरमैला व्यवस्थापन केन्द्र हो । योचाहिँ नबुझेका स्थानीयलाई हामीले बुझाउन सक्नुपर्छ, उहाँहरूलाई हाम्रा धारणाहरू प्रष्ट पार्न सक्नुपर्छ, यसै विषयलाई लिएर कार्यपालिकाको बैठक पनि बसेको छ । आशा छ यो फोहोरमैला व्यवस्थापन केन्द्र छिट्टै टुंगोमा पुग्छ । 

अरू स्थानीय तहभन्दा भीमदत्त नगरपालिकाले केही नयाँ काम गरेको छ कि ?

अब यो त तपाईंहरूले मूल्यांकन गर्ने कुरा हो । पहिलो कुरा त के भने नी भीमदत्त नगरपालिका पुरानो नगरपालिका हो । यसका केही पूर्वाधारहरू त थिए नै, त्यसपछि जनप्रतिनिधि आइसकेपछि, तीन तहको सरकार बनिसकेपछि, यहाँ अहिलेको सन्दर्भमा एकदमै नयाँ कामहरू भन्नु पर्दा खेरी, तपाईंहरूलाई अहिलेसम्म यो कहिले स्थापना भएको भन्ने हो भन्ने पनि यहाँ थिएन । हामीले गत वर्ष पहिलो स्थापना दिवस र यो वर्ष दोस्रो स्थापना दिवस मनायौँ । त्यसैगरी, मेयर उद्यमशीलता कार्यक्रम यो पनि भीमदत्तको नयाँ कार्यक्रम हो । त्यस्तै, जैविक–धार्मिक मार्ग,यो पनि भीमदत्तको युनिक कार्य हो । र भीमदत्त नगरपालिका साझेदारी र सहकार्यमा विश्वास गर्ने भएकोले सहकार्य र साझेदारी नै भीमदत्तको एउटा युनिक पक्ष हो । 

नगरपालिकाका योजना उपभोक्ता समिति गठन गर्दा राजनीतिक हेरफेर हुन्छ भन्ने गुनासो छ । यसमा तपाई के भन्नुहुन्छ ?

यसमा मेरो कुनै पनि कमेन्ट छैन । किनभने हामी योजना छनोट गर्छौं, योजना छनोटका सातवटा चरण छन् । त्यसमध्ये नगरसभाबाट योजनाहरू छानिन्छन्, योजना छानिसकेपछि त्यो योजनामा अपनत्वको भावना आउँला, जुन ठाउँमा योजना बन्दै छ, त्यो ठाउँका जनसमुदाय, त्यो ठाउँका सरोकारवाला, लावदायीहरूले बढीभन्दा बढी राम्रो काम होस्, पारदर्शी होस् भन्ने हिसाबले त्यहाँ कै समुदायको सहभागितामा उपभोक्त समिति गठन हुन्छ । र त्यो काम वडा कार्यालयमार्फत हामी गराउँछौँ । हाम्रा नगरपालिकाका प्रतिनिधि, वडा कार्यालय, त्यहाँका टोल विकास समितिहरू, त्यहाँका बुद्धिजीवीहरू, समाजसेवीहरूको सहभागितामा उपभोक्ता समिति गठन भएर आउँछ र उपभोक्ता समितिले काम गर्छ, काम गरेको आधारमा जसले चाहिँ समयमै काम सक्छ उसले चाहिँ हामीबाट पेमेन्ट पाउँछ । अहिले लुकेर, छिपेर काम पर्ने काम छैन । उपभोक्ता समिति भनेको त बन्द कोठामा त होइन गठन गरिने, राजनीतिक हिसाबले ग¥यो भने त विवाद भोलि नै आइहाल्छ । कहिलेकाहीँ राजनीति भयो भनेको सुनिन्छ तर त्यस्तो चाहिँ मलाई लाग्दैन । 

तपाईं भीमदत्त नगरपालिकामा आइसकेपछि गरेको परिवर्तन के हो ?

म त एउटा पात्र मात्रै हो, हेर्नुहोस् । एकजनाले मात्र केही पनि गर्न सक्दैन, समग्र टिमले गर्ने हो । म पनि समायोजन भएर आएँ । यहाँ विभिन्न कार्यालयबाट समायोजन भएर आएका कर्मचारी हुनुहुन्थ्यो, जस्तो शिक्षा, स्वास्थ्य, पशु, कृषि यी सबैलाई एउटा छातामुनि ल्याउँदा उहाँहरूको आ–आफ्नो काम गर्ने पद्धति, काम गर्ने सिष्टम थियो । त्यसलाई हामीले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम सञ्चालन गर्नुपर्ने एउटा चुनौती थियो । म एक्लै आएर यहाँको परिवर्तन भएको होइन । यहाँका जनप्रतिनिधि, यहाँको 

कुशल नेतृत्व, तथा नगरप्रमुख, उप–प्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको जुन सोच छ, भीमदत्तलाई एउटा समृद्धि भीमदत्त नगर बनाउने त्यो सोचलाई हामी कर्मचारीले पूरा गर्ने क्रियाकलाप तयार गर्ने काम गर्छौं । पहिले यहाँ अनुशासन थिएन म आइसकेपछि भीमदत्तले अलि अनुशासन चाहिँ सिकेको जस्तो लाग्छ मलाई । 

छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले के गरिरहेको छ ?

छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले गौशाला निर्माण गरेको विगतको कुरा तपाईंहरूलाई थाहा छ । म चाहिँ नगरवासीलाई के अनुरोध गर्छु भने, त्यति ठूलो समस्या चाहिँ होइन यो छाडा पशुचौपाया, हामीले वर्षैभरि त्यो गाईको दूध खाने, अनि त्यसपछि छोडिदिने । सबैले गाई छोड्न रोकिदिने हो भने त छाडा पशुचौपायाको समस्या नै हुने थिएन । यतिका छाडा चौपायालाई एउटा नगरपाालकाले कसरी, कहाँ राख्ला तर प्रयास त भएको छ नि । पराल खोज्यौँ धेरै प्रयास गर्यों तर के भयो भने एक्लो र एउटा संस्थाको प्रयासले त्यो सम्भव नै हँुदैन । त्यसमा प्रत्येक स्थानीयको सहयोग नहुँदा यो समस्या ज्यूँका त्यूँ छ । यो हाम्रो साझा समस्या हो । 

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूबीच कस्तो सम्बन्ध रहेको छ ?

यो त सोध्ने कुरै होइन । जनप्रतिनिधिसँग समन्वय नभए त संस्था नै चल्दैन । यसकारण कर्मचारी र जनप्रतिनिधिबीच नङ र मासु जस्तै सम्बन्ध छ । जनप्रतिनिधिहरू एकदमै सहयोगी हुनुहुन्छ र हामी कर्मचारी पनि नीति, नियमअनुसार काम गर्छौं र हामीलाई केही समस्या पर्दा उहाँहरूले राय सल्लाह दिनुहुन्छ, उहाँहरूलाई केही समस्या पर्दा हामीले दिन्छाँै । सबै जना सहयोगी हुनुहुन्छ । 


Views: 129