कलाको सिर्जनात्मक अभिव्यक्ति हो कोरियोग्राफी : अश्विनी कान्त झा

हिमालय टाइम्स   POSTED ON : जेठ १६, २०७८ (१:४८ PM)

कलाको सिर्जनात्मक अभिव्यक्ति हो कोरियोग्राफी : अश्विनी कान्त झा

काठमाडौं  । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरू, विभिन्न चर्चित फेशन शोहरू, कार्यक्रम सञ्चालन, मोडलिङ तथा इभेन्ट म्यानेजमेन्टमा विगत डेढ दशकदेखि निरन्तर सक्रिय रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका फेशन कोरियोग्राफर हुनुहुन्छ आश्विनीकान्त झा । फेशन कोरियोग्राफर झा बहुप्रतिभाको धनी बौद्धिक व्यत्तित्वको रूपमा यस क्षेत्रमा परिचित हुनुहुन्छ । फेशन तथा व्युटी प्याजेण्टका विभिन्न विधामा आफ्नो अनुभव संगाल्नु भएका आश्विनीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी भएका नेपाली फेशनका प्रतिनिधि पात्रलाई कोरियोग्राफी तथा ग्रुमिङमार्फत् ¥याम्पमा उतार्नु भएको छ । कलाको सिर्जनात्मक अभिव्यक्ति कोरियोग्राफी भएको बताउनु हुने झासँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नु भएको कुराकानीः–

यतिबेला के गर्दै हुनुहुन्छ ? 

कोरोना संक्रमितको नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञाले सबै क्षेत्रलाई असर गरेको छ । अहिलेको स्थितिमा सुरक्षित भई घरमै बसी आगामी कार्यक्रमको तयारीमा लागेको छु । हालको समय मेरो विगत कार्यक्रमको भिडियो हेर्दै त्यसमा आपूmले सुधार गर्नुपर्ने कामको टिपोट गर्दै आगामी कार्यक्रमलाई अझै उत्कृष्ट बनाउने अभिलाषाका साथ र आपूmले प्रदान गर्ने तालिमलाई अझै उत्कृष्ट र विश्वस्तरको बनाउने प्रयासमा लागेको छु ।

कोरियोग्राफीमा कसरी लाग्नु भयो ?

सानैदेखि म रचनात्मक स्वभावको भएकाले मलाई कला क्षेत्रप्रति विशेष लगाब थियो । कलाको विविध क्षेत्रहरूमा आफ्नो सिर्जनशीलतालाई प्रस्तुत गर्दै आएको थिएँ । त्यसै क्रममा मोडलिङमार्फत प्रवेशगरी कोरियोग्राफी क्षेत्रमा आफ्नो प्रतिभालाई सबैको माझ प्रस्तुत गर्न पाए । मलाई मेरा अग्रज तथा गुरुहरूले निकै सहयोग गर्नुभयो ।

पछिल्लो समय यो क्षेत्रमा कस्तो पाउनुहुन्छ ? 

विगतको तुलनामा निकै प्रगति देख्दै आइरहेको छु । हिजोको दिनहरूमा मुश्किलले वार्षिक १०–१५ वटा व्युटी प्याजेण्ट्स तथा फेशन शोहरू हुने अवस्थाबाट आजको दिनमा (कोरोना महामारीको पूर्व) हामीले देशैभर पाँच सयभन्दा बढी संख्यामा कार्यक्रम आयोजना भएको देख्न पाइरहेका छौं । संख्यात्मक रूपमा निकै प्रगति गरेको मलाई अनुभूति हुन्छ । बढ्दो संख्या तथा लोकप्रियतासँगै यससँग सम्बन्धित अन्य क्षेत्रले विभिन्न रोजगारीको सिर्जना गरेको छ । आज यस क्षेत्रको बढ्दो संख्यासँगै प्याजेण्ट÷फेशन कोरियोग्राफर, प्याजेण्ट्स डिरेक्टर, हलका कर्मचारी, फेशन डिजाइनर, मेकअप आर्टिष्ट, स्टेज, लाइट–साउण्ड सेवाप्रदायक, भोटिङ सेवा प्रदायक, होटल्सलगायत अन्य धेरै क्षेत्रका व्यक्तिलाई काममा संलग्न गराई अर्थतन्त्रलाई चलायमान राख्न मद्धत गरेको छ । गुणात्मक रूपमा चाहे जति प्रगति नहुँदा दुःख लाग्नु स्वाभाविक हो । तर यिनै कार्यक्रममध्ये केही प्रतियोगिताका विजेता प्रतियोगीले विदेशमा गई त्यहाँ विजेता भई देशको नाम राख्न सफल भएकोमा खुशी लाग्छ । हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याइरहेका छौं र आगामी दिनमा अझै आशाका किरण देख्दै छु । 

कोरोना संक्रमणले सबै क्षेत्र प्रभावित भएको छ यस क्षेत्रलाई पनि के असर पु¥याएको छ ? 

अहिलेसम्म हाम्रो अभ्यासमा हामीले सौन्दर्य प्रतियोगिता तथा फेशनशोहरू दर्शकको प्रत्यक्ष्य उपस्थितिमा गराउँदै आइरहेका थियौ । प्रत्यक्ष दर्शक माझ यस्ता कार्यक्रमको आयोजनाले हाम्रो ठाउँमा कोरोनाको संक्रमण बढाउनसक्ने भएकाले विगत १३ महिनादेखि यस्ता कार्यक्रमको आयोजना हुन गाह्रो छ । यस क्षेत्रसँग सम्बन्धित प्याजेण्ट तथा फेशन कोरियोग्राफर, प्याजेण्ट डिरेक्टर, हलका कर्मचारी, फेशन डिजाइनर, मेक–अप आर्टिष्ट, स्टेज, लाइट–साउण्ड सेवा प्रदायक, भोटिङ सेवा प्रदायक, सुरक्षा सेवा प्रदायक कम्पनी, होटल्सलगायत अन्य धेरै व्यक्तिलाई कोरोनाको कहरले असर पारेको छ । धेरैको रोजगारी गुमेको छ तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खान धौ–धौ छ ।

आश्विनी झा को हो ? 

अश्विनी झा एक सिर्जनात्मक व्यक्ति हो । आफ्नो सिर्जनशीलतामार्फत व्युटी प्याजेण्ट तथा फेशन शोहरूमा नयाँनयाँ प्रयोग गरिरहेको हुन्छ र नेपाली सौन्दर्य प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्य लिएको छ । अश्विनी झाले पहिलोपटक भक्ति संगीत तथा आध्यात्मिक भजनलाई ¥याम्पमा उतारेको थियो जुन एउटा नौलो फरक प्रस्तुतिमा दर्शकमाझ प्रस्तुत भएको थियो । आफ्नो मिहिनेतमा विश्वास गर्ने, धैर्यवान र लगनशील भई कार्य गरेमा सफलता पक्कै पाइन्छ भन्ने कुरामा जोड दिने व्यक्ति अश्विनी झा हो ।

फेशन कोरियोग्राफी के हो ? 

फेशन कोरियोग्राफीमा एउटा ड्रेस डिजाइनरको सिर्जनालाई, स्टाइलिष्टको सपनालाई मोडलको क्याटवाकको चालमा संगीत र प्रकाशको सही संयोजन गराएर उक्त सिर्जनालाई उत्कृष्ट तरिकाबाट दर्शकमाझ प्रस्तुत गर्नुपर्ने हुन्छ । योसँगै फेशन कोरियोग्राफरको अर्को काम भनेको मोडललाई ¥याम्पमा आकर्षक तरिकामा हिँड्न प्रशिक्षण दिनु हो ।

यो क्षेत्र मनोरञ्जनमात्रै हो ? 

होइन, यो कलाको क्षेत्र हो, यसमा कलाको सिर्जनात्मक अभिव्यक्ति हुन्छ । दर्शकको मनोरञ्जनभन्दा बढी ध्यान कोरियोग्राफरले ड्रेस डिजाइनरको ड्रेसको विषय वस्तुलाई समेटेको हुन्छ । उसले मोडलको क्याटवाकको चालमा संगीत र प्रकाशको सही संयोजन गराएर डिजाइनरको सिर्जनाललाई उत्कृष्ट तरिकाबाट दर्शकमाझ प्रस्तुत गर्नुपर्ने हुन्छ । आफूमा भएको कलात्मक प्रतिभालाई प्रस्तुत गर्न गरिएको हुन्छ न कि मनोरञ्जनका लागि । हुनसक्छ यस्ता शोहरूले कसैलाई मनोरञ्जन प्रदान गर्ला तर यो विशुद्ध कलाको साधना गर्ने क्षेत्र हो ।

फेशन तथा व्युटी प्याजेण्ट कोरियोग्राफीमा तपाईं सफल हुनुहुन्छ, यो क्षेत्रको नेपालमा वर्तमान अवस्था कस्तो छ ? 

नेपालको परिपेक्ष्यमा फेशन तथा व्युटी प्याजेण्ट कोरियोग्राफीमध्ये अहिले व्युटी प्याजेण्टको अवस्था पहिलेभन्दा संख्यात्मक रूपमा बढेको छ र फेशन शोको कुरा गर्दा विगत वर्षभन्दा संख्यामा कमी आएको छ । मोडलहरूले ¥याम्प मोडलिङमा आफ्नो भविष्य अन्धकार देखेर मोडलिङको अन्य विधातर्फ भविष्य खोज्दै छन् । शोहरू भइहाले पनि उचित पारिश्रमिक नपाएर मोडललाई टिक्न गाह्रो छ । मुख्य कारण फेशन शोका लागि हामीसँग डिजाइनरको ड्रेसलाई किन्ने क्रेता छैनन् । स्तरीय फेशन शोहरू वर्षमा मुस्किलले एक दर्जनको हाराहारीमा भइरहेका छन् र साना शोहरूसमेत जोडेर नेपालभर मुस्किलले दुई दर्जनको हाराहारीमा हुने गर्दछन् । हाम्रो सानो बजारमा थोरै संख्यामा डिजाइनरको ड्रेस किनेर लगाउने हैसियतका मानिसहरू छन् । हामी कहाँ ठूलाठूला गार्मेन्ट्स फ्याक्ट्री छैनन् । भएकामध्ये धेरै राजनीतिक स्थितिले बन्द छन् । फेशनको धेरै उत्पादन आफ्नै देशको नभएर प्रदर्शन र प्रवद्र्धन ध्यान गएको देखिँदैन जसले गर्दा फेशन शोमा उल्लेख्य कमी आएको छ ।

हालको समयमा भन्नु पर्दा व्युटी प्याजेण्टले संख्यात्मक रूपमा ठूलो छलाङ्ग हानेको छ किनकी नेपालमा फेशन शोमा एउटा निश्चित उमेर समूहको मात्रै सहभागिता छ । यसमा सहभागिताका लागि विभिन्न मापदण्ड तोकिएको हुन्छ । तर, व्युटी प्याजेण्टमा किन्डर–गार्डेनका बच्चाहरूदेखि लिएर प्रौढको उमेर समूहसम्म लक्षित प्याजेण्टहरू सञ्चालन भइरहेका छन् जसले गर्दा यसको पहुँच धेरै जनसंख्यामा छ । नयाँ मोडलहरू सम्मिलित फेशन शोहरूले व्यावसायिक रूपमा सफलता पाउन गाह्रो छ किनकी नेपालमा धेरैजसो फेशन शोहरूमा मोडल आफैंले खर्च गर्नुपर्ने अवस्था आउँछ जसको फलस्वरूप कार्यक्रम सकेपछि उनीहरूको हाथमा केही हुन्न तर व्युटी प्याजेण्टमा सहभागीले विजेता भइसकेपछि क्राउन, केही नगद पुरष्कार, विभिन्न अवसर तथा जुन चर्चा विजेताले पाउँछन् त्यसका लागि लोभिएर यस्ता प्रतियोगितामा सहभागिता बढी संख्यामा हुन्छ । केही प्रतियोगिताले विजेतालाई अन्तर्राष्ट्रिय मञ्च पनि प्रदान गर्ने भएकाले व्युटी प्याजेण्ट्सले आकर्षित गर्ने गरेको छ । बितेका वर्षमा नेपालले सहभागिता जनाएका ठूलासाना अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलता र पहिचानले पनि व्युटी प्याजेण्टलाई संख्यात्मक रूपमा बढ्न मलजल गरेको छ । अहिलेको समयमा व्युटी प्याजेण्ट कोरियोग्राफीमा निकै व्यस्त छु ।

फेशन तथा व्युटी प्याजेण्ट क्षेत्रमा हामी अन्तर्राष्ट्रिय स्तरमा कहाँनेर छांै ?

विगतदेखि अहिलेसम्म आउँदा व्युटी प्याजेण्ट तथा मोडलिङ क्षेत्रले ठूलो फड्को मारेको छ हामीसँग अन्तर्राष्ट्रियस्तरको सुपरमोडल तथा कोरियोग्राफर उत्पादन भएका छन् जसले अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्नो प्रतिभा देखाएर आइसकेका छन् । अहिलेको समयमा नेपालमा फेशन शो तुलनात्मक रूपमा ओरालो लागे पनि व्युटी प्याजेण्ट्सले प्रगति गरेको छ । नेपालको विज्ञापन क्षेत्रलाई चाहिने जनशक्ति यही तयार भएको छ । हाम्रो सानो बजार सीमित स्रोतसाधनबीच पनि प्रतिभाको कमी छैन र मौका मिलेको खण्डमा जुन सुकै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सक्छन । अहिले नेपाल फेशन विक, खादी नेपाल फेशन शो, विभिन्न बुटिकको शो, अटो एक्स्पो शोहरू जस्ता कार्यक्रम नि नेपाली मोडलहरूले ¥याम्प नाप्ने तथा प्रदर्शन गर्ने गरेका छन् । यसैगरी हाम्रो सहभागिता अनुसार व्युटी प्याजेण्ट्समा पनि विदेशबाट अन्तर्राष्ट्रिय प्रतोयिगितामा राम्रो सफलता पर्दै आइरहेका छौं । आगामी दिनमा अझै प्रगति गर्दै जानेछ भन्ने आशा छ ।

हामी कहाँ हुने व्युटी प्याजेण्ट प्रतियोगिता किन विवाद रहित हुन नसकेका होलान् ?

मेरो विचारमा धेरै यस्ता प्रतियोगिता छन्, सबै कुरा निष्पक्ष प्रक्रियागत तरिकाले विजेताको चयन गरिएको हुन्छ तर उक्त कार्यक्रममा यदाकदा धाँधलीको आरोप लागेको हुन्छ । कुनै प्रतियोगिता सुरु हुँदा आयोजकले आफ्नो कार्यक्रमको ढाँचा विभिन्न चरणको प्रक्रियागत कुरा प्रतियोगीलाई सम्झाएको हुन्छ । कतिपय कुरा अन्तर्राष्ट्रिय कार्यक्रमको नियममा रही अघि बढ्नुपर्ने हुँदा र त्यसको जानकारी आम जनमानसमा नभएर उहाँहरूको मूल्यांकन र अपेक्षानुसार नतिजा नआएको हुनसक्छ । त्यस्तो अवस्थामा आमदर्शकलाई शंका उत्पन्न हुन्छ र धाँधली भयो भन्ने आवाज उठाउनुहुन्छ । कहिले काँही निर्णायक मण्डल तथा प्रतियोगीको तथा दर्शकको एकै प्रश्नको उत्तरप्रति विभिन्न दृष्ट्रिकोण या वैचारिक मतभिन्नता हुनसक्छ त्यसमा निर्णय लिने पूर्ण अधिकार निर्णायक मण्डलमै भएकाले दर्शक तथा प्रतियोगीबाट विरोधको स्वर आउनसक्छ । वैचारिक मतभिन्नता हुनसाथ हामी गलत भयो भन्ने गरेका छौं त्यस्तो समयमा हामीले अनुभवी र योग्य निर्णायक मण्डलको मूल्यांकनलाई सम्मान गर्नुपर्ने हुन्छ । 

त्यसो भन्दैमा कार्यक्रम निष्पक्षय भएको हुन्छ भनेर भन्दिनँ, केही आयोजकले यस्ता कार्यक्रमबाट कमाउनेमात्र अभिलाषा लिएका हुन्छन् र धाँधली गर्छन् । म त्यस्तो अवस्थामा ती आयोजकको पछिल्लो रेकर्ड कस्तो छ, कत्तिको अनुभवी टिम छ, को–को संलग्न हुनुहुन्छ भन्ने बुझेरमात्र निर्णय लिनुहुन अनुरोध गर्न चाहन्छु । 

व्युटी प्याजेण्ट क्षेत्रमा देखापरेको विकृतिलाई सुधार्न यहाँको प्रयास के छ ?

यस क्षेत्रमा केही विकृति र विसंगति आएका छन् तर मर्यादित बनाउन हामीले व्युटी प्याजेण्ट असोसिएसन अफ नेपालको स्थापना गरेका छांै । म पनि संस्थापक सदस्य छु । छिट्टै हामीले (कोरोनाको महामारीबाट स्थिति सुधार हुनासाथ) मापदण्ड अपनाएर कार्यक्रमका लागि लागत, मिहिनेत, भव्यता र विश्वनीयता अनुसारको वर्गीकरण गर्ने, आयोजक तथा कार्यक्रममा संलग्न अन्य व्यक्तिलाई विधागत तालिम कार्यक्रमको आयोजना गर्दैछांै । समयक्रमसँगै ती कुरामा सुधार गर्दै लाने र जसबाट व्युटी प्याजेण्ट क्षेत्रलाई मर्यादित र धाँधलीरहित बनाउँदै लानेछांै ।

तपाईं, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिएको कला क्षेत्रमा ‘युवा प्रतिभा सम्मान २०७७’ मा व्युटी प्याजेण्ट तथा फेशन क्षेत्रबाट पहिलो विजेता हुनुहुन्छ, यो क्षेत्रमा रहेर राष्ट्रलाई के योगदान पु¥याए जस्तो लाग्छ ?

म सधैं एउटा कुरामा विश्वास गर्छु, त्यो के हो भने तपाईंसँग जे कला र क्षमता छ अधिकतम उपयोग गरी आफ्नो क्षेत्रमा लगाउनुहोस् पक्कै तपाईं आफ्नो कामले चिनिनु हुनेछ । मैले मेरो राष्ट्रको गौरव आफ्नो कर्मबाट बढाएको छु जस्तो लाग्छ । स्वदेश होस् अथवा विदेशमा जब उत्कृष्ट काम गर्छु भने त्यहाँ मसँगै मेरो देश जोडिएको हुन्छ । देश तथा विदेशमा आर्जन गरेको ज्ञान र अनुभवलाई आफ्नै देशको अन्य विद्यार्थीलाई बाँड्दै छु जसको कारणले गर्दा यस क्षेत्रमा उत्तम जनशक्ति उत्पादन हुन सकुन् । मैले दिएको तालिमले आजसम्म आठ हजारभन्दा बढी विद्यार्थीले जीवनमा सकारात्मक रूपान्तरण गरेका छन् । मेरो तालिमले मेरा केही विद्यार्थीले अन्तर्राष्ट्रिय जगतमा विजेताको उपाधि पाउन सफल भएका छन् उक्त उपलब्धिमा मसँगै मेरो देश जोडिएको छ । सधैं देशलाई भलो हुने काम गरेको छु भन्ने मलाई लाग्छ । यो पुरस्कारले मलाई आफ्नो काममा अझै ऊर्जा मिलेको छ अझै दत्तचित भएर काम गर्दै अघि बढ्न प्रेरणा मिलेको छ । 


Top