3rd August | 2020 | Monday | 5:41:09 PM

भान्साकोठामा विद्युत खपत

  POSTED ON : मंसिर १९, २०७६ (१०:१५ AM)

भान्साकोठामा विद्युत खपत

नेपाल विद्युत प्राधिकरणले विद्युत प्रयोग बढाउन आमउपभोक्तालाई आहृवान गरेको छ । विद्युत उत्पादन बढ्दैछ । हाल १ हजार ५ सय मेगावाटभन्दा कम विद्युत उत्पादन रहे पनि करिब एक वर्षमा झण्डै यसको दोब्बर पुग्नेछ । साना तथा ठूला आयोजनाबाट विद्युत उत्पादन बढ्ने क्रममा छ । झण्डै ४० प्रतिशत घरघुरीमा अहिले पनि बिजुली पुगेको छैन तर उत्पादनको दरमा विद्युत खपत नबढ्ने अनुमान हुन थालेको छ । 

एकातिर विद्युतको पहुँच सबैतिर पुग्न सकेको छैन भने अर्कातिर पहुँच भएका ठाउँमा अपेक्षितरूपमा खपत बढ्न सकेको छैन । पहँुच बढाउँदै जाँदा बढी विद्युत प्रयोग त हुनेछ तर ग्राहकले खपत नढाए उत्पादन खेर जानेछ । ग्रार्हस्थ विद्युत खपत बढाउन नीतिगत तथा व्यावहारिक सुधार आवश्यक छ । नेपाल विद्युत प्राधिकरणले आहृवान त गरेको छ तर गार्हस्थ ग्राहकलाई आकर्षित गर्न कुनै ठोस सुधार गरेको छैन । 

खासगरी गार्हस्थ प्रयोगमा भान्साकोठामा विद्युतीय उपकरण प्रयोग बढाउन अनिवार्य छ । अहिले शहरी क्षेत्रका झण्डै शतप्रतिशत घरमा पेट्रोलियम ग्यासले खाना पाक्छ, पानी तात्छ । ग्यासमा भण्डै २० प्रतिशत सरकारी अनुदान छ । आयातित पेट्रोलियम ग्यासमा अनुदानबाट राजस्वको निकै ठूलो रकम खर्च हुने गरेको छ । अनुदानको ग्यास गार्हस्थ र व्यावसायिक दुवै उपभोक्ताले प्रयोग गर्छन् । विद्युत पुगेको भए पनि ग्रामीण क्षेत्रमा दाउरा र गुइँठाले खाना पकाउने चलन छँदैछ ।  

दाउरा र गुइँठा प्रयोगले प्राकृतिक वातावरण र मानवस्वास्थ्यमा गम्भीर असर पु-याउँछ । एकातिर जंगल विनाश बढाउँछ भने अर्कातिर भान्सामा काम गर्ने व्यक्तिमा धुँवाले स्वासप्रश्वाको रोग निम्त्याउँछ । कृषिमा रासायनिक मल प्रयोग बढाउँछ । यस्तो असरको उपचार विद्युत प्रयोग नै हो । भान्साकोठामा विद्युत खपत बढाउनु भनेको खाना बनाउने सबै काममा विद्युतीय उपकरण प्रयोग गर्नु हो । लामो समयदेखि दाउरा, गुइँठा र ग्यास प्रयोग गरेका उपभोक्तालाई यही सजिलो लाग्नसक्छ तर परिवर्तन आवश्यक छ । 

भान्सा कोठामा विद्युत खपत बढाउन सबैभन्दा पहिले मौजुदा विद्युत महसुल र सहुलियत युनिटको सीमामा पुनर्विचार आवश्यक छ । महसुल घटाउनु र सहुलियत युनिटको सीमा बढाउनु पर्छ । मूल्य घटेपछि खपत बढ्ने उपभोक्ता प्रवृत्ति शाश्वत छ । अर्को हो, गुणस्तरीय विद्युत उपकरण उत्पादन र आयात । विद्युत उपकरणको छोटो आयु र मर्मतमा लाग्ने खर्च उपभोक्ताले झन्झटिलो र महँगो ठान्छ । पर्याप्त विद्युत उपलव्ध भएरै पनि ग्यास छाड्न नसक्नुको कारण यो पनि हो । 

विद्युत खपत बढाउने अर्को उपाय हो जनचेतना अभिवृद्धि । ग्यास, गुइँठा र दाउरा प्रयोगबाट हुने हानी र विद्युत प्रयोगबाट हुने लाभबारे जनचेतना बढाउने कार्यक्रम चलाउनुपर्छ । यससँगै विद्युतीय उपकरण प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे पनि जनचेतना अभिवृद्धि उत्तिकै आवश्यक छ । अर्को आवश्यक र महŒवपूर्ण पक्ष हो, विद्युत प्राधिकरणको सेवामा शीघ्रता र शिष्ट व्यवहार । गार्हस्थ ग्राहकले छिटो सेवा पाउँछ भने विद्युत खपत पनि बढ्छ । 


Views: 217

सम्बन्धित सामग्री:

विषादीको मात्रा नमिल्दा हानी

: श्रावण १९, २०७७ (१२:५० AM)

आहत जनताका लागि राहत खै ?

: श्रावण १६, २०७७ (१:३८ AM)

थापाको कांग्रेस यात्रा

: श्रावण १५, २०७७ (१:१८ AM)