29th September | 2020 | Tuesday | 12:55:57 AM

सरकारको परीक्षा !

  POSTED ON : बैशाख २१, २०७७ (९:४५ AM)

सरकारको परीक्षा !

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलनसक्ने त्रासका कारण पूरै देश लकडाउन भएको आइतबार ४० दिन पुगेको छ । यस अवधिमा सर्वसाधारणले समेत लकडाउनको पूर्ण रुपमा पालना गरेका छन् । किनभने यो पटक खतरा आफ्नै जीउ ज्यानसम्म आइपुगेको छ । यसबीचमा जनताले जुन धैर्यता देखाए, त्यो धैर्यताको फाइदा उठाउँदै सरकारले कत्तिको उपलब्धिपूर्ण कार्यहरू ग¥यो, लकडाउन खुलेपछि लेखाजोखा हुने नै छ । किनभने यो लकडाउन सरकारको परीक्षा पनि हो । 

विवादास्पद अध्यादेश ल्याएर विवादमा परेको सरकारले लकडाउको आधा समय त पार्टीभित्रकै राजनीति व्यवस्थापनमा ध्यान र सामथ्र्य खर्चिएको छ । लकडाउन बढ्दै जाने, कोरोना संक्रमितको पहिचान र परीक्षण पनि ढिला हुने र सर्वसाधारणको दैनिक जीवन पनि आर्थिक कारणले कष्टकर हुँदै जाने अवस्था बढ्दै गएको अवस्थामा यसको विकल्प खोज्न ढिला भइसकेको छ । सरकारको तर्फबाट छिटो काम होस् भनि सर्वसाधारण घरैमा बसेर प्रतीक्षा गरिरहेका छन् । यस्तो अवस्थामा पनि सरकारको प्राथमिकता भने सत्तारुढ दलभित्रको रस्साकस्सीमा बढ्ता केन्द्रित देखिएको छ ।

अहिले सरकारको पूरै ध्यान देशबाट कोरोना निर्मूल पार्नु र रोकिएका विकासका कामलाई द्रुत गतिमा अगाडि बढाउनु हो । सधैं भीडभाड हुने शहरी क्षेत्रमा भीड कम भएको मौका छोपी सडक, पानी, ढल, तार व्यवस्थापनलगायतका कामहरू गर्नेतर्फ लाग्नुपर्ने हो । यीमध्ये केही काम सरकारले जारी नै राखेको छ । नेपालमा कोरोना जोखिम त्यति नदेखिएको अवस्था र अधिकांश मजदूर बेरोजगार बसिरहेको अवस्थामा उनीहरूको साथ लिएर अझै कामलाई तीव्रता दिन जरुरी छ । 

हुन त सरकारले लकडाउनको मोडालिटी परिवर्तन हुनसक्ने संकेत गरिसकेको छ । यद्यपि पूर्ण रुपमा खुल्न अझै केही समय लाग्ने देखिएको छ । त्यस्तोमा सरकारको पूरा ध्यान कोरोना नियन्त्रणका अतिरिक्त देशको विकासमा केन्द्रित हुनुपर्छ । सम्भावित संक्रमितको पहिचान, परीक्षण र उपचारमा मुलुकको ध्यान जान सकेको छैन । यसको गति जति तीव्र हुनुपथ्र्यो त्यति भएन । यो कडाइ कोरोनाका निम्ति भन्दा पनि राजनीतिक बाधा बिरोध नहोस् भन्नेमा केन्द्रित हुन थालेको भान आम सर्वसाधारणले गर्न थालेका छन् । परिणामस्वरूप कोरोना नियन्त्रण र मुलुक लकडाउनबाट बाहिर निस्कने रणनीति कार्यान्वयनमा सरकार उदासीनता देखिन थालेको छ ।

सरकारले आन्तरिक राजनीतिभन्दा पनि देश र जनताको विषयमा सोचेर काम गर्न आवश्यक छ । किनभने यो समय भनेको सरकारको परीक्षाको हो, जसको फैसला जनताले गर्नेछन् । 


Views: 179

सम्बन्धित सामग्री:

नयाँ रूपमा रानीपोखरी

: आश्विन १२, २०७७ (८:०६ AM)