13th July | 2020 | Monday | 12:41:17 AM

असंलग्न आन्दोलनमा कायम छौं ?

  POSTED ON : असार ९, २०७७ (१०:४२ AM)

असंलग्न आन्दोलनमा कायम छौं ?

हाल कतिपय क्षेत्रीय संगठनहरूको सान्दर्भिकता सकिएको हो कि जस्तो देखिएको छ । कुनै निश्चित कालखण्डमा निश्चित उद्देश्य प्रप्तिका लागि स्थापित यस्ता संगठनहरू निश्चित उद्देश्य परिपूर्ति भइसकेपछि वा समयको निकै लामो फड्को पूरा भएपछि ती स्वतः कमजोर हुँदै जाने गरेको पाइएको छ । 

कुनै समय विश्व शीतयुद्धबाट प्रभावित थियो र दुई ध्रुवमा यो विभाजित थियो । विश्वका प्रजातान्त्रिक मुलुकहरूको नेतृत्व अमेरिकाले गरिरहेको थियो र साम्यवादीलाई शोभियत रूसले छहारी दिने गरेको थियो । यही बेला साना, अविकसित तथा अल्पविकसित मुलुकले ती दुईको पिछलग्गु नबनी असंलग्न रहने उद्देश्यले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर यो संगठनको स्थापन गरेका थिए जसमा नेपाल पनि थियो । यसले पञ्चशीललगायत सिद्धान्तलाई अवलम्बन गर्दै आएको थियो । हाल यो संगठन निष्क्रिय देखिएको छ तर यसको सान्दर्भिकता भने अझै समाप्त भइसकेको छैन । राजतन्त्र र २०४६ सालपछिको प्रजातन्त्र कालमा पनि नेपालले असंलग्न आन्दोलनमा प्रतिनिधित्व गर्दै आएको सन्दर्भमा नेपालको वर्तमान सरकार यसबाट अलग हँुदैछ कि ? भन्ने प्रश्न केही विद्वानले उठाएका छन् । यो प्रश्न विनाआधार उठाइएको भने होइन । उत्तरी छिमेकी राष्ट्र चीनको चिनियाँ कम्युनिष्ट पार्टीको ९९औं स्थापना दिवसको अवसरमा आयोजित भिडियो कन्फरेन्समा नेपाल सरकारले भाग लिएर चीनको पक्षधरका रूपमा आपूmलाई देखाउन खोजेबाट यो सन्देह पैदा भएको हो ।

नेपाल भारतबीच सीमा विवाद भइरहेको र चीनभारतबीच सीमामा भइरहेको झडपको समयमा नेपाल सरकारले यसरी कुनै एक देशको एउटा पार्टीको कार्यक्रममा संलग्नता देखाउनाले यस प्रकारको आशंकाले स्थान पाएको हो । यो आशंकाले नेपाली राजनीति र स्वतन्त्र विद्वानहरूबीच चिन्ता पैदा भएको छ । नेपाल कम्युनिष्ट पार्टी व्यवहारतः कम्युनिष्ट जस्तो देखिन सकेको छैन, घोर समन्तवादी पार्टीमा रूपान्तरण भइरहेको पाइएको छ । तर, नाममा भने कम्युनिष्ट भनेर चीन निकट रहन चाहेको देखिन्छ । वर्तमान सरकार प्रमुखलाई भारतविरोधी कित्तामा उभ्याउन खोजिएको जस्तो देखिन्छ । नेपालको राजनीति र राजनीतिज्ञ भारत विरोधी हुनेबित्तिकै चीनको निकट पुग्छन् भन्ने मान्यता पनि छँदैछ । अझै नेपाल सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसमा भाग लिएर यो भनाइलाई पुष्टि नै गरिदिएको छ । 

निजी सम्पत्तिमा लोभ गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् भनेर चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले नेपालमै आएर भनेका भए पनि उनका अनुयायीले न यसलाई पालना गर्न सकेका छन् न सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न नै सकेका छन् । यसबाट कतै नेपाल असंलग्नताबाट अलग हुँदै त छैन ? भनेर प्रश्न उठ्नु अस्वाभाविक हुँदै होइन बरू सरकार भने आपूmले कुन बाटो अवलम्बन गर्दैछु भनेर प्रष्ट हुनु आवश्यक छ । 

पेशाकर्मीले सेवा प्रदान गर्दा आफ्नो विज्ञता, क्षमता र अनुभव नभएको विषयमा छ भनी गलत सल्लाह दिने, काममा लापरबाही गरेका कारण व्यक्ति र समाज पीडित भएको देखिन्छ ।


Views: 48