13th August | 2020 | Thursday | 8:01:09 AM

क्वारेन्टिनहरूको व्यवस्थापन

  POSTED ON : असार १९, २०७७ (१२:४६ AM)

क्वारेन्टिनहरूको व्यवस्थापन

कोरोना वा कोविड १९ एउटा विश्वव्यापी महामारी हो भन्ने सबैलाई थाहा छ । चीनको वुहान जहाँबाट यसको संक्रमण सुरु भएको थियो त्यहाँका जनतालाई कडा अनुशासनमा राखेर चीनले कम क्षतिमै नियन्त्रणमा लियो । तर, यसले विश्वव्यापी महामारीको रूप लिएपछि पश्चिमा मुलुकले क्षतिको बढी मार खेप्नुप¥यो । हाम्रो देशमा तुलनात्मक रूपमा हालसम्म ठूलो क्षति भइहालेको छैन । 

तर, यहाँको यससम्बन्धी व्यवस्थापन हेर्दा अब ठूलो क्षति हुने देखिन्छ । एकातिर विश्व स्वास्थ्य संगठनले कोरोनाको बढी क्षति हुने समय आइनसकेको बताइरहेको छ भने अर्कातिर चीनमा नियन्त्रण भयो भनेपछि हाल फेरि यसको प्रकोप दोहोरिएको हुनाले चीनले फेरि केही शहरमा कडाइका साथ लकडाउन गरेको छ । यसबाट दोहोरिएर पनि महामारी फैलाउने रहेछ भन्ने देखिएको छ । 

कोरोनाको प्रकोप अन्यत्रजस्तै हाम्रो देशमा पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएजस्तै अब फैलिने पक्का छ । किन भने, पहिलो कुरा समुदायस्तरमा फैलिन थालेको छ भने दोस्रो बाहिरी देशबाट नेपाल फर्किनेहरूको संख्या वृद्धि हुँदै गएको छ । समुदायमा फैलिइसकेपछि यो अनियन्त्रित हुने कुरो जगजाहेरै छ । 

अर्कातिर विदेशबाट सरकार आफैंले फिर्ता ल्याएकालाई क्वारेन्टिनमा राखिएको सरकारको दाबी रहला । त्यो कुरो हो पनि तर त्यस्ता क्वारेन्टिन कति व्यवस्थित छन् भन्ने प्रश्न अहम् बनेर देखापर्ने गरेको छ । त्यस्ता क्वारेन्टिनहरूमा तिनको सामूहिक बसाई, खानपान, संक्रमितसँगै संक्रमण नभएका व्यक्तिहरू सुत्नुपर्ने बाध्यता, सरसफाइको कमी, स्वास्थ्यकर खानपानको कमीकमजोरीका कुरा उठिरहेका छन् । यस्ता कमजोरीका कारण क्वारेन्टिनमा बसेका भागेका छन् । तीमध्ये सबैलाई खोजेर फेरि ल्याइएको छैन । तिनले नै हो समुदायमा संक्रमण फैलाउने ।

त्यसैगरी क्वारेन्टिनमा राखिएका व्यक्तिको पूर्वस्थितिका बारेमा पनि खोजी गर्नु आवश्यक छ तर त्यहाँका व्यवस्थापक, स्वयम्सेवकबाट यस्ता काम भएका छन् भनेर विश्वस्त रहन सकिँदैन । स्वयं सेवक र व्यवस्थापकबाटै क्वारेन्टिनमा राखिएका महिला बलात्कृत भएका घटनाले तिनको व्यवस्थापन प्रष्ट छ । 

छिमेकी मुलुक भारत पनि कोरोनाबाट बढी नै प्रभावित छ । नेपाल र भारतबीच खुला सिमाना छ र त्यहाँ स्वाभाविक रूपमै बढी नेपाली छन् । अब त्यहाँ तिनको रोजगारी खोसिएको छ । तिनलाई जति नियन्त्रण गरे पनि ती कुनै न कुनै रूपमा नेपाल आउछन् । परीक्षण विश्वसनीय ढंगबाट हुनुपर्छ । कतिपयले त २०–२५ दिनसम्म बस्ता पनि परीक्षण नभएको र घर जान नपाएको बताइरहेका छन् । 

तिनका लागि त्यहाँ मनोपरामर्श हुनु जरुरी छ । त्यहाँ बसेकाका लागि राम्रो मानसिक प्रभाव पर्न जान्छ । त्यहाँ स्वस्थ वातावरण कायम राखिनुपर्छ परीक्षणबाट नेगेटिभ रिपोर्ट आएकालाई घर पठाउने र पोजिटिभको उचित व्यवस्थापनसहितको उपचार आवश्यक छ । क्वारेन्टिन केवल क्वारेन्टिनका लागि मात्र नबनुन् । 


Views: 132

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)