13th August | 2020 | Thursday | 7:53:19 AM

हाम्रो गुरुशिष्य परम्परा

  POSTED ON : असार २३, २०७७ (१:०३ AM)

हाम्रो गुरुशिष्य परम्परा

असार शुक्ल पूर्णिमाका दिन गुरुपूर्णिमा मनाउने हाम्रो परम्परा छ । हाम्रो पूर्वीय धर्म संस्कारमा गुरुकुल र गुरुशिष्य परम्पराको ठूलो महत्व रहेको छ । वास्तवमा गुरुपूर्णिमा भन्नु नै व्यास जयन्ती हो । वेदव्यासले चार वेद, अठार पुराण, महाभारतलगायत हिन्दू धर्मग्रन्थ तथा शास्त्रहरूको रचना गरेको मानिन्छ । कसैकसैको मतमा व्यास व्यक्ति नभएर पद वा परम्परा हो, नत्र एकजनाले यति धेरै कृतिको रचना गर्न सम्भव छैन । चाहे जे होस् व्यासबाट सिर्जना भएका ग्रन्गहरूले हाम्रो पूर्वीय सभ्यतामा ६ हजार वर्ष जति प्रभाव छोडेको मानिन्छ । राष्ट्रले बनाएका कानुनहरू छिटोछिटो संशोधन गर्नु परेको हामीले देखिरहेका छौं । 

यस अर्थका व्यासकृत शास्त्रीय ग्रन्थहरूको यो शाश्वत समधावधि यही परम्पराको निरन्तरता हो भन्दा अत्युक्ति हुँदैन । व्यास जयन्ती वा गुरुपूर्णिमा यसैको निरन्तरता हो । पूर्वीय सनातन परम्परामा जसरी व्यास जयन्ती वा गुरुपूर्णिमाको महत्व छ त्यसरी गुरुशिष्य परम्पराको त्यति नै ठूलो महत्व रहिआएको छ । शिक्षादीक्षा हस्तान्तरणीय हुने कुरा हो । विद्वानहरूले आफ्नो ज्ञान आफ्ना शिष्यहरूलाई प्रदान गर्न गुरुकुल खोल्ने परम्परा निकै पुरानै हो । 

यो परम्परा वास्तवमा वर्णाश्रम धर्मसँग जोडिएको छ । मानिसको जम्मा आयु सय वर्ष मानेर चार भाग लगाइन्छ । पहिलो पच्चीस वर्ष ब्रहृमचर्य, दोस्रो पच्चीस वर्ष गृहस्थ, तेस्रो पच्चीस वा पचहत्तर वर्षसम्म वानप्रस्थ र अन्तिम पच्चीस वर्ष संन्यास आश्रम मानिन्छ । हो, यही पहिलो पच्चीस वर्ष गुरुकुलमा रही ज्ञान आर्जनमा छुट्याएको समय मानव जीवनका लागि सबैभन्दा महत्वको छ । यही समयावधिमा गुरु र शिष्यसँगै रहेर आपसी माया ममतामा बाँधिन्छन् । गुरुमा लोभ लालच हुँदैनथे र शिष्यमा गुरुप्रति सेवा र आदरभाव रहन्थयो तर अहिले यसको अर्थान्तरण भइरहेको छ । 

हाल शिक्षकलाई पनि गुरु भन्ने गरिन्छ तर यी पृथक हुन् । गुरु स्वेच्छाले बनेका हुन्थे शिक्षक मासिक वृत्ति लिनेगरी । हाल यी दुवैलाई एकै ठान्ने भुल गरिएको छ । पश्चिमा प्रभावका कारण हाम्रो धर्म र परम्परामा क्रमशः आधात परिरहेको छ । संस्कृत शिक्षाको परम्परालाई हामी पनि कर्मकाण्डको प्रशिक्षणका रूपमा मात्र हेरिहेका छौं । यही भुलका कारण सर्वप्राचीन भएर हाम्रो धर्म र दर्शन पछि परेको हो । हाल कतिपयले यसको महत्व बल्ल बुझ्न थालेका छौं । 

यो एउटा दर्शन पनि हो र सभ्यता पनि हो, यो सबैले बुझ्नै पर्ने विषय हो । यही पश्चिमाको अन्धानुकरणले हाम्रा धेरै संस्कारहरू छोपिँदै गएका छन् । तिनीहरूको प्रभावमा परेर हाम्रो संविधानले पनि धर्मनिरपेक्षतालाई अंगीकार ग¥यो । अहिले यो नेपालीहरूका लागि घाँटीमा अड्किएको हाडजस्तो बनेको छ । अब हामीबाट भ्रमको पर्दा हट्दै गएको छ जुन आवश्यक थियो । हाम्रा संस्कार, रीति र परम्परामा निहित राम्रा कुरालाई हामीले आत्मसात गर्दै जानु बुद्धिमत्तापूर्ण हो भन्ने हामीले बुझ्नै पर्छ । 


Views: 68

सम्बन्धित सामग्री:

पानीमा पनि मूल्यवृद्धि

: श्रावण २८, २०७७ (९:१२ AM)

शिक्षामा संवेदनशीलता

: श्रावण २७, २०७७ (१२:३४ AM)

अयोध्यापुरीको गाम्भीर्यता

: श्रावण २६, २०७७ (१२:१० AM)