18th January | 2021 | Monday | 12:13:00 AM

सकारात्मक कार्यको थालनी

  POSTED ON : मंसिर १७, २०७७ (८:५० AM)

सकारात्मक कार्यको थालनी

वर्तमान सरकारको सत्तारुढ दल राजनीतिक रूपमा धेरै विवादमा आइरहेको छ । हल नेकपामा आफ्नै पार्टीभित्रको आन्तरिक कलहले चरम रूप लिएको अवस्था छ । तैपनि सरकार भने आफ्ना विकास निर्माणका कार्यमा अगाडि बढिरहेकै देखिन्छ । हालै सरकारले नेपालका ७ सय ५३ स्थानीय निकायहरूमा क्रमिक रूपमा सेवा विस्तार गर्ने उद्देश्यका साथ ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको छ । यो कार्य सम्पन्न भइसक्दासम्ममा स्वास्थ्य क्षेत्रको एउटा अपत्यारिलो फड्को मानिनेछ । सरकारले यो कार्य आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष राखेको छ । स्वास्थ्य क्षेत्रमा भएको हालसम्मकै ठूलो लगानी आवश्यक पर्ने जनाइको छ । 

शिलान्यास कार्यमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री विष्णु पौडेल सहभागी हुनुभयो र प्रदेश तथा स्थानीय तहमा सम्बन्धित सांसदहरूको संलग्नता रहृयो । निकै ठूलो र महŒवाकांक्षी योजना हो । सरकारले साधन र स्रोतको व्यवस्थापन कसरी गर्न सक्ला भनेर प्रश्न उठ्सक्छ । अर्थमन्त्री पौडेलले अभिव्यक्त गर्नु भएको धारणाअनुसार उक्त कार्यका लागि स्रोतको कुनै अभाव हुने छैन । बजेट व्यवस्थापनको जिम्मेवार मन्त्रालयका मन्त्रीबाटै यस प्रकारको धारणा सार्वजनिक भएको हुनाले यसमा अरूले सन्देह गरिरहनु औचित्य रहँदैन । जनताको उपचारात्मक कार्यमा ६ अर्ब १२ करोड २६ लाख बजेट निकासा भएको जानकारी अर्थमन्त्रीले दिनु भएको छ । तर, यसमध्येको धेरैजसो रकम भवन निर्माण र उपकरणकै लागि खर्च हुने निश्चित छ । 

नागरिकहरूको चासो सरकारले बजेट कहाँबाट कसरी व्यवस्था गर्छ भन्नेतिर रहँदैन । सरकारले गर्ने भनेका काम गरे÷नगरेको र त्यसबाट आपूmले सेवा लिन पाए÷नपाएकोतर्फ जनसाधारणको चासो हुने हो । यस्ता अस्पताल बनेर आपूmले तीबाट उपचार सेवा लिने प्रतीक्षा नागरिकको हुनेछ । पहिलो चरणमा निर्माण हुन लागेका साना आकारकै भए पनि ती ५, १० र १५ शैøयाका अस्पतालबाट निकै जटिल प्रकृतिकाबाहेक सामान्य रोगको उपचार पाउने आशा नागरिकहरूको हुनु अस्वाभाविक होइन । स्त्रीरोग, बालरोगको उपचार र सामान्य प्रकृतिका शल्यक्रिया हुने भनिएका यस्ता अस्पतालमा यतिमात्र भए पनि सेवा पाउने अवसर मिले नेपाली नागरिक धेरै हदसम्म लाभान्वित हुनेथिए । 

तर, सन्देह के हो भने सरकारले यस्ता अस्पतालहरू अबको दुई वर्षभित्र बनाइसक्ने भनेको छ । अझै यसका साथै सातवटै प्रदेशमा सरुवारोगको उपचारका लागि सातवटा अस्पताल बनाउने भनिएको छ । हामीकहाँ कुनै काम भनेको समयमा नसकिने समस्या रोग बनेर रहने गरेको छ । त्यसैले दुई वर्षपछि आफ्नै गाउँठाउँमै बिरामी हुँदा उपचार पाइने जनचाहना पूरा हुन सक्ला वा नसक्ला । यदि सरकारले यसलाई बजेट अभाव वा जनशक्तिको कमी वा साधन स्रोतको कमीजस्ता समस्या देखाएर अलपत्र छोड्यो भने जनताका समस्या जहाँको त्यहीँ रहनेछन् । अर्कातिर यति धेरै अस्पताल निर्माण कार्य एकै पटक सम्पन्न गर्दा ती अस्पतालमा चाहिने चिकित्सक, नर्स, प्रशासनिक कर्मचारी, प्राविधिकको पूर्ति कसरी गर्ने भन्नेतर्फ सोच्नुपर्ने हुन्छ । तिनको उत्पादनको अवस्था र अनुपात हाम्रोमा कस्तो छ र तिनबाट मात्रै त्यसको पूर्ति हुननसक्ने हो भने त्यसको विकल्प अहिलेदेखि नै सोच्तै गर्नुपर्ने हुन्छ । 

हाल नर्सिङ पढाइ हुने कलेजहरू त धेरै स्थापना भइसकेका छन् तर तिनको समस्या के हो भने यस्ता कलेजबाट उत्पादन भएका अधिकांश नर्स नेपालमा रहेर सेवा गर्नभन्दा विदेश जानकै लागि नर्सिङ अध्ययन गर्ने गर्छन् । त्यसैले सरकारले त्यो जनशक्तिलाई यही रोक्न सक्नुपर्छ र तीबाट सेवा लिने प्रयास गर्नु आवश्यक छ । 


Views: 77

सम्बन्धित सामग्री: