27th February | 2021 | Saturday | 3:01:11 PM

अति आवश्यकीय कुरा यति महँगो !

  POSTED ON : फाल्गुन ९, २०७७ (९:१३ AM)

अति आवश्यकीय कुरा यति महँगो !

गत वर्षको तुलनामा यस वर्ष इन्टरनेट सेवा निकै महँगो भएको छ । अधिक आम्दानी इन्टरनेट सेवा प्रदायक कम्पनीले नै लिने होलान् जस्तो उपभोक्तको सोच हुन्छ तर सेवा प्रदायक कम्पनीहरू आपूm बेस्सरी करको मारमा परेको दुखेसो पोखिरहेका छन् । गत वर्ष चौध महिनाका लागि साढे १२ हजार तिरेर इन्टरनेट जोडेका प्रयोगकर्ताले कोरोना महामारीको मध्यमा गत साउनतिर लगभग १७ हजारमा नवीकरण गर्नुप¥यो । एक वर्षपछि नै एक तिहाइ महँगोमा इन्टरनेट नवीकरण गर्नुपरेको तिनको गुनासोको तीन महिना बित्नेबित्तै फेरि ती सेवा प्रदायक कम्पनीले राउटर र तारको पैसासमेत उपभोक्तालाई तिराएर लगभग २० हजार त्यसको मूल्य पु¥याए । कुनै कुनै यसभन्दा महँगा छन् । बाटामा गाडीले हल्लाएर वा हावाहुरीलगायतले तार चुँडिएर त्यसको मर्मत गर्नुपरेकोे खण्डमा हाल प्रयोगकर्ताले नै आवश्यक तारलगायत सामग्री किन्नुपर्ने गरिएको छ । 

यस कारणले गर्दा इन्टरनेट सेवा अत्यधिक महँगो भएको छ । एकातिर यो सेवा अतिआवश्यक सेवामा पर्न थालेको छ भने अर्कातिर यसको सेवा शुल्क दिनप्रतिदिन कम हुँदै जानुपर्नेमा झन् महँगो बनाइँदै लगिएको छ । जसले गर्दा सामान्य नागरिकका मनोरञ्जनका कुरादेखि संस्थागत रूपमा विभिन्न सेवा सम्बद्ध संघसंस्थाका सेवामा यसबाट सोझो प्रभाव पर्ने गरेको छ । अबका दिनमा इन्टरनेट सेवाविना कुनै कार्यालयका सेवा प्रदान हुँदै सक्दैनन् । हालका दिनमा सबैजसो सरकारी कार्यालय, निजी कम्पनी, संघसंस्था आदिका सेवाहरू इन्टरनेटबाटै सञ्चालनमा आइसकेका छन् । शैक्षिक संघसंस्थामा पनि विद्यार्थीको अभिलेखदेखि शुल्क लिने कार्यमा इन्टरनेटको आवश्यकता पर्छ । बैंकहरूमा त सबै प्रकारका सेवा प्रदान गर्न इन्टरनेटकै प्रयोग हुने गरेको छ । हालका दिनहरूमा प्रत्येक घरघरमा घरायसी कामदेखि मनोरञ्जनका लागिसमेत इन्टरनेटको व्यापक प्रयोग हुने गरेको छ । 

यसको पहुँचको दायरा दिनप्रतिदिन विस्तार हुँदै गइरहेको छ । सूचना आदानप्रदान गर्न, जन्ममृत्युको खबर संप्रेषण गर्न, मनोरञ्जनका लागि, साहित्यिक भाव संप्रेषण गर्न, कार्यक्रमबारे जानकारी दिनलगायत कार्यका लागि इन्टरनेट अपरिहार्य बन्न पुगेको छ । वर्तमानमा इन्टरनेट एक प्रकारले मानिसका लागि दाल, भात, तरकारी जत्तिकै आवश्यक बन्न पुगेको छ । तर, यही आवश्यकताको साधम प्रयोग गर्नै नसक्ने गरी महँगो बन्नाले प्रयोग कर्ता मारमा परेका छन् । कोरोना महामारी देखा पर्नुअघिसम्म तुलनात्मक रूपमा सस्तो रहेको इन्टरनेट सेवा लकडाउनपछि एकाएक महँगो बन्नुका कारण विभिन्न छन् । कार्यालयका काम घरैबाट गर्नुपर्ने बाध्यता, विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन हुन थाल्नु, फुर्सदमा घरमा बसेकाहरू कार्यालय गएर सामाजिक सञ्जाल चलाउन नपाउनुका अति आवश्यकीय काम गर्न नपाउनुलगायत विविध कारणले सबैले घरमा इन्टरनेट सेवा लिन थालेपछि यसको मूल्य बढेको हो । 

मूल्य जहाँबाट जसरी बढाइएको भए पनि प्रयोगकर्ताका लागि त्यो महँगो बनेकै हो । आपूmसँग सिधैं सम्पर्कमा हुँने सेवा प्रदायकबाटै मूल्य बढेको प्रयोगकर्ताले ठान्नु अस्वाभाविक होइन । तर, सेवा प्रदायकहरू आपूm मारमा परेको गुनासो गरिरहेका छन् । वास्तवमा तिनले आफ्ना तालुक निकायले नै शुल्क बढाएको भनिरहेका छन् । अन्तत्वगत्वा यसको कारक सरकार नै हो भन्ने सबैले बुझेका छन् । वर्तमान सरकार हर कुरामा अनुदार देखिएको छ । करको मामिलामा यसले बढाएको २ हजार प्रतिशतको मारमा नेपाली जनता परिरहेकै छन् । नेपाल दूरसञ्चार प्राधिकरण वा नेपाल टेलिकम इन्ट्नेटको शुल्क वृद्धिका कारक बनेका होलान् तर तिनलाई नियन्त्रण गर्ने कार्य त सरकारकै हो । 

त्यसैले जनसरोकोरसँग गाँसिएका यस्ता कुराका जनताको डाढ भाँचिने गरी कर लगाउनु र सेवा प्रदायक निकायहरू करकै कारणले बन्द हुनेगरी करको दर तोक्नु अन्यायपूर्ण कार्य हो । इन्टरनेट सेवामा ४५.७६ प्रतिशतसम्म कर बढेको भन्ने तथ्यांक बाहिर आएको छ । अन्ततः यो कर उपभोक्तबाटै असुल गरिने हो । कि तिर्नु प¥यो कि सेवा लिनु भएन । न यसमा छुटको व्यवस्था छ न मासिक किस्ताबन्दीमा तिर्न पाइन्छ । यस्ता विषयतर्फ सरकारको दृष्टि जानु आवश्यक छ । 


Views: 65

सम्बन्धित सामग्री:

अदालतको फैसलाले देखाएको बाटो

: फाल्गुन १३, २०७७ (९:०९ AM)

नेताहरूको भारत दौडाहाको अन्तर्य

: फाल्गुन ११, २०७७ (९:१९ AM)

अचानोमा न्यायपालिका

: फाल्गुन १०, २०७७ (१२:१८ PM)