17th April | 2021 | Saturday | 10:34:17 PM

राजनीतिक गाँठो छिट्टै फुकोस्

  POSTED ON : फाल्गुन १७, २०७७ (८:३५ AM)

राजनीतिक गाँठो छिट्टै फुकोस्

नेपालको वर्तमान राजनीतिले बाटो बिराएको अवस्था छ अहिले । परिस्थिति धमिलो बनेको छ । हुन त नेपालमा राजनीति गर्नेहरूका कारण राजनीतिक परिवेश सधैं धमिलिएकै हो । कसैले राजनीतिलाई एउटा सोझो बाटोमा हिँडाउन चाहेनन् । आआफ्ना स्वार्थको जालो बिछ्याएर अरूलाई त्यसमा फसाउने र आपूm त्यसबाट फाइदा लिने खेल नै नेपाली राजननीतिको पर्याय बनिरहृयो । यस्ता खेलमा कसैले बढी सफलता पाए होलान् र कसैले कम त्यो फरक कुरा हो । नेपालको राजनीतिबाट राजनीति फोहोरी खेल हो भन्ने भनाइलाई प्रमाणित गर्न एकदमै सहयोग पु¥याएको छ । यस्तो परिवेश खडा गर्ने काम अरू कसैबाट भएको छैन राजनीतिज्ञहरूबाटै भएको छ । उनीहरूले सही बाटोबाट हिँडिदिएका भए हालको जस्तो अवस्था सिर्जना हुने नै थिएन । 

हाल नेकपा सत्तामा आएदेखि यस्तो संकट अझै जटिल मोडमा पुगेको हो । गत पाँच÷छ महिनादेखि नेकपामा आन्तरिक द्वन्द्व चरम अवस्थामा पुगेपछि प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा नै भंग गर्न पुग्नुभयो । नेकपा प्रत्यक्ष रूपमै दुई गुट बनेर देखिन आयो । एकथरी सरकारमा रहेकै छन् र अर्को पक्ष सडकमा पुग्यो, अहिले पनि सडकमै छ । दुवैले आफ्नो दाबी निर्वाचन आयोगमा पेश गरेर आपूmलाई आधिकारिक नेकपाको मान्यता दिनुपर्छ भनेका छन् । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतले गलत प्रमाणित गरिदिएको अवस्था छ अहिले तर निर्वाचन आयोगले अझै नेकपाको आधिकारिकताको निर्णय दिएको छैन । त्यहाँ पेश भएका प्रमाणका आधारमा आयोगले छिट्टै फैसला गरिदिए नेपाली राजनीतिको भावी राजमार्ग निर्धारणका लागि सजिलो हुनेथियो । हो, सबैलाई थाहा छ आयोगका लागि यो निकै सकसको काम सावित भइरहेको छ । सरकार पक्षबाट र सडक पक्षबाट समेत उसलाई दबाब दिने काम भइरहेको छ । यस्ता समाचारहरू दिनहुँ बाहिर आइरहेका छन् तर जति नै ढिलो गरे पनि आखिर आयोगले यसको निर्णय नदिई हुँदैन । अब अदालतले दिएको प्रतिनिधिसभाको बैठक बस्ने दिन नजिकँदै गएको छ । सरकारले आगामी २३ गतेका लागि प्रतिनिधि सभा बैठक बोलाउन सिफारिश गरिसकेको छ । त्यो अब ६ दिनमात्र बाँकी छ । आयोगले त्यस पहिले नै नेकपाको आधिकारिकताको निर्णय दिने हो भने बैठकमा प्रस्तुत हुनेहरूका लागि सहज हुनेथियो । नेकपा ओली पक्षमा कति र नेकपा दाहाल–नेपाल पक्षका कति सांसद संख्या रहने थियो भन्ने यकिन भयो भने तिनीहरूका लागि भावी रणनीति बनाउन सजिलो हुने कुरा निर्विवाद हो । 

सत्ता लिप्साका र स्वार्थका कारण कूटिल राजनीति गर्न चाहनेहरूले त यस्तो धमिलो राजननीतिक वातावरण सधैं धमिलो नै रहिरहोस् भन्ने पनि चाहेका होलान् तर नेपाली जनता त्यस्तो चाहना राख्दैनन् । उनीहरूको चाहना राजनीतिक व्यवस्था सफा बनोस्, आफ्ना लागि केही रोजगारी दिनसक्ने सरकार बनोस्, शान्तिसुरक्षा कायम रहोस्, आफ्ना छोरी चेलीहरू घाँसदाउरा जाँदा वा विद्यालय जाँदाफर्किँदा बलात्कृत हुनु नपरोस्, अकालमा तिनीहरू मारिनु नपरोस् भन्ने चाहन्छन् । सत्तामा को गयो को गएन, प्रधानमन्त्री को बन्यो भन्नेमा तिनको सरोकार रहँदैन । केवल राजनीतिक वातावरण सफा बनोस् त्यति भए पुगेको छ । कुनै पार्टीको एकल सरकार बन्यो कि मिलिजुली सरकार बन्यो त्यो पनि जनताको चासो होइन । सरकारले जनताका लागि के कस्ता काम ग¥यो त्योमात्र जनताको चासो हो । 

एकल सरकार भए जनचाहना पूरा होलान् भन्ने अभिप्रायले गत निर्वाचनमा जनताले त एउटै पार्र्टी नेकपालाई बहुमत दिलाएकै हुन् तर त्यसलेमात्र जनचाहना पूरा नभएको अवस्था हाल देखिएकै छ । अबको सम्भावना नेकपा फुटेको निर्णय निर्वाचन आयोगबाट आउँना साथ मिलिजुली सरकार नै हो । त्यसमा कुन–कुन पार्टीको संलग्नता रहन्छ भन्ने कुरा फरक हो । त्यस कारण भावी राजनीतिक समीकरणका लागि निर्वाचन आयोगको निर्णय सहयोगी सिद्ध हुने हुनाले आयोगले यसतर्फ विचार गर्ला नै । 


Views: 80

सम्बन्धित सामग्री:

राजनीतिक अन्यौल अझै कायमै

: चैत्र ३१, २०७७ (७:२६ AM)

कोरोना कहर फेरि बल्झियो

: चैत्र ३०, २०७७ (८:०७ AM)