16th May | 2021 | Sunday | 3:02:39 AM

कांग्रेसमा क्रियाशील सदस्यता प्रसंग

  POSTED ON : बैशाख ३, २०७८ (८:३२ AM)

कांग्रेसमा क्रियाशील सदस्यता प्रसंग

नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौमा हुने निर्णय भएको छ । त्यसको समयावधि भनेको अब साढे चार महिनामात्र बाँकी छ । यसका लागि आन्तरिक तयारी राम्ररी हुन सकेको देखिँदैन । पहिलेदेखि चुप लागेर बस्ने र अन्तिम समयमा हस्याङ्फस्याङ गर्ने प्रवृत्ति हामी नेपालीले हरेक सन्दर्भमै अवलम्बन गर्ने गरेका छौं । नेपाली कांग्रेस पार्टी पनि यसको अपवाद बन्ने कुरा भएन । नेपाली कांग्रेसलाई भन्दै ‘मास पार्टी’ भन्ने गरिएको छ । अरू पार्टीभन्दा फरक शैलीमा यो पार्टी चल्दैआएको छ । यसमा नीति नियमको कडाइभन्दा जनसमर्थनका आधारमा नेपाली माटो सुहाउँदो नीति तथा सिद्धान्तले चलेको भनेर यसलाई सबैले चिन्ने गरेका छन् । प्रजातान्त्रिक सिद्धान्तको अवलम्बन र अभ्यासका कारणले यसप्रति धेरैको समर्थन रहँदै आएको छ । 

कम्युनिष्ट पार्टीहरूको जस्तो आक्रामक नीति र सिद्धान्त यस पार्टीले जबरजस्ती लागू गर्न सक्दैन । कार्यकर्ता, नेता, समर्थक, व्यापारी तथा कर्मचारीबाट मासिक लेवी उठाउने काम पनि कांग्रेसले कम्युनिष्टहरूको जसरी गर्न सकेको छैन । कार्यकर्ता तथा जनताको सद्भावलेमात्र पार्टी चलेको छ । गत २०७४ सालको आमनिर्वाचनमा कम्युनिष्टहरू एक भएका कारणमात्र नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुगेको हो नत्र प्रजातन्त्र पुनप्र्राप्तिपछिको लामो समयसम्म नेपालमा नेपाली कांग्रेस नै सत्तामा रहन सक्ने थिएन । यति हुँदाहुँदै कांग्रेस निर्विवाद एक ढिक्का भएर चल्न सकेको छैन । यसभित्रका गुटउपगुटहरू आआफ्नो स्वार्थमा लिप्त छन् । बीपी, सुवर्ण, डिल्लीरमण, मातृकाहरूको कुरा छोड्ने हो भने पनि २०४६ सालपछि कृष्णप्रसाद, गिरिजाप्रसाद, गणेशमानहरूको फुटपरस्त राजनीतिको स्वाद नेपाली जनताले चाखेकै हुन् । 

उहाँहरूको अवसानपछि पहिलो बरियतामा पुगेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला तथा कोइराला दाजुभाइहरूबीचको अनेकता केही वर्षदेखि देखिँदै आएको छ । उहाँहरूका पछिपछि लाग्ने दोस्रो वरियताका नेताहरू तथा नयाँ गुट सिर्जना गर्न चाहनेहरूको कांग्रेसमा कमी छैन । हालै कुनै मञ्चमा नेपाली कांग्रेसका दुई ठूला नेताहरू सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रत्यक्ष रूपमै भनाभन गरेको दृश्य सामाजिक सञ्जालमै राखिएको थियो । जसले गर्दा राजनीति नगर्ने तर राजनीतिमा चासो राखेर चियाएर हेर्नेहरूका लागि यो एउटा लज्जाको विषय बनेको छ । जनता तथा सामान्य कार्यकर्ता टाढिने एउटा विषय यो बन्न पुगेको छ । यसैगरी कांग्रेसका विभिन्न मनोनित गरिने पदहरूमा निकै कनिष्ठ र अदक्ष व्यक्तिलाई समेत मनोनित गर्ने गरिएको कारण विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको मन कुँडिने नै भयो ।

योलगायत नेपाली कांग्रेसमा अरू पार्टीकै जस्तो सबैभन्दा ठूलो समस्या पार्टी सदस्यताकै हो । महाधिवेशनको पूर्वसन्ध्यामा जहिल्यै ठूलो वादविवाद हुने गरेको छ । यसवर्ष पनि यसबारेको विवाद अहिलेबाटै देखिनथालेको छ । पहिले पहिले क्रियाशील सदस्यता लिन चाहनेहरूको संख्या ठूलो देखिन्थ्यो भने हाल राजनीतिमा गहिरो रुचि हुनेबाहेक अरूले राजनीतिको बाटो फर्केर हेर्ने गरेको समेत देखिँदैन । केही ठाउँमा क्रियाशील सदस्यता लिने मानिसकै अभाव हुने र त्यस्ता ठाउँहरूमा नक्कली सदस्यता तयार गरेर क्रियाशील सदस्यताको संख्या देखाउने गरिन्छ जसले गर्दा अर्को गुटका मानिसले केन्द्रमा उजुरी गर्नाले त्यसमाथि छानबिन गरेर कि त खारेज कि त्यसलाई सदर गर्ने गरिन्छ । 

आपूm महाधिवेशन प्रतिनिधि तथा हमासमित सदस्य निर्वाचित हुन जिल्लास्थित नेताहरूबाट यस्ता खालका काम हुने गरेका छन् । शहरी वा केही विकसित क्षेत्रतिर केन्द्रीय नेताहरूले कुनै एक नगरपालिका वा तिनका वडामा त्यहाँस्थित आफ्ना मानिसमार्फत केही संख्या तोकेर त्रिलयाशील सदस्यता रसिद बाँड्न निर्देशन गर्ने गरेका छन् र तिनले लुकाइलुकाइ आफ्ना जहानपरिवार र केही सीमित आफन्तलाई मात्र क्रियाशील सदस्यता दिने गरेकाले त्यस क्षेत्रमा बसोबास गर्ने बौद्धिक वर्ग तथा पार्टीतर्फ सद्भाव राख्ने तर सक्रियताका साथ नेताहरूको पछि लागेर नहिँड्ने व्यक्तिहरू यस्तो सदस्यता पाउनबाट वञ्चित हुने गरेका छन् । 

क्रियाशील सदस्यता नलिएका व्यक्तिले निर्वाचनमा उम्मेद्वार बन्न नपाउने पार्टी विधान भएका कारण भोलिका दिनमा निर्वाचन लड्ने व्यक्तिहरू कसैले नचिनेका व्यक्ति हुन जान्छन् । यसो गर्नाले निर्वाचनमा पार्टी पराजित बन्न जान्छ । लुकाइलुकाइ क्रियाशील सदस्यता बाँडेको परिणाम पछि हुने निर्वाचनहरूमा देखिन जाने हुनाले पार्टी अन्तत्वगत्वा कमजोर बन्दै जान्छ । पार्टीले यस्ता कुरातर्फ ध्यान दिन सकेको छैन । यसले पार्टीलाई नै हानी पुगिरहेको छ । पार्टी नेताहरूको दूरदर्शिता यसका लागि अपेक्षित छ । 


Views: 192

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)