16th May | 2021 | Sunday | 2:30:05 AM

सरकार अब के गर्ने ?

  POSTED ON : बैशाख १४, २०७८ (८:५३ AM)

सरकार अब के गर्ने ?

हालको ताजा खबर सबैलाई थाहा छ । हाम्रो दक्षिणी छिमेकी देश भारतमा अब एकै दिन तीन लाखा बढी कोरोना संक्रमित भेटिन थालेका छन् र पन्ध्र सयको हाराहारीमा मृत्यु हुनेहरूको संख्या पुगिसकेको छ । भारतको हावा नेपालसम्म आउन कत्ति बेर लाग्दैन, आई नै सकेको छ । भारतका राम्रा कुराहरू हामीकहाँ हत्तपत्त आइपुग्दैनन् तर नराम्रा कुराहरू तुरुन्तै आइपुगिहाल्छन् । कोरोना महामारी पनि आइसकेको छ । संक्रमितहरूको संख्या प्रतिदिन साढे एक तीस सय पुगेको छ । आइतबार एकै दिन कोरोनाबाट २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समाजका उच्च वर्गका व्यक्ति पनि छन्, जसले गर्दा उपचारको सामथ्र्य भएका मानिसहरूसमेत संक्रमणमा पर्ने र तिनको निधन हुने गरेको छ भन्ने देखिएको छ । 

कोरोनाको कुनै उपचार छैन । श्वासप्रश्वासमा कठिनाइ गराउने भएका कारण अस्पतालहरूले सास फेर्न सजिलो पार्न अक्सिजन दिने हो तर अब अक्सिजनको अभाव भएकाले संक्रमितका लागि कठिन अवस्था सिर्जना भएको छ । हाम्रोमा न त क्वारेन्टाइनहरूको व्यवस्था छ न आइसोलेसन वार्डहरू नै छन् । कोभिड अस्पताल भनेर कुनै छुट्टै अस्पतालहरू छैनन् । यस्तो अवस्थाबाट के देखिन्छ भने कोरोना संक्रमण जसलाई हुन्छ निश्चित छ कि त्यो मर्छ कि आफ्नो शारीरिक प्रतिरोधात्मक क्षमता र उच्च मनोबलले ऊ स्वस्थ बन्न सक्छ । यी दुईबाहेक अर्को विकल्प देखिएको छैन । भन्न त भनियो कोरोना जाडो महिनामा सक्रिय हुन्छ र गर्मीमा स्वतः निस्क्रिय हुँदै जान्छ तर पोहोरको जाडो र गर्मीको तुलना गर्दा र अहिलेको जाडोको तुलनामा गर्मी लाग्नासाथ कोरोनाको संक्रमण उच्च भएको देखिँदा कोरोना गर्मीमा बढी सक्रिय भएको हो कि जस्तो देखिएको छ । 

यदि त्यसो हो भने यस वर्षको गर्मी भर्खर सुरु भएको छ र यसले भर्खरमात्र टाउको उठाउन थालेको छ, यसले अब अझै बढी महामारी फैलाउन सक्छ भन्नेतर्फ सचेतताका साथ हेरिनुपर्ने हुन्छ । भोका जनता काममा जान छोड्दैनन् । आफ्ना सानातिना काम नगरी पेटमा माड लाग्दैन । घरमा बसेर पेट भरिँदैन । त्यसैले रहरले होइन, कमाउने महŒवाकांक्षाले होइन, विवशताले घरबाहिर निस्कनैपर्छ । सरकारले कसरी त्यसलाई निषेध गर्ने ? निषेध गर्ने हो भने तिनका पेटमा माड हालिदिन सक्नुपर्छ । निश्चय छ हाम्रो सरकार त्यसो गर्न सक्दैन । त्यसैले बरु जनतालाई खुला छोडिदिन्छ । हाम्रो सरकारले गर्नसक्ने कामहरू निकै छन् । सत्ताको छिनाझप्टीमा समय गुजार्न सक्छ, आन्तरिक कहलमा रुमलिन सक्छ, सत्ता टिकाउन, बनाउन र बिगार्न सांसदको खरिदबिक्री गर्न सक्छ र भ्रष्टाचारको दलदलमा मजाले भासिन सक्छ । 

आपूm मर्ने कुरा कसैले सोचेको हुँदैन । सरकारमा बसेर सुखसुविधा उपभोग गरिरहेकाले त यस्तो कल्पनासम्म गरेका हुँदैनन् । किनभने उनीहरूसँग साधन र स्रोत भरपुर हुन्छ, वरिपरि सुरक्षा घेरा हुन्छ । त्यसैले उनीहरू आफ्नो जीवनलाई चिरस्थायी ठान्छन् । यही सोचले कोरोना आओस् वा अन्य कुनै महामारी अथवा महाभूकम्प नै किन नआओस् उनीहरूका लागि त यस्ता कुरा कमाउने असली बाटो बन्न पुग्छन् । यस्तै सोचाइको परिणति हो गत वर्षको कोरोना उपचार सामग्री खरिदमा भ्रष्टाचार भएको घटना । अहिले पनि उनीहरूका लागि त्यस्तै अवसर दोहोरिएको छ । त्यसैले रोकथामका कुनै उपायहरूको अवलम्बन गरिएको छैन । सरकारलाई सरकार कसरी जोगाउने भन्नेमात्र चिन्ता छ भने अरूलाई सरकार कसरी भत्काउने भन्ने ध्याउन्न छ । 

नेपालको राजनीति भने पनि विकास भने पनि राजनीतिक अभ्यास वा आचरण भने पनि आखिरमा यहीमात्रै रहेछ भन्ने देखिँदै आएको छ । जनताले कर तिर्ने हो । वामपन्थी सरकार बनिकन जनतासँग कुम्ल्याएर कर लिएको छ तर जनताका लागि केही गर्न सकेको छैन । पर्दा जनता आफैंले आफ्ना लागि केही गर्नुपर्छ, मर्दा सरकार लास गन्छ र सूचना प्रकाशित गर्छ, यत्ति हो । अब के गर्ने सरकार सोच्ने बेला भयो । धान पाकेपछि पानी लगाएर हुँदैन वा मरेपछि डाक्टरको इलाज लाग्दैन । त्यसैले बाँचेकै बेला तिनका लागि केही सोचौं, केही गरौं । नत्र पछि पछुताउनुपर्ने हुन्छ । सरकारका कुनै मन्त्री लकडाउन वा निषेधाज्ञा हुन्छ भन्छन् कुनै हुँदैन भन्छन् । किन यस्ता कुरामा उनीहरूको एकै स्वर हुँदैन ? जे गर्ने हो बेलैमा गरौं, ढिलो नगरौं । 


Views: 97

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)