16th May | 2021 | Sunday | 3:22:25 AM

राजनीतिको लाचार छायामा देश

  POSTED ON : बैशाख २१, २०७८ (८:३३ AM)

राजनीतिको लाचार छायामा देश

राजनीति नेपालमा मात्र हुने होइन संसारका अरू देशमा पनि राजनीति हुने गर्छ तर नेपालले राजनीतिलाई फोहोरी खेल हो भन्ने प्रमाणित गरिरहेको छ । हाम्रो वर्तमान राजनीतिक गतिविधिलाई हेरेर राजनीतिलाई ‘लाजनीति’ भन्ने नयाँ संज्ञा दिने गरिएको छ । वर्तमान अवस्था राजनीतिका अनेकौं फोहोरी आहालमा हिलो खेल्न बेला हुँदै होइन । देश संकटमा छ कोरोना महामारीको भासबाट देशलाई जोगाउने प्रयत्न यस घडीमा गरिनुपथ्र्यो तर राजनीतिज्ञ हुँ भन्नेहरूको राजनीतिक व्यवहार र अभ्यास पूरै अराजनीतिक बन्दैगएको देख्दा लाज मान्नै पर्ने अवस्था छ । त्यतिमात्र होइन यस्तै परिस्थिति कायम रहिरहृयो भने अहिलेको राज्य सञ्चालनका जिम्मेवारीमा रहेको हाम्रा नेताहरूले विश्वका विभन्न फासिष्ट शासकहरूसँग तुलना हुनुपर्ने अवस्थासमेत सिर्जना हुनसक्छ ।
कोरोनाको कहर भयावह बन्न पुगेको छ । मानिसहरू भटाभट मर्न थालेका छन् । इनेगिनेमा मानिसहरूको मृत्युको समाचार सुन्न थालिएको छ । शिक्षा, राजनीति, समाजसेवालगायत क्षेत्रका व्यक्तिहरूको कोरोनाबाट मृत्यु भएको संख्या सार्वजनिक हुन थालेको छ । उक्त सूचीमा संख्या थपिने क्रम जारी छ तर सरकार जिम्मेवारीबाट भाग्न खोज्दैछ । सरकार संक्रमितको उपचार गर्न सक्दिन भन्दैछ । पदमा बस्ने तर जनताको सेवा नगर्ने यो कस्तो सरकार ? देश राजनीतिको लाचार छायाँले छोपिँदै छ । कोरोनाको नयाँ भ्यारियन्ट पुरानोभन्दा धेरै गुना घातक छ भनिएको छ । यसले लक्षणै नदेखाई मानिसको ज्यान लिन्छ भनिन्छ । कोरोना महामारीले सर्वव्यापी सन्त्रास फैलाएको बेला गत वर्ष एक दिनमा सबैभन्दा बढी पाँच हजार भेटिएको रेकर्ड छ त्यो पनि कुनै एक वा दुई पटक तर अहिले पाँच हजार प्रतिदिन संक्रमित भेटिएको त धेरै भइसक्यो ।
हालका दिनहरूमा सात हजारको संख्या नाघिसकेको छ । मृतकको संख्या प्रतिदिन सरदर तीसजनाको पाइएको छ तर सरकारसँग कुनै अस्पत्तालमा कार्यरत कुनै एकजना चिकित्सकको जति जिम्मेवारीसमेत पाइएको छैन । ती चिकित्सकले बरु जनतालाई होम आइसोलेसनमा बस्ता यस्ता यस्ता लक्षण भेटिए यसो यसो गर्नू भनेर जनतालाई टिप्स दिने गरेका छन् । यसैगरी कतिपय निजी क्षेत्रले निःशुल्क एम्बुलेन्सलगायत सेवा प्रदान गरिरहेका छन् । जनताको करको थुप्रोमा पुरिएर बसेको सरकारका लागि यो लाजको विषय हुनुपथ्र्यो तर सरकारले लाज मानेको छैन । यस्तो अवस्था देखेर नै हो राजनीतिलाई जनस्तरबाट लाजनीति भन्ने गरिएको । सत्ताको गन्धे खेल धेरै पहिलेदेखि नै देखिँदै आएको हो तर यसको उत्कर्ष हालै लुम्बिनी प्रदेशमा देखिएको छ । त्यहाँ सत्ताको अराजनीतिक खेल मञ्चन भएको छ । वर्तमान संविधानले धेरै लामो छलफलपछि शासकीय स्वरूप कायम गर्ने क्रममा संघ, प्रदेश र स्थानीय निकाय गरी तीन तह कायम गरेको थियो ।
हाल हामी त्यसको अभ्यासका चरणमा छौं । यस्तो अभ्यासले तीन वर्षको समय बल्ल पार गर्दैछ तर भारी बहुमतको सरकार भएर पनि संघीय तथा प्रादेशिक सरकारले संविधानको भावनाअनुरूप भूमिका खेल्न सकेनन् । भूमिका निर्वाह गर्न नसकेको मात्र होइन पूर्णरूपमा असफलै भएका छन् । तिनका यस्तै व्यवहारका कारण केन्द्रीय सरकार र स्थानीय निकाय कायम राखेर अब संविधान संशोधन गरी प्रदेशहरू खारेज गरौं भन्ने आमरूपमा आवाज उठिरहेको छ । यस्ता आवाजलाई लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मञ्चन गर्नुभएको राजनीतिक नाटकले पनि मलजल पु¥याउने काम गरेको छ । उहाँले अविश्वासको प्रस्तवको सामना गरी आफ्नोतर्फ बहुमत सिद्ध गर्न नसक्ने अवस्था आएपछि हतार हतार राजीनामा गर्नुभयो र राजीनामा स्वीकृत भएको केही क्षणमै आपूmसँग बहुमत छ भनेर दाबी गर्दै पुन ः मुख्यमन्त्रीको शपथ लिनुभयो ।
उता विपक्षीहरू ८१ जनाको संसदमा आफ्नो पक्षमा ४२ जना रहेका भनेर हस्ताक्षरसमेत उपस्थित भई धर्नामा बसेका छन् । शंकर पोखरेलसँग बहुमत भए त्यसको प्रमाणित संसदबाटै गराउन सक्नुपथ्र्यो । त्यसको सामनाको साहस नभएर राजीनामा गरेर क्षणभरमै पुनः नियुक्ति लिनुले राजनीतिलाई कुन रूपमा प्रदर्शन गर्ने काम भयो त्यो राजनीतिक खेलाडीहरूले बुझ्नुपर्ने हो । पदको भोक उहाँहरूमा कति रहेछ भन्ने यसले प्रतिलिपि उतारेर छ्यांग पारेको छ । आफ्नो विकल्प अरू हुनै सक्दैन भन्ने सोचाइले यसरी डेरा जमाइरहने हो भने राजनीति कसरी सम्मानित पेशा मानिएला र ? के यसतर्फ राजनीतिज्ञहरूले नसोच्ने ? भोलि पनि म राजनीति नै गर्ने हुँ भन्नेहरूले यसतर्फ सोच्नै पर्छ ।


Views: 89

सम्बन्धित सामग्री:

समीक्षा बैठक र निष्कर्ष

: जेठ २, २०७८ (१२:०२ AM)

सरकार ! महँगी नियन्त्रण होस् !

: बैशाख ३१, २०७८ (८:२८ AM)

अबको विकल्प के सरकार ?

: बैशाख ३०, २०७८ (८:४३ AM)