21st June | 2021 | Monday | 12:10:21 PM

समीक्षा बैठक र निष्कर्ष

  POSTED ON : जेठ २, २०७८ (१२:०२ AM)

समीक्षा बैठक र निष्कर्ष

नेपालको राजनीतिले समातेको बाटो र लिएको गति आश्चर्यलाग्दो छ । राज्य सञ्चालन गर्ने पार्टीले संसद्बाट बहुमत प्राप्त गरेको हुनुपर्छ । त्यसो त केपी शर्मा ओलीको सकार सुरुमा सामान्य बहुमत मात्रै होइन झण्डै दुईतिहाइ बहुमतको विश्वासमा बनेको थियो । प्रकारान्तरमा अहिले यो अल्पमतको सरकार बन्न पुगेको छ तर सत्तामै छ । यस सरकराले फेरि शपथग्रहण गरेको छ र जो जो जुन मन्त्रालयको जिम्मेवारीमा थिए ती ती मन्त्रीहरू तिनै तिनै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । चरम विग्रहको अवस्था सिर्जना भएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो र त्यसविरुद्ध अदालतमा मुद्दा प¥यो अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो । 

तैपनि प्रधानमन्त्री सरकारमा बसिरहनुभयो । अदालतको अर्को फैसलाबाट एमाले र माओवादी पूर्वावस्थामै फर्किए । सरकार त्यसपछि अल्पमतमा प¥यो तै पनि प्रधानमन्त्री सरकारको बागडोर समालेर बसिरहनुभयो । उहाँको धेरै विरोध भयो अनि उहाँले आपूmसँग विश्वासको मत छ भन्ने दाबी पुष्टि गर्नका लागि गत बैशाख २७ गते संसद्बाट विश्वासको मत लिने प्रयास गर्नुभयो तर सक्नुभएन । फेरि पनि उहाँले सत्ता छोड्नुभएन । तोकिएको समयसीमाभित्र बहुमत को समर्थनमा सरकारको दाबी गर्न अरू दलहरूले नसकेपछि उहाँलाई राष्ट्रपतिले पुनः प्रधानमन्त्रीका रूपमा शपथग्रहण गराउनुभएको छ । 

विपक्षीहरूले बहुमत देखाएर सरकार बनाउने प्रयास गरेका हुन् तर सकेनन् । यसका लागि नेपाली कांग्रेस, माआवादी केन्द्र र जनता समाजवादी पार्टीको एक पक्ष लागेका थिए । सुरुदेखि नै नेपाली कांग्रेस सत्ताको खेलमा थिएन तर अन्य पार्टीमै जसरी नेपाली कांग्रेसमा पनि गुट उपगुटहरू सक्रिय भएका कारण अन्त्यमा यस्तो समीकरण बन्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले चुनावै चाहेको थियो तर रामचन्द्र पक्ष सरकारमा जानुपर्छ भन्ने धारणा राखेर अगाडि आएको हुनाले देउवाले अन्त्यमा यस समीकरणमा सहमत हुनै प¥यो । देउवालाई फेरि प्रधानमन्त्री बनाउँदा उहाँको पुनः चौधौं महाधिवेशन र संसदीय निर्वाचनका लागि शाख गिर्छ भन्ने मान्यता अर्को पक्षको हुन सक्छ तर देउवाको कम्युनिष्टहरूको कुनै भर छैन, उनीहरू अन्त्यसम्म पनि मिल्न सक्छन् भन्ने धारणा प्रबल रूपमा आइरहेको थियो ।

एमालेबाट मत बझाएर विश्वासको मत नदिने नेपाल खनाल पक्षको मतको अपेक्षाले सरकार बनाउने जुन योजना बनेको थियो नभन्दै देउवाले भने जसरी नै अन्तिममा उनीहरू मिल्नाले विपक्षीहरूले सरकार बनाउन सकेनन् । नेपाली राजनीतिको यस परिदृश्यले नेपाली कांग्रेसका सभापति तथा पूर्व–प्रधनमन्त्री शेरबहादुर देउवाको राजनीतिक सुझबुझ, परिपक्वता र दूरदर्शिता देखियो । उता, माओवादी केन्द्रको त्यो बाध्यात्मक परिस्थतिसमेत हो । अब तत्काल अरू कुनै उपाय ऊसँग छैन । उता, जनता समाजवादीपार्टी अनेक रसायनबाट जोडिएको पार्टी हो त्यसमा पार्टी एउटा भएर पनि विचार एक छैन । राजेन्द्र महतो र महन्थ ठाकुर एकातिर र उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अर्कातिर भएर विभाजित मनस्थितिमा पार्टी कसरी एक हुन सक्छ ?

त्यसैले ओलीको विश्वासको मत लिने बेलामा समेत उक्त पार्टीले एउटा ठोस निर्णय लिन सकेन । सांसदहरूले एक ढिक्का भएर कतै पनि मत दिएनन् । अहिले विपक्षीले सरकार बनाउने प्रयासमा पनि जसपाको भूमिकाकै कारण उनीहरू असफल भए । महन्थ ठाकुर नेपाली कांग्रेसका वरिष्ठ नेताबाट पार्टी छोडेर गएका हुन् । २०१७ सालपछि डा. तुलसी गिरीले पञ्चायतमा पसेर कांग्रेसप्रति जुन व्यवहार गरेका थिए ठाकुरको भूमिका हाल त्यस्तै देखिँदै गएको छ । उनी आपूm प्रधानमन्त्री बन्न चाहन्थे त्यो प्रयासलाई अन्यथा भन्न मिल्दैन तर आपूm बन्न नसक्ने भइसकेपछि उनको धर्म विपक्षीलाई सघाउनु पर्नेहुन्थ्यो, त्यसो भएन ।

उल्टै भारतीय राजदूतावासमा गएर वार्ता गर्ने र प्रधानमन्त्रीका मानिसले सञ्चालन गरेको सूर्यविनायकको रिसोर्टमा आफ्ना पक्षका सांसदहरू समेत लिएर बस्ने कार्य उहाँबाट भयो । रिसोर्टमा सबै प्रकारका सुविधा थिए होलान् भन्ने अन्दाज गर्नु अन्यथा नहोला । हाल सरकार बनाउन प्रयास गरेर असफल भएका नेताहरूको समीक्षा पनि यही नै हो । ओलीको अबको विश्वासको मत लिने प्रयासमा महन्थका पक्षका सांसदहरूको समर्थन त रहन्छ नै तर त्यो संख्या बहुमतका छेउछाउको मात्रै हुनेहुँदा जे पनि हुनसक्छ । कथम् उहाँले बहुमत साबित गर्न सक्नुभएन भने त जाने फेरि मध्यावधि निर्वाचनमै हो । त्यसैले अब दलहरूले चुनावको त्यस्तो मनस्थिति बनाइरहनु पनि सान्दर्भिक हुन जानेछ । 


Views: 69