विकल्प निर्धारण गरेर काम गरौं

  POSTED ON : जेठ ४, २०७८ (८:३९ AM)

विकल्प निर्धारण गरेर काम गरौं

देशलाई पहिले द्वन्द्वले थिल्थिलो पा-यो । जसोतसो द्वन्द्व समाप्त भयो त्यसपछि भूकम्पले तहसनहस पा¥यो । द्वन्द्वले सत्र हजार मानिस मार्न दश वर्ष लगायो, भूकम्पले एक मिनेटमै दश हजार मानिस मा¥यो । माओवादीले धेरै भौतिक संरचनाको क्षति गरे भने भूकम्पबाट पनि धेरै पुरुतात्विकलगायत संरचनाहरूमा क्षति पुग्यो जसको पुनर्निर्माण यथावत् रूपमा हालसम्म हुन सकेको छैन । प्रयत्न गरे कहीँ न कहीँ कतै न कतैबाट जुटाउन सकिने रहेछ भन्ने कुरा हालका प्रयासहरूबाट देखिँदै आएको छ । कोरोनाले देश संकटपूर्ण रहेकाले विकास निर्माणका कार्य जहाँको त्यहीँ छोडेर सबैले कोरोनाविरुद्धको लडाइँमा जुट्नुपर्ने अवस्था छ । 

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्छ भन्नुभएको चार÷पाँच दिन बितिसकेको छ । तर उहाँले भनेजस्तो संकटकाल लागेको घोषणा हालसम्म भएको छैन । जनता त्यही समयको पर्खाइमा छन् । यदि सरकारले अन्य कुनै काम नगरेर स्वास्थ्योपचारमा मात्रै ध्यान केन्द्रित गर्ने हो भने कोरोनाविरुद्धको अभियान असफल हुने भन्ने कुरै हुँदैन । अक्सिजन र अक्सिजन सिलिन्डरहरूको अभावले संक्रमितले उपचार पाउनबाट वञ्चित हुनुपरेको अवस्थामा देखाइएको सक्रियताका कारण एक हप्ताभित्र सुधार आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहयोगका लागि विदेशी मित्रराष्ट्रसँग अपिल गरेपछि उनीहरूको सहयोग जुट्न थालेको छ । 

सरकारले पनि यसका लागि केही पहल गरेकै छ र आफ्नो देशलाई माया गर्ने विदेशमा बसेका नेपालीहरूको सहयोग र सद्भावले अक्सिजन सिलिन्डर धेरै आइसकेका छन् । अक्सिजन उत्पादनको कार्य भइरहेको छ । जसले गर्दा अब अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपर्ला । प्रश्न अस्पतालमा शैøया उपलब्ध हुनसक्ने÷नसक्नेको हो । वैकल्पिक उपचार केन्द्रका रूपमा विभिन्न ठाउँको व्यवस्था गरेर उपचार गर्ने प्रबन्ध सरकारले मिलाउने हो भने स्थितिमा सुधार आउने निश्चित छ । वास्तविक रूपमै सुधार आयो भने राहतको सास फेर्न सकिन्छ ।

गम्भीर संक्रमितहरूले जीवन गुमाइरहने क्रम जारी छ । आफन्त मरेर शोकाकुल बन्नुपरेका मानिसको क्रन्दन जताततै देखिन्छ, सुनिन्छ । टोल–टोलमा संक्रमितको संख्या बाक्लै छ । तैपनि एक–दुई दिनदेखि घट्दो क्रममा रहेको संक्रमित र मृतकको संख्याका कारण सुधार भएको हो कि भन्ने देखिएको थियो । तर पुनः बढेको देखिँदै छ । एक–दुई दिनको तथ्यांकले सम्पूर्ण अवस्थाको आकलन गर्न सकिने त होइन, एक–दिन घटेको तथ्य अर्को दिन बढ्न सक्छ तर प्रयास सबैतिरबाट हुनु राम्रो हो र प्रयास भइरहेको जस्तो देखिएको छ । सरकार अनेकौं राजनीतिक उल्झन्मा लागेको भए पनि निजीस्तर तथा संघसंस्थाबाट कोरोनाविरुद्धको अभियानमा सक्रियता देखाइएकै छ । 

देशका सर्वसाधारणलगायत धेरै प्रतिभाले अकालमा ज्यान गुमाइसके अझै गम्भीर अवस्थामा छन् । गम्भीर अवस्थाकालाई बचाउनु पहिलो कर्तव्य ठहरिन्छ । त्यसपछि सामान्य संक्रमितलाई संक्रमणमुक्त पार्नु र अन्ततः कोरानामुक्त देश बनाउनु हामी सबैको कर्तव्य हो । यसका लागि सबै तप्काबाट संकल्पको आवश्यक छ । चीनबाट ल्याइएको भ्याक्सिनको दोस्रो डोज लगाउन सुरु भएको छ । अब पहिलो डोज नै नलगाएकालाई समेत भ्याक्सिन लगाउने व्यवस्था गर्नु आवश्यक छ तर यसका लागि प्राथमिकता निर्धारण हुनु आवश्यक छ । भ्याक्सिनमा पक्षपात भयो भन्ने खालका गुनासा सुनिनु हुँदैन । उपचारमा तेरो र मेरोको भावना रहृयो भने त्योभन्दा आलोच्य अरू केही हँुदैन भने भ्याक्सिन केन्द्रहरूमै भीड जम्मा गर्दा त्यसले नयाँ कोरोनाका बिरामी बढाउन झनै मद्दत पुग्नेछ । 

भ्याक्सिन लगाउने कार्यमा सतर्कता र सावधानी खै कहाँ देखिएको छ ? खोप लगाउने काम राज्यको पहिलो प्राथमिकतामा हुनुपर्दछ । पालोमा रहेका मानिसहरूका घरघरमै गएर भ्याक्सिन लगाइदिन सके भीडको भय हुँदैन । सरकारका निकायहरूले चाहे यो असम्भव हुँदै होइन । स्थानीय स्तरमा स्थानीय सरकार छ र ऊ सँग जनताको सम्पूर्ण रेकर्ड रहेको हुन्छ । वनमन्त्री प्रेमबहादुर आलेले भन्नु भएको पशुपतिमा दाउराको अभाव हुन नदिनू भन्ने निर्देशनभन्दा देश र जनतालाई सुरक्षित कुन स्तरबाट बँचाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता सरकारकै मन्त्रीलाई रहेन छ । रोगको अन्तिम विकल्पमा मात्रै दाउरा हो । त्यो मरेकाका लागि हो तर पहिले त बाँचेकैहरूका लागि विकल्प खोजौं अनिमात्र मरेकाहरूका लागि सोचौं । 


Top