धुमपान दिवस : कुलत त्यागमा प्रतिबद्ध बनौं

  POSTED ON : जेठ १७, २०७८ (९:५१ AM)

धुमपान दिवस : कुलत त्यागमा प्रतिबद्ध बनौं

अंग्रेजी महिनाको मे ३१ विश्व धुमपानविरुद्धको दिवस । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज यो दिवस मनाउँदै छ । दिवसको नारा ‘सुर्तीजन्य पदार्थको लत त्याग्नका लागि प्रतिबद्धता’ तय गरिएको छ । यसलाई हामीले औपचारिकमा मात्र सीमित बनाउनु हुँदैन । नाराअनुसारको प्रतिबद्धता जाहेर गर्नुसक्नुपर्छ । विश्वमा धुमपानकै कारण धेरै मानिसले ज्यान गुमाइरहेका छन् । त्यसबाट जोगिने प्रयास सबैबाट हुनु आवश्यछ । अधिकांश मानिसको केही न केही लत हुनेगर्छ । धुमपान, मध्यपान र कोही–कोहीको त त्यसभन्दा कडा लागू पदार्थको लतसमेत हुन्छ । लागू पदार्थ पूर्णरूपमा प्रतिबन्धित हुन्छ भने त्यसको कारोबार गर्नेहरू कानुनी कारबाहीका भगिदार हुन्छन् । लागू पदार्थको कुलतमा फसेकालाई सुधार गर्न जटिल काम हो । सुधार गृहहरूमा राखेर तिनलाई सुधार्ने प्रयास गरिन्छ । यो अति नै जटिल समस्या हो । 

यसभन्दा अर्को प्रकारको कुलत भनेको मद्यपान हो । मद्यपानलाई भने सरकारले आंशिक रूपमा मात्र कडाइ गरेको हुन्छ । यसमा प्रतिबन्ध गरिएको छैन । निश्चित प्रक्रिया पु¥याएर मद्यपानको उत्पादनलाई सरकारबाट स्वीकृति दिइन्छ । सबै देशका सरकारले यस्तै खालका नीति नियम बनाएर तिनको उत्पादन तथा प्रयोबाट कर उठाई राजस्व वृद्धि गर्ने गरेको हुन्छ । विभिन्न ब्राण्डका र घरेलु खालका मदिराको उत्पान र प्रयोगले व्यापकता पाएको हुन्छ । यसकमा प्रतिबन्ध हुँदैन तर बेच्न, किन्न र सेवन गर्न कडाइ गरिन्छ । यसका लागि विधि र प्रक्रियाको अवलम्बन गर्नुपर्ने हुन्छ । मदिरा निश्चित मात्रा मिलाएर सन्तुलित रूपमा सेवन गर्ने हो भने केही हदसम्म फाइदाजनक हुन्छ भनिए तापनि मात्रा नमिलाई जथाभावी प्रयोग हानीकारक हुन्छ र यसले मानिसका भित्री अंगहरूलाई कमजोर बनाउने गर्छ । मद्ययपान निरन्तरको सेवनबाट विभिन्न खालका रोग निम्तिने गर्छन् । 

साथै सुर्तीजन्य पदार्थ वा धुमपान सेवन गर्ने मानवका लागि अर्को हानीकारक पदार्थ हो । धुमपान भन्नाले धुवाँ अथवा आगोमा सल्काएर तान्ने पदार्थ हुन् । बिँडी, चुरोट वा आफैंले घरमै बेरेर सल्काएर प्रयोग गर्ने सुर्ती यसमा पर्छन् । हुक्का चिलिम र कक्डहरू धूमपान नै हुन् । पहिलेका मानिसहरूले हुक्काको प्रयोग गर्नेगर्थे तर त्यो प्रयोग झन्झट हुने हुँदा चुरोटहरूको विकास हुँदै गयो र त्यही स्तरमा लाइटर र सलाइहरू पनि बने । आगोमा सल्काएर प्रयोग गरिने र धुवाँ तानिने हुँदा नै त्यस्ता पदार्थ धुमपान भए । तर, त्यस्ता पदार्थहरू मानव स्वास्थ्यका लागि ज्यादै हानीकारक हुन्छन् । 

आगाको आवश्यकता नपर्ने र चुरोटलगायत सुर्तीहरू जस्तो ओसिएर खेर नजाने भएकाले यसको सट्टामा गुड्का, खैनी, पानपरागजस्ता पदार्थ सेवन गर्ने गरिन्छ तर यी सबै पदार्थ मानिसका लागि खतरनाक हुन् । यिनको निरन्तरको सेवनबाट मानिसमा लत लाग्छ र त्यस लतले गर्दा मानिसका कलेजो, फोक्सोलगायत भित्री अंगहरूलाई कमजोर बनाएर गलाउने गर्छ । लतमा फसेको मानिस सजिलै उम्किन सक्दैन । यस्ता सुर्तीजन्य पदार्थमा निकोटिन नामको पदार्थ हुन्छ । यो मानव स्वास्थ्यका लागि घातक हुन्छ । यसको सेवनबाट मानिसलाई टिबी, ब्रोङ्काइटिस्का साथै क्यान्सर जस्ता प्राणघातक जटिल रोग लाग्छ । 

मानिस दीर्घजीवन बाँच्न चाहन्छ तर यस चाहनाविपरीत धुमपान गर्ने गर्छ । पहिले साथीहरूको संगतले, रहरले, रमाइलोका रूपमा प्रयोग गर्दा गर्दै विस्तारै लतमा फस्छ र त्यसबाट ऊ उम्किनै सक्दैन । त्यसैले सुरुदेखि यस्ता पदार्थको सेवाबाट टाढा रहनु बुद्धिमानी हुन्छ । एक पटक लतमा फसियो भने बाहिर निस्कन मुस्किल पर्छ । अनि तीर्थ र धामहरूमा गएर देवता भाकेर छोड्ने फेरि केही समयपछि सेवन गर्न थालेको अनेकौं घटना देखिएका छन् । 

यस्तो अवस्था आउनै नदिनुबाहेक बुद्धिमानी कुरा अरू केही हुन सक्दैन । आपूmमा मात्र सचेतता भएर हुँदैन आफ्ना छेउछाउ अरूले धुमपान ग¥यो भने त्यो अझै घातक हुन्छ भनिन्छ । त्यसैले अरूलाई समेत सचेत गराउनु आवश्यक छ । मानव जीवन अमूल्य हुन्छ । यसलाई अनाहकमा असमयमै विस्थापनको बाटोतर्फ लैजानु मूर्खतापूर्ण व्यवहार हो । त्यसैले हामी सबैले यस वर्षको नारा अनुसारको व्यवहार गर्ने प्रण गरौं, प्रतिबद्धता सबैले जाहेर गरौं । यस दिवसलाई औपचारिकमात्र नबनाऔं । धुमपान त्यागेर स्वस्थ जीवन बाँचौं । 


Top