नेपाली राजनीतिको बक्रमार्ग

हिमालय टाइम्स   POSTED ON : जेठ ३१, २०७८ (७:१८ AM)

नेपाली राजनीतिको बक्रमार्ग

प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति हालका दिनहरूमा क्षीण बन्दै भएको जस्तो देखिएको छ । मूलतः यसको कारक उहाँ नै हुनुहुन्छ । आफ्नो छँदाखाँदाको घर विनाकारण भत्काएपछि बस्नुपर्ने त स्याउलाको झुप्रो बारेर नै हो । हालको उहाँले नेतृत्व गरिरहेको राजनीतिको गति यस्तै देखिन पुगेको छ । नेपालमा पछिल्ला चरणको प्रजातन्त्रपछि अरू पार्टीको भन्दा बढी समय नेपाली कांग्रेसले नै सत्तामा रहने अवसर पाएको छ । यसको राजनीतिक ईष्र्या कम्युनिष्ट पार्टीहरूमा हुनु अस्वाभाविक होइन तर तिनीहरू सत्तामा रहनेको रिस गर्ने, तिनको विरोध गर्ने र आपूm सत्तामा पुग्न नसक्ने भइरहेकै थियो । त्यसैले कुनै शक्तिको टेकोमा उभिएर २०७४ सालको निर्वाचनमा उनीहरूबीच एकता भयो र संघीय संसदमा दुई तिहाइ निकटको बहुमत उनीहरूले पाए तर त्यो बहुमत बाँदरको हातको नरिवल जस्तो भएको छ । 

केपी शर्मा ओलीले प्रधानमन्त्री पद समालेपछि साढे दुई वर्ष चलाउने र उहाँको उक्त कार्यकाल बितेपछि पुष्पकमल दाहाल बाँकी अवधिका लागि प्रधानमन्त्री बन्ने सहमति उहाँहरूबीच भएको थियो । पार्टी सभापति यसैगरी आलोपालोमा चलाउने सहमति भएकोमा केपी ओलीले यी दुवै सहमतिको पालना गर्नु भएन । प्रचण्डलाई पार्टी अध्यक्ष बनाए पनि उहाँलाई आपूmभन्दा पछिको स्थान दिनुभयो भने प्रधानमन्त्री पद त छोड्दै छोड्नु भएन । यहीँबाट उहाँहरूको पार्टीमा रडाको सुरु भयो । यसलाई उहाँहरूले पार्टीमैमात्र सीमित राख्न सक्नुभएन । यो विवाद सडकसम्म पोखियो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो । अदालतले त्यसलाई मान्यता दिएन पुनःस्थापना गरिदियो । 

अदालतले नै उहाँहरूबीच एकता भएको दुई पार्टी एमाले र माओवादी केन्द्रलाई वैधानिकता दिएन र अलग गराइदियो । कम्युनिष्ट पार्टीबीचको यस्तो भाँडभैलो मिलाउन राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय शक्तिहरू लागे तर उनीहरूबीचको एकतालाई कायम राख्न सकेनन् । यो अवस्था हालसम्म देखिँदै आएको छ । यस्तो राजनीतिक स्थितिको संग्रालो अनौठो गरी विकसित भइरहेको छ । आफ्ना मित्रहरूसँग मिल्न नसक्ने र सत्ताबाट बाहिरिन नचाहने केपी ओलीको व्यवहारले गर्दा पार्टीका सदस्यहरू बाहिरिएका छन् भने अर्को पार्टी जसपाका नेताहरूलाई उनीहरूले भनेजति उनीहरूका चाहनाबमोजिमका मन्त्रालयहरू दिएर सरकार बनाउनु भएको छ । यसरी केन्द्रको दुई तिहाइ नजिकको सरकार जसपाको खोकिल्लामा घुस्रिएर भए पनि सत्ताको न्यानो चास्नीको स्वाद लिइरहेको छ । 

यसरी केन्द्रमा शक्ति क्षीण गराएर भए पनि उहाँ सरकारको नेतृत्वमा रहिरहनु भएको छ भने जबरजसती अल्पमतको सरकार चलाइरहनु भएको छ । उहाँकै कारण जसपा दुई फ्याकमा विभाजन भएको छ भने नेकपाको अवस्था यस्तै छ । एमाले र माओवादी दुवैको फुटले अब कयुनिष्ट पार्टीहरू दर्बिलो अवस्थामा छैनन् । यसको फाइदा प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली कांग्रेसलाई भइरहेको छ । एक त नेपाली कांग्रेस विभाजित अवस्थामा छैन । दोस्रो कम्युनिष्टहरूको विभाजनले उसलाई त्यसै फाइदा भइरहेकै छ । यी सबैको मूल कारक प्रधानमन्त्री ओली नै हुनुहुन्छ । उहाँले अध्यादेशमार्फत ल्याएको नागरिकता विधेयक अदालतबाट खारेज भएको छ । यसबाट जुन शक्तिलाई खुशी पार्न उहाँले यो विधेयक ल्याउनु भएको थियो त्यो शक्ति असन्तुष्टको असन्तुष्ट नै छ । 

उता संघदेखि प्रदेशसम्मै कमजोरी अवस्थामा रहेको नेपाली कांग्रेस जो पाँच वर्ष प्रतिपक्षमै थन्किएर बसेको थियो ओलीकै कारण प्रदेशहरूमा दरोलो उपस्थिति देखाउन सफल भएको छ । लुम्बिनी प्रदेशमा केन्द्रमा केपी ओलीकै बल मिच्याइँको शैलीमा शंकर पोखरेलले अल्पमतको सरकार चलाइरहनु भएको छ भने दुई नम्बर प्रदेश, सुदुरपश्चिम र कर्णाली प्रदेश सरकारहरूमा नेपाली कांग्रेसलगायत विपक्षी दलहरू सत्ता साझेदारीमा सहभागी भएका छन् । यतिमात्र होइन गण्डकी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल पुग्नुभएको छ । विपक्षी गठबन्धनबाट उहाँ त्यहाँसम्म पुग्नुभएको हो र आफ्नो बहुमत सावित गर्न नसकेपछि त्यहाँका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बाहिरिनु भएको हो । 

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतले उहाँले विपक्षी गठबन्धनको समर्थनमा आफ्नो बहुमत सावित गरेर देखाएपछि प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । यसरी राष्ट्रव्यापी रूपमा र केन्द्रमा समेत ओलीको शत्ति क्षीण भइरहेको देखेन्छि तर यो सबै उहाँकै कारणले सिर्जना भएको परिस्थति हो । अब प्रतिनिधिसभा विघटनको फैसला अदालतबाट कुन रूपमा आउने हो त्यसपछि नेपालको राजनीति पुनः अर्को ढंगले विकसित हुने निश्चित छ । 


Views: 121

Top