महामारीको त्रास कायमै

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (७:३३ AM)

महामारीको त्रास कायमै

कोरोना महामारीको त्रास अझै काममै छ । गत वैशाखको दास्रो हप्तामा जस्तो अवस्था थियो र त्यही कारणले लकडाउन गर्नुपरेको थियो हालको अवस्था त्यस्तो छैन कि जस्तो देखिएको छ तर यथार्थ त्यस्तो छैन । यस अवधिमा कुनै एक दिन संक्रमणको संख्या साढे नौ हजार पुगेको हो । प्रतिदिन निको हुनेहरूभन्दा संक्रमित हुनेहरू त्यसबेला दोब्बर हुने गरेका थिए । हालको अवस्था यस्तो चाहिँ छैन । अब दैनिक संक्रमित हुनेहरू दुई हजार चार सयको संख्यामा झरेका छन् भने बढी संख्या दैनिक निको हुनेको सूचीमा छन् । पछिल्लो तथ्यांक अनुसार दुई हजार चार सय संक्रमित हुँदा चार हजारको संख्यामा निको भएका छन् । मृत्यु हुनेहरूको दैनिक संख्या निकै तल झरेको छ । यस्ता तथ्यांकहरू सार्वजनिक भएकाले कोरानोको महामारीबाट अब सतर्क बन्नु पर्दैन भन्ने होइन । 

दैनिक चौबीस सयको संक्रमण संख्यालाई कम आक्नु हुँदैन । गत फागुन, चैतमा प्रतिदिन सयभन्दा तल झरेको संक्रमित अझै यति ठूलो संख्यामा रहनु महामारीको भयावह स्थिति नै हो । निकै ठूलो संख्याबाट घटेको हुनालेमात्र यो संख्या कम जस्तो देखिएको हो । फेरि परीक्षण संख्या कम रहेकाले अनुपातका आधारमा भन्दा यो संख्या अझै कहालीलाग्दो हो । अर्कातिर सर्वसाधारणले प्रतिदिन एक–दुईजनामात्र संक्रमित भेटिएको अवस्थामा पनि त्यो संख्यामा आफैं पर्न पनि सकिन्छ भन्ने ठान्नुपर्ने हुन्छ । आवश्यकताको सिद्धान्तले महामारीलाई अवज्ञा गर्नु हुँदैन । आवश्यकता त जसरी भए पनि टर्दै जान्छ महामारी टार्न ठूलै प्रतिकार गर्नुपर्ने हुन्छ । अब असार लागेको छ । असार नेपालीहरूका लागि फरक महिना हो । मानो खाएर मुरी उब्जाउनु पर्ने बेला । 

लाक्षणिक रूपमा असार भन्नाले कामको व्यस्तता र बेफुर्सदीको बेला भन्ने बुझिन्छ । गाउँघरमा असारमा सबैजना खेतबारीमा रोपाइँमा व्यस्त रहन्छन् । असारमा रोपाइँ भएन भने मंसिरमा कटाइ हुन सक्दैन । असार उत्पादनको याम वा बीउ रोप्ने समय । यो समयमा किसानले बीउबिजन, मलखाद, कृषि उपकरण आदि पाएनन् भने खेतीबाली लाग्न सक्दैन । सम्भवतः यसलाई सम्बन्धित निकायले ध्यान दिएरै होला अब कृषि सामग्रीका पसल खोल्न दिने निर्णय गरेको छ । वैशाख १६ गतेदेखि चलिरहेको लकडाउनलाई अब लुजडाउनमा परिणत गर्ने भनिएको थियो तर विद्यमान अवस्थालाई ध्यानमा राखेर सरकारले यसो गर्न सकेन । हिजो राति १२ बजेदेखि सकिएको यसको म्याद एक हप्ता थपेर यसलाई निरन्तरता दिइएको छ । लुजडाउन भएको छैन तर कुनै–कुनै क्षेत्रमा केही खुकुलो गरिएको छ । 

यो समय शैक्षिक क्षेत्रका लागि असार नै हो । जे जसरी भए पनि अनलाइन कक्षाहरू चलिरहेका छन् । विद्यार्थीको मूल्यांकन पद्धतिमा फेरबदल गरेर भए पनि परीक्षा लिने काम भइरहेको छ । गत वर्षको शैक्षिक सत्र समाप्त भएको छ । अब माथ्लो कक्षा चढाएर पडाउनुपर्ने बेला आएको छ । त्यसैले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको खाँचो हुने समय हो यो । पाठ्यपुस्तकका पसलहरू खुल्ने भएका छन् । यसका लागि बिहान ११ बजेसम्मको समय दिइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट गरिएका केही निर्णयमा अत्यावश्यक सवारीसाधनहरू पास लिएर चलाउन पाइनेछ । कूटनीतिक निकायबाट जारी हुने भिसा परीक्षा र अनतर्वार्ताहरू जारी रहने र यस हप्ताको स्थिति हेरेर अर्को हप्तादेखि लुजडाउन गर्न सकिने भनिएको छ । 

कोरोना संक्रमितको संख्या परीक्षणको दश प्रतिशतमा झ¥यो भने यातायात पनि जोरबिजोर प्रणाली लागू गरेर चलाउन दिन सकिने निर्णय तीन प्रजीय अधिकारीहरूबाट भएको छ । होटल व्यवसायमा केही खुकुलो गरिएको छ । ‘टेक अवे’ र अनलाइन डेलिभरी गर्न दिने भनिएको छ । यस्ता निर्णयहरूबाट अहिले थप भएको लकडाउनलाई लुजडाउन नभने तापनि वास्तवमै पहिलेको अवस्था हेर्दा यो अघोषित लुजडाउनकै स्वरूपमा आएको देखिएको छ । सरकारका एकथरी बाध्यता होलान् र सर्वसाधारणका पनि आआफ्ना खालका बाध्यता छन् । सरकारले लुज गर्नुपर्ने थियो ग¥यो र कतिपयलाई यस्तो अवस्था चाहिएको थियो । चाहिएको अवस्था पाइयो भनेर यसलाई लापरबाही किसिमले प्रयोग गर्न खोजियो भने त्यसको परिणात घातक हुन जान्छ । त्यतातिर पनि सबैले विचार गरौं । विस्तारै खुकुलो बन्दै गएको परिस्थितिलाई सोहीअनुसार उपयोग गरौं यो नै बुद्धिमानी र हितकर सावित हुनसक्छ । 


Views: 152

Top