नारा एकताको व्यवहारमा विचलन

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:१४ AM)

नारा एकताको व्यवहारमा विचलन

यति बेला नेपालका कम्युनिष्टहरूमा एक प्रकारको विचलनवादी व्यवहार देखापरिरहेको छ । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको सिद्धान्त अवलम्बन गरी स्थापना भएको साढे सात दशक भइसकेको छ । यसको धैर्य र स्थिरताले लामो फड्को मार्न सकेको छ । कांग्रेसभन्दा पछि स्थापना भएको कम्युनिष्ट पार्टी आकर्षक नारा र आक्रामक व्यवहारले नेपाली जनमानसमा आफ्नो प्रभाव विस्तार गर्न सफल भयो । नयाँ-नयाँ शब्दजाल र कार्यनीति ल्याउने तथा कार्यशैली फरक अवलम्बन गर्ने कम्युनिष्टहरू जसरी छोटो समयमा आफ्नो प्रभाव स्थापित गर्न सफल भए त्यसरी एकले अर्कालाई विखण्डनवादी र गद्दार घोषणा गर्ने होडबाजीमा लागे । परिणामतः फुटको शृंखला बढ्दै जाँदा आ–आफ्ना थर जोडेर पार्टी घोषणा गर्ने गर्दा गर्दै सिंगो पार्टी रहेन र टुक्रे पार्टीहरूको संख्या भने दर्जनको हाराहारीमा पुग्यो । 

झापा घटनाबाट उदाएको माले सबैभन्दा ठूलो पार्टीका रूपमा रहेकोमा २०४६ सालको राजनीतिक परिवर्तनपछि नेकपा माक्र्सवादीसँग एकता भएर बनेको नेकपा एमाले एउटा सबल पार्टी बन्न सफल भएको थियो । त्यसपछिका दिन भने यो पार्टी सरकार बनाउन सफल भयो तर सत्तामा पुगेको केही समयमै विचलन आयो र विभाजित बन्यो । उता यही समयमा नेकपा माओवादी पार्टी संगठित बनेर सशस्त्र विद्रोहमा गयो । धेरै ठूलो मानवीय तथा भौतिक क्षतिपछि माओवादी शान्ति प्रक्रियामा आयो । यसपछि झण्डै राष्ट्रिय सहमति नै भयो भन्ने अवस्थाको सिर्जना भयो । 

प्रजातान्तिक विचारको वाहक नेपाली कांग्रेसले यसको अगुवाइ ग¥यो । माओवादीका धेरै माग सम्बोधन भए । देशमा गणतन्त्रको घोषण गरियो, राजतन्त्र बिदा भयो । संविधानसभाको चुनाव भयो र दोस्रो पटक भएको संविधानसभाको चुनावपछि संविधान बन्यो । नेपाली कांग्रेसले यसको पनि नेतृत्व लियो र जस पायो । संविधान घोषणपछिको भएको निर्वाचनमा नेपालका कम्युनिष्टहरू एक भए । ठूला दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भयो जसमा केही साना दल पनि मिसिन पुगे । यसपछिको संमिलित नेकपाले निर्वाचनमा भारी बहुमत हासिल ग¥यो । नेकपामा अभूतपूर्व एकता देखाप¥यो तर सत्ता र स्वार्थले त्यो एकता लामो समय टिकेन । छोटो समयमै नेकपा छिन्नभिन्न भयो । जसको परिणाम हामी सबैले प्रत्यक्ष अनुभूत गरिरहका छौं । 

यो समस्या नेकपा पार्टीको मात्र नभएर यसले राष्ट्रिय समस्याको रूप लियो र देशका सम्पूर्ण अवयव प्रभावित बनेका छन् । हाल नेकपामा एकताको प्रयास भइरहेको छ । सम्भावना समाप्त भइसकेको छैन तर लामो समयदेखिको प्रयासले सार्थक रूप लिन सकेको छैन । केपी ओली समूह माधव नेपाललाई पर पन्साएर एकता गर्न चाहिरहेको छ भने नेपाल हाल पार्टीमा हावी हुँदै गएकाले ओली पक्ष रक्षात्मक बन्दै गएको जस्तो देखिएको छ । 

पार्टीका केही प्रभावशाली दोस्रो पुस्ताका नेता एकता प्रयासमा अझै झिनो सक्रिय छ भने मावध नेपालको चाहना पार्टीमा आफ्नो वर्चश्व रहोस् भन्नेछ । केपी ओलीले सबैलाई आममाफी भयो भनेको सन्दर्भमा उहाँले ओलीलाई ‘महाराजधिराज’ को संज्ञा दिनुभएको छ । उहाँ बृहत् कम्युनिष्ट पार्टीको पक्षमा हुनुहुन्छ तर पार्टीमा आफ्नो प्रभाव कायम नहुने हो भने उहाँ माओवादीसँग मिलेर अर्को पार्टी बनाउने सोचमा देखिनु भएको छ । यसबाट कम्युनिष्ट पार्टीहरूबीच पुनः एकता हुने हो भने पनि त्यसको स्थिरता रहला भन्ने कुरामा यिनको विगत हेरेर त्यति विश्वास गर्न सकिँदैन । वर्तमान सन्दर्भमा त पार्टीहरूको गठन विघटनमा बाहृय चासोसमेत जोडिने भएकाले यिनको एकता र त्यसभित्रको विचलनमा तिनको हात रहने भएकाले पार्टीहरूले यसतर्फ सोच्नुपर्ने हुन्छ ।


Top