नयाँ नियुक्तिमा राम्रा मानिसमात्र परून्

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७८ (५:५६ AM)

नयाँ नियुक्तिमा राम्रा मानिसमात्र परून्

शेरबहादुर देउवाको नेतृत्वमा बनेको नयाँ सरकारले १५ दिन हुँदा नहुँदै विभिन्न स्थानमा धमाधम नयाँ नियुक्ति गर्न थालेको छ । कतिपय रिक्त स्थानमा नियुक्ति नगरी ती निकायको कामकारबाही अगाडि नबढ्ने हुनाले सरकारका अति जरुरी कामको सूचीमा ती काम पर्नु स्वाभाविकै हो । कतिपय निकायमा जिम्मेवार व्यक्तिहरूले सरकार परिवर्तन हुनासाथ आपूmलाई पहिलेको सरकारले नियुक्ति गरेका कारणले नैतिकताका आधारमा राजीनामा दिइएका ती स्तान रिक्त थिए । यो नैतिक प्रचलन हो तर केही निकायमा ओली सरकारले नियुक्ति गरेका व्यक्तिहरू राजीनामा नगरी पदमै रहिरहनु भएको थियो । सरकारले त्यस्ता व्यक्तिलाई हटाएर अन्य व्यक्तिलाई ती ठाउँमा नियुक्ति गर्ने निर्णय गरेको छ । 

विशेषतः सरकारले राजनीतिक नियुक्ति गनुपर्ने ठाउँमा आफ्ना अनुकूलका मानिसहरू नियुक्ति गर्ने परम्पराबमोजिम यस्तो निर्णय गरिएको हो । पहिलेको सरकारले नियुक्ति गरेका व्यक्तिले नैतिकता नदेखाउँदा सरकारले यस्तो निर्णय गर्नु स्वाभाविक हो । यस्ता निर्णयमा कुनै आग्रह र पूर्वाग्रहले काम गर्नु हुँदैन । योग्य मानिसले उचित स्थान पाउनुपर्छ । सीप र विशेषज्ञता राष्ट्रका लागि उपयोग हुनुपर्दछ । हाम्रा मानिसले होइन राम्रा र योग्यले ठाउँ पाउनुपर्ने हुन्छ । सरकारले हालै लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको छ । शेरचन राजनीतिज्ञ हुनुहुन्छ र माआवादीको सिफारिशबाट उक्त पदमा नियुक्ति हुनुभएको हो । 

गुरुङ नेपाली कांग्रेसका नेता हुनुहुन्छ । कांग्रेसको तर्फबाट उक्त पदमा उहाँ नियुक्त हुनुभएको हो । नेपाली कांग्रेस चितवनको सभापति भइसक्नु भएको उहाँ समानुपातको सांसद सूचीमा पर्नुभएको व्यक्ति हुनुहुन्छ । यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्वनाथ पौडेलले नियुक्ति पाउनु भएको छ । उहाँ विदेशबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको व्यक्ति हुनुहुन्छ । ओली सरकारबाट नियुक्ति पाउनु भएका डा.पुष्प कँडेलले राजीनामा दिएपछिको रिक्त पद हो यो । योजना आयोगमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङ सदस्यका रूपमा नियुक्त हुनुभएको छ । जुन सरकार बन्यो त्यसले आफूलाई काम गर्न सहयोग हुने संयन्त्र तयार गर्नै पर्छ । सरकार एक विचारको र यसका संयन्त्रहरू अर्को विचारबाट डोहोरिने हो भने सरकार चल्न सक्दैन । 

त्यसका विकास योजना बन्न र कार्यान्वयन हुन सक्दैनन् । त्यसकारणले सरकारले आफ्नो अनुकूलको संयन्त्र तयार पार्छ । कतिपय अवस्थामा आपूm निश्चित अवधिका लागि नियुक्ति भएको हुँदा सरकारले त्यस समयअगावै हटाउन मिल्दैन भनेर कानुनको सहयोग लिने गरिन्छ तर नैतिक रूपमै आपूmलाई एउटा सरकारले नियुक्ति गरेको र सरकार परिवर्तन भइसकेको अवस्थामा पदमा बसिरहनु उचित नहुने हुँदा प्रदेश प्रमुखहरूले सरकार परिवर्तन हुनासाथ राजीनामा दिनुपर्ने थियो । उहाँहरूले राजीनामा दिएर नयाँ सरकारका लागि सहज बाटो खोलिदिने कार्य नगरेकाले नयाँ सरकारले उहाँलाई हटाएर अर्को नियुक्ति गरेको देखिएन आएको छ । 

उता सैनिक सेवातर्फ प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल आगामी भदौ २५ गते सकिने र त्यसको केही पहिलेदेखि नै बिदामा बस्ने प्रचलन रहेअनुसार उहाँ बिदामा बस्नु भएको हुँदा बलाधीकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्ति गरिएको छ । यो भने नियमित प्रक्रिया हो । जुन सरकार भएको भए पनि यसै गरिन्थ्यो । अझै पूर्वसरकराले नियुक्ति दिएका धेरै स्थानमा सरकारले आपूm अनुकूलको संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता छ । पहिलेका नियुक्तिलाई खारेज र नयाँ नियुक्ति दिँदै जानुपर्ने हुन्छ । तर, यसो गर्दा सरकारले राम्रा मान्छेलाई पन्छाएर अयोग्य हाम्रा मान्छे नलगोस् । यसो गरिने हो भने पहिलेको सरकार र यस सरकाबीच भिन्नता हुनेछैन ।


Top