विद्युत् प्राधिकरणमा परिवर्तित नेतृत्व

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७८ (७:३० AM)

विद्युत् प्राधिकरणमा परिवर्तित नेतृत्व

सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्ति गरेको छ । यसबाट आपूmले चाहेको मानिस पाएर नेपाली जनता खुशी भएका छन् । नेपालका ठूलामध्येको एक प्राधिकरण हो नेपाल विद्युत् प्राधिकरण । यो जनताको सिधा सरोकार राख्ने प्रतिष्ठानमा पर्छ । पञ्चायत कालदेखि नै राजनीतिको चपेटामा बढी नै पर्ने गरेको प्राधिकरणले अनेकौं राजनीतिक दबाब सहनुपरेको थियो । प्राधिकरणका नाममा गाडी किनेर राजनेताहरू त्यसमा सवार हुन्थे । आफू पदबाट हटेपछि मात्र पुराना र थोत्रा भइसकेका गाडी फिर्ता गर्थे । प्रजातान्त्रिक समयमै जनताले लोडसेडिङको मार खेप्नु पर्‍यो दिनमा १८ घण्टासम्म लोडसेडिङ भयो ।

बिजुली नपुगेर होइन माफियासँगको राजनीतिज्ञहरूको सिमलेमतोबाट यस्तो भएको रहेछ भन्नेपछि थाहा भयो । इन्भर्टर, जेनेरेटर, सोलर ऊर्जा आदिका व्यापारीहरूको पहुँच राजनीतिको केन्द्रसम्म विस्तार हुँनाले यसो भएको रहेछ । यसलाई चिर्दै कुलमान घिसिङले आपूm नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला लोकसेडिङ हटाउनु भएको थियो । त्यसपछिका दिनमा प्राधिकरणले जुन उन्नति गर्‍यो त्यो पनि उहाँकै प्रयासका कारण भएको थियो । उहाँ एकजनाबाट मात्रै यो सम्भव भएन होला यसका सागि सबैको सहयोग त आवश्यक प¥यो नै तर उहाँले ती सबैलाई संगठित गरी प्राविकरणलाई गति दिनुभएको थियो । नेपाली जनताको प्रशंसामा परेका केही सीमित प्रशासकमा कुलमानको नाम आउनु निश्चय उहाँको सफलता थियो । 

त्यसैले उहाँको समय सकिएपछि पनि जनताले प्राधिकरणमा उहाँको निरन्तरता चाहेका थिए तर केपी ओलीको सरकारले उहाँलाई निरन्तरता दिन चाहेन । त्यसबेला जनताले सडकमा निस्किएर उहाँको माग गर्दै नाराजुलुस गरेका थिए । हाल परिवर्तित सरकारले उहाँलाई प्राधिकरणमा नियुक्ति गरी जनताको माग सम्बोधन गरेको छ तर उहाँका सामु धेरै चुनौती छन् । पहिलो कुरा त उहाँले आफ्नो साख गिराउने काम कहीँ कतैबाट गर्नु हुँदैन । उहाँले आजसम्म कमाएको ख्याति एउटामात्र नराम्रो कामका कारणले समाप्त हुनजान्छ । यसैगरी उहाँले आपूmले नियुक्ति पाउनासाथ केही प्रतिबद्धता जनाउनुभएको छ । ती प्रतिबद्धता पूरा भएनन् भने पनि उहाँको शिखरमा पुगेको ख्याति फेदीतिर झर्नसक्छ । 

उहाँले एकआधा वर्षभित्रैमा बिजुली नपुगेका बासिन्दाका घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ जुन धेर्रै महत्व राख्ने विषय हो । उहाँलाई थाहा छ प्राधिकरणमा चुनौतीहरू धेरै छन् तर उहाँले तिनलाई स्वीकार गरेरै अगाडि बढ्ने बताउनु भएको छ । विद्युत्का निर्माणाधीन आयोजना धेरै छन् तिनलाई सम्पन्न गर्ने अर्को प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । बिजुलीका तार र पोलहरूले शहर कुरूप भयो भनेर यसअघिका मन्त्रीहरूले पनि तार हटाउने अभियान चलाएका थिए । तिनले केही ठाउँका तार हटाए तर यस कार्यले पूर्णता पाएन । अहिले पनि तारहरूको अस्तव्यस्तताले शहर कुरूप बनिरहेकै छ । कुलमानले तर र पोलरहित सहर बनाउँछु भनेर जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ यसबाट शहरवासीले केही सहजताको महसुस गरेका छन् । 

एकातिर सुन्दर शहरको प्रश्न छ भने अर्कातिर पोल र तारले सडकमा पुर्‍याउने बाधाबाट छुट्कारा पाउने अपेक्षा छ । तारका र पोलका कारण हुने दुर्घटनाबाट समेत बच्न सकिन्थ्यो । तर, यी सबै काम कुलमानले एक्लैलेमात्र गर्न सम्भव हुने होइन । यसका लागि सबैको सहयोग आवश्यक हुन्छ उहाँले नेतृत्व गर्ने हो । होष्टेमा हैंसे सबैले गर्नुपर्छ । सामूहिक प्रयासबाट मात्रै जुनसुकै काम सम्पन्न हुनसक्छन् । त्यसैले कुलमान एकजनाले सबै काम गर्छन् भनेर हेरेर बस्नुको सट्टा सरोकारवाला सबैले उहाँको नेतृत्व, योजना तथा अभियानमा डटेर लाग्नुपर्ने हुन्छ । त्यसपछि भने नेपाल सधैं ‘उज्यालो नेपाल’ का रूपमा रहन सक्नेछ । 


Top