समस्याका चाङले थिचिएिको छ सरकार

हिमालय टाइम्स   POSTED ON : आश्विन ४, २०७८ (७:५२ AM)

समस्याका चाङले थिचिएिको छ सरकार

नेपाली कांग्रेसको १४औं महाधिवेशनको चटोरो छ यसबेला । धेरै लामो समयको अन्यौल र अनिश्चयधा बीच मिति तोकिँदै र पुनःत्यसलाई पर सार्दै सुरुवात भइसकेको नेपाली कांग्रेसको छ । हुन त यो नेपाली कंग्रेस पार्टीको अधिवेशन हो तर देशको ठूला पार्टीमध्ये एक भएका कारण यसको केन्द्रीय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्दैन भन्ने होइन । त्यसमा पनि यो सत्तारुढ नेतृत्वदायी पार्टीको महाधिवेशन भएकाले देशभरि नै यही माहौलको विद्यमान छ । वडास्तरका अधिवेशनहरू धेरैजसो भइसका छन् र बाँकी रहेका ठाउँमा सकिने क्रममा छन् । 

सरकार पाँच पार्टीको गठबन्धनको छ र यसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । वर्तमान सरकार नयाँ छ । नयाँ छ भन्दाभन्दै यो सरकार बनेको दुई महिना भइसकेको छ । सुरुमा बनेको थोरै सदस्यहरूको मन्त्रीमण्डलबाट सरकार चलिरहेको छ । बीचमा एकजना स्वास्थ्य राज्यमन्त्री थप भएबाहेक अन्य मन्त्री थपिएका छैनन् । मन्त्रीमण्डलको विस्तारको सकस सरकारका प्रधानमन्त्रीले व्यहोरिरहनुपरेको छ भन्ने कुरा सबैले थाहा पाइरहेकै छन् । गठबन्धनको सरकार भएकाले कुनै एक पार्टीको इच्छा र आवश्यकताले मन्त्रीमण्डल विस्तार हुने होइन । सबै पार्टीलाई सकेसम्म धेरै मन्त्री र राम्रा मन्त्रालय चाहिएको छ । एमालेबाट फुटेर नयाँ पार्टी एमाले (समाजवादी)का रूपमा दर्ता भएको माधव नेपालको नेतृत्वको पार्टी सरकारमा जाने निर्णय गरेको छ । 

उक्त पार्टीले आठैवटा मन्त्रीमण्डलमा सामेल हुने घोषणा गरेको छ । पाँचैवटा पार्टीका यस्ता चाहनाको सम्बोधन गर्ने जिम्मा प्रधानमन्त्रीमा निहित छ । तर, यसरी समस्याहरूको चाङमाथि उभिनु परे पनि प्रधानमन्त्री यी समस्याबाट भाग्न पाउने भन्ने प्रश्न नै हँुदैन । समस्याबाट भाग्नुभनेको प्रधानमन्त्रीबाट हट्नुमात्र हो । सरकार बनेको एक सय दिनसम्म सरकारको आलोचना गर्न उपयुक्त ठानिँदैन, यो प्रजातान्त्रिक देशहरूले विकास गर्दै आएको अभ्यास हो । प्रजातन्त्रमा प्रजातान्त्रिक आचरणको पालना र अभ्यास गरिन्छ त्यसैले जनता यही व्यवहारका कारण सहनशीलताको प्रदर्शन गरिरहेका छन् । 

नत्र सरकार बनेको दुई महिना बितिसक्दासम्म मन्त्रीमण्डल विस्तार गर्न नसक्नुले सरकारलाई लज्जाबोध हुनुपर्ने अवस्थामा पु¥याएको छ । पूर्ववर्ती केपी ओली सरकारका अप्रजातान्त्रिक आचराण र व्यवहारका कारण अनेकौं कानुनी र राजनीतिक लडाइँ लडेर उक्त सरकार हटाई यो सरकार बनाइएको छ । एउटा सरकारको ठाउँमा अर्को सरकार फेरबदलको मात्र अभिप्रायले यो सरकार बनाइएको होइन । त्यसैले यो सरकारले धेरै काम गर्नुपरेको छ राम्रा काम पनि गर्नुपरेको छ । यस्तै कुरालाई मध्यनजर राखेर पार्टीहरूले मन्त्रीमण्डल विस्तारमा सम्भव हुने मागमात्र राख्नु उचित हुन्छ । 

नेपाली कांग्रेस राष्ट्रको अग्रणी प्रजातान्त्रिक पार्टी हो । प्रजातान्त्रिक मूल्य र मान्यताको पालना गर्न र गराउनमा अरूको भन्दा यस पार्टीको प्रमुख दायित्व हुन आउँछ । यसले गर्दा आफ्नो आन्तरिक संगठनलाई बलियो बनाउने कार्यमा दिलोज्यानले लाग्नु पार्टीको आवश्यकता हो । त्यसैले आगामी १४औं महाधिवेशन सफलताका साथ सम्पन्न गर्नुपरेको छ भने देशको राजनीतिक व्यवस्थालाई चुस्त र दुरुस्त पारेर विद्यमान संघीय राज्यप्रणालीलाई समेत आवश्यकीय र समय सुहाउँदो तथा नेपालको सन्दर्भमा उपयुक्त प्रणाली हो भनेर जनतालाई विश्वास दिलाउनुपर्ने हुन्छ ।

यसका लागि नेपाली कांग्रेसलेमात्र होइन सरकारमा सामेल भएका सबै राजनीतिक पार्टीहरूले यसमा साथसहयोग दिनु आवश्यक छ । कि हाल सरकारमा संलग्न पार्टीहरूले वर्तमान सरकार बनाउने अभियानमा सहभागिता देखाउनु नै हुने थिएन अब त्यस अभियानको एउटा सहभागी भइसकेपछि सरकारमा मेरा यतिजना मन्त्री बन्नै पर्छ तेरा पार्टीबाट यतिजनामात्र बना भनेर र मलाई यो यो मन्त्रालय चाहिन्छ भनेर पदको लडाइँमात्र गरिरहने हो भने सबै पार्टी, पद प्रतिष्ठा र पैसालगायत स्वार्थबाट प्रेरित भएरमात्र राजनीति गरिरहेका छन् भन्ने जनआक्षेप पुष्टि हुने बलिया आधारहरू प्राप्त हुन्छन् ।

सम्बन्धित सामग्री:

Top