पार्टीहरूको यो कस्तो प्रसव !

हिमालय टाइम्स   POSTED ON : आश्विन १५, २०७८ (९:०७ AM)

पार्टीहरूको यो कस्तो प्रसव !

नेपालले पछिल्लो चरणको प्रजातान्त्रिक अभ्यासको तीन दशक पूरा गरिसकेको छ । यसबीच अनेक प्रकारका समस्या आए र टरेर पनि गए । पुराना नेताहरूमा हाल नेतृत्वमा रहेका नेताहरूमा भन्दा बढी नै नेतृत्व क्षमता, प्रजातन्त्र र पार्टीप्रतिको प्रतिबद्धता रहेछ भन्ने कुरा हालको अवस्था तथा नेतृत्व हेर्दा भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । समस्या एउटा कुनै पार्टीमा मात्र रहेको होइन सबैमा उस्तै छ । केही घटी र केही बढीको कुरा हुनसक्ला तर हालका ठूला भनिएका पार्टीहरू आपसी कलह, स्वार्थ र पदलोलुपताले विभाजनको अवस्थामा पुगेका छन् र विभाजनको अवस्थामा नपुगेकाहरू भित्र पनि एकता र मेलमिलापको अवस्था छैन । सबैभन्दा चरम विवादका कारण एमाले फुटिसकेको छ भने माओवादीका केही नेताहरू पहिलैै केपी ओली सरकारको समर्थन गर्दै मन्त्री बन्न पुगेका थिए । 

अहिले तिनको अवस्था राजनीतिको किनारातिर पुगेको छ । अर्को ठूलो भरोसायोग्य र लामो समयदेखि प्रजातन्त्रको पर्यायका रूपमा चिनिएको नेपाली कांग्रेस पार्टीमा पनि मतैक्यता छैन । जहिले विवाद मतमतान्तर र आन्तरिक रूपमा ग्रुपिजममा यो पार्टी फसिरहेकै छ । आपूm प्रतिपक्षमा रहेको भए तापनि कम्युनिष्टहरूको कलह र फुटले कांग्रेसले अकल्पनीय रूपमा सरकारको नेतृत्व गर्ने अवसर पाएको छ तर विवाद र कलहबाट गुज्रिरहेका आपूmबाहेकका चार पार्टीलाई समेत लिएर अघि बढ्नुपर्ने भएका कारण अहिलेको सरकारलाई गति दिन नेपाली कांग्रेसको नेतृत्वको सरकारले सकिरहेको छैन भन्ने देखिँदैछ । 

सरकार गठन भएको आज ८० दिन पुगिसकेको छ । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारले काम गर्न नसकेकै कारण ठूलो संघर्षबाट उक्त सरकरालाई हटाएर बनेको यो सरकारले भटाभट काम गरेर देखाउनुपर्ने थियो । तर, त्यसो हुन सकेन जनतामा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान प्रतिध्वनित हुन थालेको छ । अहिले नेपाली कांग्रेस सरकाको नेतृत्वमा छ र सबै दलको मनोभावनाबमोजिम काम गर्नुपर्ने बाध्यता त छँदैन । उता पार्टी आफैँ पनि केन्द्रीय महाधिवेशनको चटारोमा छ । वडालगायत अधिवेशनहरू धमाधम भइरहेका छन् । त्यसभन्दा माथिल्ला तहका अधिवेशन हुने क्रममा छन् । कतै-कतै विवाद छ । एउटा पक्षले अर्को पक्षलाई एकलौटी गरेको र पार्टी कब्जा गर्न खोजेको आरोप लगाइरहेका छन् । 

पार्टीको केन्द्रीय महाधिवेशको मिति धेरै पटक सारेपछि हालको मिति निर्धारण भएको हो । तोकिएको मितिमा महाधिवेशन हुन्छ भन्ने कुरामा भने धेरैको विश्वास हुँदाहुँदै अब फेरि सर्ने हो कि भन्ने आशंका उब्जिन थालेको छन् । तोकिएको मितिमै महाधिवेशन हुन्छ भनेर केन्द्रीय नेताहरूले कार्याकर्तालाई विश्वस्त गराउने प्रयास त गरिरहेका छन् तर बेलाबेलामा महाधिवेशनको मिति सर्ने हल्ला सार्वजनिक हुने गरेका छन् । यसबाट नजिक आइरहेको अधिवेशनलाई प्रभाव पर्दैन भन्ने छैन । निकै पहिलेदेखि संस्थापनइतर पक्षबाट नेता त्रयका पुत्रमध्येबाट कुनै एकजनालाई साझा उम्मेदवार बनाइने प्रयास भएको चर्चा निकै चलेको थियो तर अहिले उक्त चर्चा अलिक शिथिल भएको जस्तो देखिएको छ । 

जे जसरी भए पनि नेपाली कांग्रेसले अब भने अन्तिम पटक तोकिएको मितिमा अधिवेशन गर्नै पर्छ नत्र कांग्रेसप्रतिको जनविश्वास गुम्न सक्छ । आफ्नै पार्टीका नेता कार्यकर्ताको विश्वास समेत कमजोर हुनसक्छ तर पार्टीले आमनिर्वाचनकै शैलीले पार्टीका तल्ला निकायको अधिवेशन र निर्वाचनमा ठूलो धनराशि खर्च गरेर आआफ्ना पक्षमा विजय पाराजयको होडबाजी गरेको आरोप लाग्ने गरेको छ । सरकारका साझा समस्याको समाधान खोज्ने प्रयास प्रधानमन्त्रीबाट भइरहेको छ भन्ने उहाँले आहृवान गनुभएको सर्वदलीय भेलाबाट थाहा हुन्छ । जनताले सरकार र पार्टीका यस्ता समस्याको सहज समाधान खोजेका छन् । पार्टीको आन्तरिक र अन्तरपार्टी कहलहतर्फ उनीहरूको चासो होइन चासो देशको विकास र यसको गतिको हो । यसतर्फ सरकार र पार्टीहरूले ध्यान पुर्‍याउनै पर्ने हुन्छ । 


Top