पृथ्वीनारायणप्रतिको पूर्वाग्रह त्यागौं

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७८ (७:४० AM)

पृथ्वीनारायणप्रतिको पूर्वाग्रह त्यागौं

आज पृथ्वीनारायण शाहको सम्मानका साथ सम्झना गर्ने दिन हो । उनी नेपालका राष्ट्र निर्माता हुन्, यसमा कसैको दुई मत छैन । दुई मत राख्नेहरू छन् भने ती सच्चा नेपाली नै होइनन् ती त विदेशीको नुन खाएर नेपाल राष्ट्र निर्माण गर्ने राष्ट्र निर्माताको फोटामा थुकेर राष्ट्रवादको पाखण्ड रच्नेहरूमात्र हुन् । त्यस्तो स्वाँङ रच्ने अरू धेरै थिए, पृथ्वीनारायणको मात्र होइन अन्य राष्ट्रिय विभूतिहरूको सालिक भत्काउँदै हिँडेका तर अहिले ती आफ्ना पूर्वकर्मप्रति पछुतो गर्ने चरणमा छन् । सोचेर काम नगर्ने तर गल्ती गरिसकेपछि यो मेरो वा हाम्रो गलत कार्य थियो भन्नु लज्जाको विषय हो । हुन त आफ्नो गल्ती स्वीकार्नु सुधारको एउटा बाटो हो तर त्यसले मात्र पहिले भइसकेका क्षतिहरूको पूर्ति भने हुन सक्दैन । 

पृथ्वीनारायण शाहको सालिकमा थुक्नेहरूले आफैं थुकेका होइनन् त्यो थुक उनीहरूको थुक होइन त्यो पृथ्वीनारायणले कीर्तिपुरका बासिन्दाको नाक, कान काटेका थिए भनेर इतिहासका तथ्यलाई अपव्याख्या गर्नेहरू तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनको अपमान गर्ने अल्पज्ञानहरूकै सिता खानेहरूको थुक हो । ती मानिस तिनकै वैशाखी हुन् । पृथ्वीनारायण त सच्चा राष्ट्रवादी व्यक्ति थिए, उनले कहिल्यै आपूmले विजय गरेका ठाउँका जनतामाथि दुव्र्यवहार गरेनन्, आफ्नै जनता ठानेर व्यवहार गरे । कीर्तिपुरको पहिलो युद्धमा उनको हार भयो, काजी कालु पाँडे मारिए । कीर्तिपुरवासीमाथि पृथ्वीनारायण शाहको फौजले दोस्रोपटक आक्रमण गरेर कीर्तिपुर विजय गर्‍यो तब पृथ्वीनारायण शाहका भाइले आपूmलाई समेत घाइते बनाउने कीर्तिपुरका बासिन्दामाथि बदला लिन पाँच सातजनाको नाक काटिदिए जुन कुरा पृथ्वीनारायण शाहलाई जानकारी थिएन र उनको निर्देशन थिएन । 

कीर्तिपुरका बासिन्दाले लक्षणामा भनेको ‘पृथ्वीनारायण शाह कट आवर नोज’ लाई पृथ्वीनारायणका हरेक गतिविधिको सूक्ष्म निगरानी गरिरहेका अंग्रेजहरूले अभिधा बुझेर पृथ्वीनारायणले कीर्तिपुरका बासिन्दाको नाक काटिदिए भनेर प्रचार गरेका थिए पनि भन्छन् इतिहासकारहरू । नेपाल एकीकरण गरेर अंग्रेजलाई नेपाल लिनबाट रोकेकाले अंग्रेजहरू उनीविरोधी थिए र उनको कमजोरी खोजिरहेका थिए । यति निहुँ पाएपछि तिललाई पहाड बनाइएको थियो । पृथ्वीनारायण शाह सच्चा देशभक्त राजा थिए । भाइहरूले भक्तपुरमा आइमाई केटाकेटी र राजाहरूमाथि नै आक्रमण गरे जुन पृथ्वीनारायणले त्यसो नगर्नू भनेर निर्देशन दिएका थिए । यसबाट उनका र भाइहरूबीच तिक्तता पैदा भयो । भाइहरूले राज्यको माग गरे तर उनले राज्य बाँड्ने भए एकीकरण नै किन गर्नुपथ्र्यो र ? भनेर भाइहरूलाई राज्य दिएनन् । 

यो उनको राष्ट्रप्रतिको भक्तिको अनुपम नमुना थियो । त्यसपछि भाइहरूले पूर्णरूपमा उनको साथ छोडे । उनले उपत्यकादेखि पूर्व-टिष्टासम्मको एकीकरण भाइहरूको साथविनै गरेका थिए । उनलाई भारदारहरूको भने दह्रो साथसहयोग थियो । युद्धका दौरानमा भएका केही घटनालाई उनको आलोचना गर्नेहरूले मसला बनाउने गरेका छन् त्यो क्षिद्रान्वेसी कार्यमात्रै हो । यसरी सामान्य कमजोरी खोतल्दै जाने हो भने हाम्रा वर्तमान नेताहरूमा नहोलान् भन्ने छैन । हालका दिनहरूमा राजतन्त्र समाप्त भइसकेको सन्दर्भमा नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको नामै लिनु हुँदैन भन्ने सोचाइ एक थरि राजनीतिज्ञहरूको छ, यो उहाँहरूको चरम पूर्वाग्रही सोच हो । 

राम्रो काम गर्ने जसको पनि प्रशंसा गर्नुपर्दछ र उनका सन्ततिबाट भएका कमीकमजोरी तेह्रौं पुस्ता पहिलेको महान् व्यक्तिमा लगेर जोड्नु पूर्वाग्रहको चरम रूप हो । राष्ट्रवादी नेपालीहरूले उनलाई सम्झने र उनीप्रति सम्मान व्यक्त गर्ने दिन हो आज । महान् व्यक्तित्व तथा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहलाई सबै नेपालीले श्रद्धाका साथ सम्झना गरौं । उनको अमरत्वको कामना गर्दै उनीप्रति हार्दिक श्रद्धासुमन ।

Top