2nd December | 2020 | Wednesday | 11:47:34 AM

सेक्स र जीवन

  POSTED ON : पुष १४, २०७६ (५:३० PM)

सेक्स र जीवन

काठमाडौं । केही मानिसले सेक्सलाई जैविक आवश्यकताका रुपमा बुझेका हुन्छन् त केही मानिसले भगवानको उपहारका रुपमा लिने गर्दछन् । सेक्स एउटै जातिका भाले र पोथीले मिलेर सम्भोग वा यौन सम्पर्क गर्नु वा शारीरिक सम्बन्ध राख्नु सेक्स हो । सेक्स, सम्भोग, यौन जसले जे जसरी भने पनि दुई विपरीत लिंगबीचको मैथुनलाई सेक्स भनिन्छ । अझ आज भोली त समान लिंगबीचको यौन सम्पर्क पनि प्रचलनमा आएको छ ।

फ्राइड भन्छन्–मानिसको मस्तिस्कमा अधिकांश समय यौनले प्रधानता पाईरहेको हुन्छ । उसले गर्ने धेरै क्रियाकलाप जानी वा नजानी यौनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्छ ।

मानिसको दिमागमा अधिकांश समय यौनले चक्कर काटिरहेको हुन्छ भन्ने फ्राइडको भनाइ यथार्थ साबित हुन्छ । आफूले आफैलाई नढाटी एक पटक सोचौं त । 

मानिसका यौन आकांक्षा र उत्तेजनाहरुहरुलाई दवाएर राख्नु उचित होइन । त्यसले समाजमा यौन विकृति र हिंसाहरु बढ्ने खतरा हुन्छ । एकजना मानिस भित्र जति धेरै यौन ऊर्जा हुन्छ । ऊसँग त्यतिनै धेरै सिर्जना गर्नसक्ने क्षमता पनि हुन्छ, भनिन्छ मात्र त्यो गलत ठाउँमा खर्च हुने ऊर्जालाई सही ठाउँमा लगाउन जरूरी छ । 

सम्भोगका रुपमा सेक्सलाई बुझ्दा मूलत भाले र पोथीका यौनांगहरुको सम्पर्क हो भन्ने बुझिन्छ । वास्तवमा हुन पनि त्यही नै हो । सेक्सका माध्यमबाट सन्तान उत्पादन गरी श्रृष्टिको निरन्तरता दिनु भन्ने अर्थ हुन्छ । सम्भोगको चाहना हरेक जीव र वनस्पतिमा हुन्छ त्यो स्वाभाविक पनि हो । भनिन्छ, भोकपछिको दोस्रो आवश्यकता नै सम्भोग हो । 

समाजले यौनलाई किन यति हदसम्म दमन गर्यो वा गरिरहेको छ ? प्रश्न उठ्न सक्छ । यो कुरा हाम्रो समाजमा मात्र होइन धेर थोर लगभग सबै समाजमा कुनै न कुनै स्वरुपमा दमन गरेको देखिन्छ । विस्तारै यसमा पनि खुल्लापन आउन थालेको छ ।

जनेन्द्रीय अंगहरु खासमा सन्तान उत्पादनसँग सम्बन्धित हुन्छन र त्यसै प्रयोजनका निम्ति ति बनेका हुन्छन् । लिंगहरु शरीरका अन्य बाह्य अंगहरु नाक, कान, आँखा, मुख आदि जस्तै हुन् र अन्य अंगहरु जत्तिकै महत्वपूर्ण हुन्छन् ।

समाजले यौनलाई धेरै बर्जित गरिएकालेनै सबैभन्दा महत्वपूर्ण र शक्तिशाली भएको कतिपयको भनाइ छ । यसको खुल्लापनले त्यसका लुकेको मिठासपनमा कमि आउने केही भनाइ पनि छ । मानिसको वैवाहिक जीवनको सफलता र असफलतामा समेत उनीहरूको यौन जीवनले प्रत्यक्ष्य रूपमा असर पार्नाले सबैले यस विषयप्रति विशेष ध्यान पुर्याउनु जरुरी छ ।–एजेन्सी


Views: 1118