15th July | 2020 | Wednesday | 1:26:36 PM

भान्सामा सजिलै पाइने यौनवद्र्धक खानेकुरा

  POSTED ON : फाल्गुन १६, २०७६ (५:२२ PM)

भान्सामा सजिलै पाइने यौनवद्र्धक खानेकुरा

हिमालय टाइम्स । हामीले सधैंजसो खाइरहेका कतिपय खाने कुराले हाम्रो शरीरमा यौन उत्तेजना बढाइरहेको हुन्छन् । त्यस कुरालाई हामीले ध्यान दिइरहेका नहुन सक्छौं । यौन उत्तेजना बढाउनकै लागि कति युवाले आजकल बजारमा पाईने औषधिसमेत प्रयोग गर्ने गरेका छन् । तर, त्सस प्रकारका औषधिले कालान्तरमा हामीलाई असरसमेत पुर्याउन सक्छ ।

हामीले यौन शक्ति बढाउनका लागि पनि राम्रो खानपानमा ध्यान दिनुपर्छ । स्वास्थ्यवद्र्धक खाना र फलफूलले यौन शक्तिमा बृद्धि तथा शरीरलाई भिटामिन दिन्छ । हाम्रो भान्सामा सजिलै पाइने अदुवाले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सको मामिलामा पनि अदुवा सेवनले उर्जा प्रदान गर्दछ । त्यसैगरी लसुन पनि स्वास्थ्यलगायत यौन क्रियाकलापमा निक्कै उपयोगि मानिन्छ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ । जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ । त्यसैगरी तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । यसको पाउडर अथवा तेल शरीरमा घस्ने हो भने र तुलसीको पात खाने हो भने यौन उत्तेजना जगाउने हर्मोन बढी उत्सर्जन गर्ने गर्दछ । बेरी, फिग्स, मह तथा खुर्सानीले पनि यौन शक्ति बढाउने बताइन्छ । सामुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ ।

आरु, स्ट्रबेरी, एभोकाडो, खरबुजा, केही ड्राई फ्रुट, अण्डा, कफी आदिलाई यौनवद्र्धक खाद्यवस्तुका रूपमा लिने गरिन्छ । बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हर्मोन बढी उत्पादन गराउँछ । केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हर्मोन र ऊर्जा बढाउने गर्छन् । कुरिलोमा भिटामिन ‘ई’ पाइन्छ । जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्ष दिन सहयोग पुर्याउँछ । त्यसैगरी अन्डाले यौनशक्ति बढाउँछ । यसमा भिटामिन बी–६ र भिटामिन बी–५ प्रचुर मात्रामा पाइन्छ । यिनले सेक्स हर्मोनसहित समग्र हर्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । 

फोक्सो र मिर्गौलाको समस्यामा यार्सागुम्बा प्रयोग गरिने भएकाले लिंग उत्तेजनाको समस्या भएकालाई यो लाभदायक हुने बताइन्छ । यार्सागुम्बाको सेवनले रोगसँग लड्न सक्ने क्षमता बनाउने, थकान मेटाउने, रगत बढाउने, कोलेस्टेरोल घटाउने काम गर्दछ ।

माथि उल्लेखित खानेकुराको उचित प्रयोगले यौनशक्ति तथा यौन चाहनामा परिवर्तन ल्याई दिन्छ । यसको मतलव उल्लेखित खानेकुरा एक पटक खाँदैमा उत्तेजना बढी हाल्ने भने होइन, नियमित तथा सन्तुलित रुपमा खाए यौन शक्तिमा परिवर्तन भने अवस्य आउँछ ।


Views: 734