3rd December | 2020 | Thursday | 3:19:29 AM

दाम्पत्य जीवनको पूर्णताका लागि यौन

  POSTED ON : कार्तिक ४, २०७७ (८:२५ PM)

दाम्पत्य जीवनको पूर्णताका लागि यौन

काठमाडौं । यौनलाई मनोरञ्जनका रुपमा मात्र लिनु गलत हो । यौनले सृष्टिलाई चलायमान राख्ने जिम्मेवारी पनि लिएको छ । त्यसैगरी यौनले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौनले पति-पत्नीलाई थप निकटता बढाउँछ । यौनले दम्पतीको आपसी सम्बन्ध सुमधुर राख्नुका साथै पारिवारिक मेल गराउँछ ।

यौन आफैमा छाडा होइन । यौन आफैमा लाज लाग्ने कुरा पनि होइन । तर, प्राचिन शास्त्रले यौनजन्य कुरालाई नितान्त व्यक्तिगत कुरा मानेको छ । साथै यस्ता कुराहरुमा गोपनियता अपनाउनुपर्ने सुझाएको छ । यौनका विषयमा विभिन्न भ्रमहरु व्यस्त छन् । जसको कारण यसलाई हाम्रो समाजले भित्र-भित्रै गुम्साएको छ । आफ्नो यौन समस्यालाई मानिसहरुले खुलेर चर्चा गर्न सक्दैनन् । यदी गरि हाले छाडा भएको आरोप लाग्छ । जसले यौनको परिधि अझ संकुचन हुन पुगेको छ ।

दाम्पत्य जीवनमा स्थायित्व वा सुख-समृद्धिका लागि आफ्नो व्यक्तिगत सम्बन्धको पनि ख्याल गर्नुपर्छ अन्यथा, व्यर्थमा अशान्ति, क्रोध एवं विद्रोह उत्पन्न हुन्छ । शरीरमा तनाव भए धेरै रिस उठ्ने, नचाहिँदो आरोप लगाउन मन लाग्ने, अरूको कुरा गर्न मन लाग्छ । यसका साथै गलत कुरा सोच्न पनि मन लाग्ने हुन्छ । यी सबै मस्तिष्कमा तनाव उत्पन्न भएपछि हुन्छ । दम्पती बीच भावनात्मक सम्बन्ध सुमधुर हुनु पर्छ । यसको लागी शारीरिक सम्बन्धको मूख्य भुमिका रहन्छ ।  एक-अर्कामा हार्नु, पराजय स्वीकार गर्नु नै दाम्पत्य जीवनमा सफलता पाउनु हो।

जब श्रीमानश्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एक-आपसमा आदान-प्रदान गरेर सफलता प्राप्त गर्छन्। एक-अर्कामा सद्भाव र सद्व्यवहार गर्न सिक्नुपर्छ । जसले गर्दा दाम्पत्य जीवन सफल हुनुका साथै सुख-शान्ति पनि मिल्छ ।


Views: 176