के हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

  POSTED ON : फाल्गुन २, २०७७ (७:१४ PM)

के हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

काठमाडौं । मानिसको यौन इच्छाको विषयमा व्यक्ति विशेष फरक फरक धारणा आउने गर्दैछ । यौन इच्छाकोे कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै इकाइ हुँदैन ।

यौन जीवनमा यद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा बाँधिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ ।

महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ ।

त्यसैले जब महिलाहरुको शरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् ।

अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् ।

तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो ।

पहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो ।

तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोकाअनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ ।–एजेन्सी


Views: 510

Top