15th August | 2020 | Saturday | 4:54:06 AM

भारतीय चर्चित पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने

  POSTED ON : कार्तिक २८, २०७६ (५:५८ PM)

भारतीय चर्चित पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने

काठमाडौं । भारतीय चर्चित पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् ।

आगामी शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भारतका पूर्व क्रिकेटर तेन्दुल्कर आउन लागेका हुन् । 

तर, उनि राष्ट्रियस्तरको प्रतियोगिता भएको खेलका लागि होइन युनिसेफले आयोजनन गर्ने नेपालको पोषणसम्बन्धी कार्यक्रम अन्तर्गतको स्कुलका बालबालिका सहभागी हुने खेलका लागि नेपाल आउन लागेका हुन् ।

उनी युनिसेफको सद्भावना दूत हुन् । 

शनिबार बिहान १० बजेदेखि भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच प्रदर्शनी क्रिकेट खेल हुने भएको छ । 

खेल १० ओभरको हुनेछ भने दुबै टिममा स्कुलका बालबालिका सहभागी हुनेछन् ।

यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पनि नेपाल आएका थिए ।


Views: 258