1st October | 2020 | Thursday | 12:28:53 AM

चिर प्रतिद्वन्द्वीबीच उपाधि भीडन्त

हिमालय टाइम्स   POSTED ON : माघ १०, २०७६ (१०:२९ AM)

चिर प्रतिद्वन्द्वीबीच उपाधि भीडन्त

काठमाडौं । महिला भलिबलका चिर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्डबीच उपाधिका लागि भीडन्त हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौँ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को बिहीबार सम्पन्न भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै होंगवाञ्जी न्यू डायमण्ड स्पोर्टस् क्लबसँगको भेट पक्का गरेको हो । 

अर्को खेलमा होंगवाञ्जी न्यू डायमण्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित ग¥यो । डायमण्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र सेनाको टिएसीबीचको खेलमा एपीएफले बाजी मा¥यो । 

अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब एपीएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तीन भारतीय खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरू सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो । 

भारतीय खेलाडीलाई प्राथमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाए तापनि खेलाडी विवादका कारण प्रतियोगिता छोडेको थियो । च्याम्पियनसिपमा विजयी शीर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरूले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने्छन् । 

च्याम्पियनसिपको फाइनल शनिबार दिउँसो दुई बजे पहिलो खेल महिलाको एपिएफ र न्यू डायमण्डबीच र दोस्रो खेल पुरुषको एपीएफ र हेल्प नेपालबीच चार बजे हुने आयोजकले जनाएका छ ।


Views: 233