30th September | 2020 | Wednesday | 5:07:54 AM

पुलिसविरुद्ध मनाङको जित, आमी शीर्ष स्थानमा

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७६ (११:०५ AM)

पुलिसविरुद्ध मनाङको जित, आमी शीर्ष स्थानमा

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ । मनाङको जितमा विमल राना र अञ्जन विष्टले गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलको गोलबाट मनाङले अग्रता लिएको थियो । ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा अन्जनले गोल गर्दै जितको आधार तयार पारेका थिए ।

दोस्रो हाफमा दुवै टोेलीले गोल गर्न नसक्दा मनाङ २–० को नजिता निकाल्न सफल भयो । मनाङको १२ खेलबाट २५ अंक भएको छ । पुलिसको भने १२ खेलबाट १७ अंक छ ।

यस्तै त्रिभुवन आर्मी क्लवले ब्रिगेड ब्वाइजलाई ३–० ले पराजित गरेको छ । जितसँगै आर्मी २९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २८ अंक छ । आर्मीको जितमा भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे ।


Views: 83