13th July | 2020 | Monday | 2:13:12 AM

मार्सियलको हृयाट्रिक

एजेन्सी   POSTED ON : असार १२, २०७७ (८:२८ AM)

मार्सियलको हृयाट्रिक

लण्डन । एन्थोनी मार्सियलले म्यानचेस्टर युनाइटेडका लागि पहिलो हृयाट्रिक गरेको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको छ । सन् २०१३ मा रोबिन भान पर्सीपछि युनाइटेडका लागि हृयाट्रिक प्रहार गर्ने पहिलो खेलाडी मार्सियल बन्नुभयो ।

जितसँगै युनाइटेड अंक तालिकाको पाँचौँ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ । सेफिल्ड भने ३१ खेलमा ४४ अंकसहित आठौं स्थानमा अड्केको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा सातौं मिनेटमा मार्कस रासफर्डले दिएको पासमा मार्सियलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा मार्सियलले दोस्रो गोल थपे । आरोन वान बिस्साको पासलाई उनले गोलमा परिणत गरेका थिए ।

खेलको ७४ औं मिनेटमा मार्सियलले हृयाट्रिक पूरा गरे । यसपटक उनले रासफार्डको पासमा उत्कृष्ट चिप प्रहार गर्दै गोल गरेका थिए । उनको यो जारी सिजनको १९ औं गोल हो ।

यो खेलसँगै यूनाइटेडले आफ्ना पछिल्ला चार घरेलु खेलमा जित हात पारेको छ । घरेलु मैदानमा भएका पछिल्ला आठ खेलमा युनाइटेडले क्लिनसिट पनि राखेको छ ।


Views: 47

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)