13th July | 2020 | Monday | 12:23:10 AM

मड्रिड फेरि शीर्षमा

एजेन्सी   POSTED ON : असार १२, २०७७ (८:३० AM)

मड्रिड फेरि शीर्षमा

मड्रिड । बार्सिलोनाबाट दोस्रो स्थानमा धकेलिएको २४ घण्टा बित्न नपाउँदै रियल मड्रिड पुनः शीर्षमा उक्लिएको छ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा मालोर्कालाई बुधबार राति २–० ले पराजित गर्दै मड्रिड पुनः अंक तालिकाको शीर्षमा उक्लिएको हो ।

अघिल्लो दिन बार्सिलोनाले मड्रिड भन्दा ३ अंकको अग्रता लिएको थियो । तर, मोलोर्कालाई हराएसँगै बार्सिलोनासँग अंक बराबरी भए पनि हेड टू हेडका आधारमा मड्रिड अघि रहेको हो । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै अड्केको छ ।

रियलको जितमा भेनिसियस जुनियर र सर्जियो रोमास दुवैले उत्कृष्ट गोल गरे । ब्राजेलियन भेनिसियसले खेलको १९ औं मिनेटमा लुका मोड्रीचको पासमा ६ यार्ड नजिकबाट गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

यस्तै, दोस्रो हाफमा कप्तान रामोसले उत्कृष्ट फ्रिकिकमार्फत दोस्रो गोल गर्नुभयो । रामोसले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्री किक प्रहार गोलमा परिणत भएको थियो । रोमासको यो सिजनको १० औं गोलसमेत हो ।

मालार्कोले दोस्रो हाफमा आफ्ना १५ वर्षी खेलाडी लुका रोमिरोलाई डेब्यू गराउनु भएको थियो । उहाँ लिगको इतिहासमै डेब्यु गर्ने सबैभन्दा युवा खेलाडी पनि बन्नुभयो ।

गत फेब्रुअरीपछि रियलले वेल्सका फरवार्ड गेरार्थ बेललाई सुरुवाती एघारमा राखेको थियो । तर, उनले आफ्नो प्रभाव देखाउन संघर्ष गर्नुप¥यो । छैटौं मिनेटमा उनले गरेको प्रहार गोलकिपरको हातमा गएको थियो ।

इडन हाजार्डले २५ यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो भने करिम बेन्जेमाको प्रहारलाई विपक्षी गोलकिपरले डाइभ हान्दै बिफल पारिदिनुभएको थियो ।

रियलले लिगमा अब ७ खेल खेल्न बाँकी छ । यदि उसले सबै खेल जितेमा उसको उपाधि पक्का हुनेछ । २०१७ यता रियलले लिगको उपाधि जित्न सकेको छैन ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु भएपछि भएका चारवटा खेलमा रियलले लगातार जित हात पारेको छ । मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट भएको बताए ।

‘सेटअप मेरा लागि महत्वपूर्ण हैन । हामीसँग बल चाहिन्छ । महत्वपूर्ण कुरा बलसँग हामी मैदानमा कसरी प्रस्तुत हुन्छौं भन्ने हो,’ उहाँले भन्नुभयो, ‘हामी अझै राम्रो गर्न सक्थ्यौं तर म खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट छु । हामी अझै राम्रो हुनु छ र रिजल्टहरू हाम्रो पक्षमा पार्नुपर्नेछ ।’


Views: 47

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)