13th July | 2020 | Monday | 12:08:52 AM

पाकिस्तान टोली इंग्ल्याण्डमा क्वारेन्टिनमा बस्ने

एजेन्सी   POSTED ON : असार १५, २०७७ (१०:२६ AM)

पाकिस्तान टोली इंग्ल्याण्डमा क्वारेन्टिनमा बस्ने

कराँँची, १४ असार । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना महामारीबीच शृंखला खेल्न २० खेलाडी र ११ स्टाफसहित पाकिस्तानी टोली आइतबार इंग्ल्याण्डतर्फ प्रस्थान गरेको हो । पाकिस्तान र इंग्ल्याण्डबीच ३–३ वटा टेस्ट र टी–२० खेल हुने तय भएको छ ।

इंग्ल्याण्डमा पुगेपछि पाकिस्तानी टोलीको कोरोनाभाइरस परीक्षण हुने भएको छ । त्यसपछि उनीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिनेछ । त्यसक्रममा पाकिस्तानी टोलीले प्रशिक्षणसमेत गर्नसक्ने इंग्ल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।

म्यानचेस्टरमा १४ दिन क्वारेन्टिन अवधि सकाएपछि पाकिस्तानी टोली पहिलो टेस्टको लागि डर्बीसेरामा जाने तय भएको छ । पाकिस्तानी टोलीले ३ टेस्टपछि अगष्ट र सेप्टेम्बरमा थप २ टी–२० खेल खेल्नेछ । दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी–ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।

पाकिस्तानी बोर्डले सुरुमा २९ खेलाडी इंग्ल्याण्ड पठाउने योजना बनाएको थियो । तर, परीक्षणका क्रममा १० खेलाडीलाई कोरोना भाइरस देखिएपछि २० खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्नेछन् ।

१० खेलाडीमध्ये दोस्रो चरणमा परीक्षण गर्दा भने ६ खेलाडीमा नेगेटिभ देखिएको थियो । फाकर जमिम, मोहम्मद हुसैन, मोहम्मद हफिज, मोहम्मद रिज्वान, सद्दाब खान र वायब रियाजमा नेगेटिभ देखिएकोे हो ।

तर, पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले भने ती खेलाडीको तेस्रो पटक पुनः परीक्षण गरिने यदि त्यसमा पनि नेगेटिभ आएमा मात्र उनीहरूलाई इंग्ल्याण्ड पठाइने जनाउनु भएको छ ।


Views: 62

सम्बन्धित सामग्री:

घुँडा टेकेर विरोध

एजेन्सी : असार २५, २०७७ (९:४६ AM)