13th August | 2020 | Thursday | 8:09:05 AM

किरणलाई विदेशी कम्पनीको प्रायोजन

हिमालय टाइम्स   POSTED ON : असार १९, २०७७ (१०:२४ AM)

किरणलाई विदेशी कम्पनीको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनी आरजीले प्रायोजन गरेको छ । किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले प्रायोजन गरेको हो ।

भारतीय क्लब मिनर्भा पन्जाबबाट आइलिग खेलिरहनु भएको किरणलाई आरजीले दुई वर्षको लागि प्रायोजन गरेको हो । ‘युरोपियन कम्पनिसँग जोडिदा खुशी लागेको छ । यसले नेपाली खेलाडीहरूलाई पनि अन्य कम्पनीसँग जोडिन बाटो खुलेको छ,’ किरणले सम्झौता पछि प्रतिक्रिया दिनुभयो ।

उहाँले सम्झौताको रकमबारे विस्तृतमा जानकारी गराउँनुभएको छैन । किरणले बुधबार कम्पनीसँग औपचारिक रूपमा सम्झौता गर्नुभएको हो । सम्झौताअनुसार आरजीले किरणलाई हरेक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । दुई वर्षको ग्लोभ्सको प्रायोजन रकम करिब ६ लाख पर्ने बताइएको छ ।


Views: 92