15th August | 2020 | Saturday | 7:08:39 AM

यूभेन्ट्सको हारसँगै निराश रोनाल्डो

एजेन्सी   POSTED ON : श्रावण १६, २०७७ (१०:०५ AM)

यूभेन्ट्सको हारसँगै निराश रोनाल्डो

टुरिन । यस सिजनमा सर्वाधिक गोलकर्ता बन्ने सपना पूरा नहुनेजस्तै देखिएपछि क्रिस्टियानो रोनाल्डो निराश देखिनुभएको छ । इटालियन सिरि ए फुटबलमा च्याम्पियन टोली युभेन्ट्सले बुधबार राति भएको खेलमा हार मात्रै व्यहोरेनन् रोनाल्डोको पटक पटकका प्रहार असफल हुनुभयो ।

अर्कातिर लाजियोका इमोबिलले रोनाल्डोलाई गोलअन्तरमा उछिनेपछि रोनाल्डो सर्वाधिक गोल स्कोररको सूचीमा दोस्रो स्थानमा रहे । जसको असर खेलपछि उहाँ निराश मुद्राभागमा देखिनु भएको थियो बुधबार राति युभेन्ट्सले काग्लियारीसँग २–० को हार ब्यहोरेको हो ।

यस खेलमा गोल गर्दै सिजनको सर्वाधिक गोल स्कोरर बन्ने रोनाल्डोको सपना पूरा भएन । उहाँले यस सिजनमा ३१ गोल गरिसक्नु भएको छ । काग्लियारीविरुद्ध गोल गर्दै इमोबिललाई पछि पार्ने पटक पटकका मौका रोनाल्डोले गुमाउनुभएको थियो ।

बुधबार राति नै भएको ब्राक्कियाविरुद्धको खेलका गोल गर्दै इमोबिलले आफ्नो गोल संख्या ३५ पु¥याउनुभएको छ । अब लिगमा एक खेलमात्रै बाँकी छ । चार गोलले पछि पर्नुभएको रोनाल्डोले इमोबिललाई पछि पार्ने सम्भावना निकै कम छ । यस सिजनमा ३५ गोल संख्या पु¥याएसँगै इमोबिल युरोपका शीर्ष पाँच लिगमा सर्बाधिक गोल गर्ने खेलाडीसमेत बन्नुभयो । यसअघि जर्मन बुन्डेसलिगाको यस सिजनमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले ३४ गोल गर्नुभएको थियो ।

सिरी ए फुटबलको एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भंग गर्न इमोबिल एक गोलले मात्रै पछि हुनुहुन्छ । यसअघि नापोलीका गुन्जालो हुगइनका नाममा यो कीर्तिमान छ । हुगइनले २०१५, १६ को सिजनमा ३६ गोल गर्दै एकै सिजनमा सर्बाधिक गोल गर्ने कीर्तिमान रच्नुभएको थियो ।

यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई पराजित गर्न काग्लियारी लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गर्नुभयो । दुवै गोल पहिलो हाफमा भएका थिए । काग्लिएरीमा भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा लुका गाग्लिएनोले अग्रता दिलाउनुभएको थियो । उहाँले फेडरिको माटिइलोको पासमा गोल गर्नुभयो । त्यसअघि खेलको पाँचौ मिनेटमा युभेन्टसका क्रिस्टियानो रोनाल्डोको प्रहारलाई काग्लिएरीका गोलरक्षक एलेसियो क्राग्नोले विफल बनाउँदै रोनाल्डोलाई निराश पार्नुभएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गोल गर्दै काग्लिएरीको अग्रता दोब्बर पार्नुभयो । लुकाको उपलब्ध गराएको बलमा उहाँले काग्लियारीका लागि दोस्रो गोल गर्नुभएको थियो । यस गोल लगत्तै पनि रोनाल्डोको प्रहार सफल हुन सकेन । उहाँको प्रहार पोस्टका दायाँभागबाट बाहिरिएको थियो ।

२४औं, ३१औं र ३७औं मिनेटमा समेत रोनाल्डोको प्रहारलाई काग्लियारीका रक्षकहरूले ब्लक गरिदिएका थिए । यस्तै, ५७औं मिनेटमा फेडरिकले गरेको प्रहार बाहिरिँदा यूभेन्ट्सले पुनः गोल गर्ने मौका गुमायो ।

सिरीअन्तर्गत बुधबार राति नै भएका अन्य खेलमा लाजियोले ब्रास्कियालाई २–०, एसी मिलानले साम्पोडोरियालाई ४–१, सुस्सोले गुनायोलाई ५–०, लेस्सेले उडिनासलाई २–१ र रोमाले टोरिनोलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको युभेन्ट्सको ८३ अंक छ । उसले ३७ खेलमा २६ मा जित, ६ मा हार र ५ मा बराबरीको नतिजा निकालेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७९, तेस्रो स्थानका एटलान्टाको ७८ र चौथो स्थानमा रहेको लाजियोको पनि ७८ अंक छ ।


Views: 49