28th October | 2020 | Wednesday | 11:27:27 PM

नेपाल सितेरियो कराँते संघ काभ्रेको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

  POSTED ON : आश्विन २६, २०७७ (९:०२ AM)

नेपाल सितेरियो कराँते संघ काभ्रेको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

काभ्रे । काभ्रेको नेपाल सितेरियो कराँते संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित हुनुभएको छ । उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । निर्वातमान अध्यक्ष विजय सुन्दर सैँजुले नवनिर्वाचित अध्यक्ष प्रताप वैद्यलाई पद हस्तान्तरण गर्दै सितेरियो कराँते संघले विगतमा गरेको योगदानलाई स्मरण गर्न अनुरोध गर्नुभयो ।

तेस्रो अधिवेशनबाट प्रताप वैद्यको अध्यक्षतामा ३२ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष सुरेश कारञ्जित, उपाध्यक्षहरू कुवेर मानन्धर, प्रकाश श्रेष्ठ, नवराज मानन्धर, राजेशकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, विजेन्द्र प्रधान रहनुभएको छ ।

यस्तै महासचिव श्यामसुन्दर कुँवर, सचिव गौतम मानन्धर, कोषाध्यक्ष सञ्जय सुन्दर सैंजु, सहसचिव कविरकुमार रञ्जितकार, सहकोषाध्यक्ष रामसुन्दर कुँवर रहनु भएको छ । यसैगरी सदस्यमा दीपक पण्डित क्षेत्री, गणेश दनुवार, रणबहादुर तामाङ, सूर्यलाल श्रेष्ठ, राजन मानन्धर, बलराम मानन्धर, रामेश्वरी मानन्धर, सुरज केसी, विजय श्रेष्ठ, देव लामा, सञ्जय लामा, राजेन्द्र आचार्य, तेजनारायण पसक्षे, सुजन सुवाल, श्याम श्रेष्ठ (बुडोल), श्याम श्रेष्ठ (पनौती), श्याम मानन्धर, ईश्वर नापित र सुरेश अमात्य रहनुभएको छ ।

उक्त अवसरमा बागमती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईले जिल्लाका विभिन्न स्थानमा खेल क्षेत्रको विकासका लागि आवश्य पूर्वाधारको निर्माण, संरक्षण र खेलाडीहरूको उत्पादन तथ संरक्षणका लागि आवश्यक कार्यहरू भइरहेको र बागमती प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो । संघका केन्द्रिय अध्यक्ष दावा गुरुङले सितेरियो कराँतेको तर्फबाट नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको बताउनुभयो । 

नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले खेलाडीहरूको उत्पादन र ब्यवसायीकरण गरी नेपालको उद्योग क्षेत्रमा समेत खेलाडीहरूको योगदान रहनुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष प्रताप वैद्यले विगतको इतिहासलाई साक्षी राख्दै आगामी दिनमा कराँतेको क्षेत्रमा उल्लेख्य कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, जेसिजका पूर्वराष्ट्रिय कार्यकारीणी उपाध्यक्ष विकास मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामा, काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेशसुन्दर संैजु, राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपाली, जिल्ला सचिव गौतम मानन्धर, श्यामसुन्दर कुँवरलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन, बधाई तथा सम्मान कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने अग्रज व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । 


Views: 61

सम्बन्धित सामग्री:

‘खेलाडीको पीडा बुझेको छु’

: कार्तिक ६, २०७७ (९:०१ AM)