31st October | 2020 | Saturday | 9:15:24 PM

स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७७ (९:५३ PM)

स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई  कोरोना संक्रमण

एजेन्सी । स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई  कोरोना संक्रमण भएको छ ।

पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । 
रोनाल्डोको स्वास्थ्य अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।

फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन् ।
गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए । 

Views: 77