31st October | 2020 | Saturday | 9:54:08 PM

रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी   POSTED ON : आश्विन २९, २०७७ (९:०२ AM)

रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण

टुरिन । पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगिज फुटबल फेडेरेसनले एक विज्ञप्तिमार्फत रोनाल्डोलाई संक्रमण भएको पुष्टि गरेको हो ।

फेडेरेसनको विज्ञप्तिमा रोनाल्डोलाई निकै लक्षण नभएको र हाल उहाँ आइसोलेसनमा रहनुभएको उल्लेख छ । संक्रमण पुष्टि भएसँगै रोनाल्डोले बुधबार राति नेसन्स लिगमा स्वीडेनविरुद्धको खेल गुमाउनु भएको छ । ३५ वर्षीय रोनाल्डोबाहेक फर्नान्डो सान्तोषको प्रशिक्षकत्वमा रहेको पोर्चुगलको टोलीका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । आइतबारमात्रै पोर्चुगलले फ्रान्ससँग पेरिसमा गोलरहित बराबरी खेलेको थियो । नेसन्स लिगमा पोर्चुगल आफ्नो समूहको शीर्षमा छ ।

पोर्चुगलका कप्तानसमेत रहनुभएका रोनाल्डो गत सेप्टेम्बरमा स्वीडेनविरुद्ध दुई गोल गर्दै देशका लागि सय गोल गर्ने पहिलो खेलाडी बन्नुभएको थियो ।

रोनाल्डोले युभेन्ट्सको कोर्टनाविरुद्धको खेल गुमाउनुहुनेछ । उक्त खेल १७ अक्टोबरमा हुँदैछ । यस्तै २० अक्टोबरमा हुने च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको डायनो किभविरुद्धको खेल पनि रोनाल्डोले गुमाउनुहुनेछ भएको छ । इटालियन च्याम्पियन युभेन्ट्सले त्यसपछि सिरी एमा २५ अक्टोबरमा भिरोना र २८ अक्टोबरमा बार्सिलोनासँग च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्दैछ ।

 


Views: 46