28th October | 2020 | Wednesday | 10:56:17 PM

नामसँगै दिल्लीले बदलिएको भाग्य

एजेन्सी   POSTED ON : आश्विन ३०, २०७७ (९:२५ AM)

नामसँगै दिल्लीले बदलिएको भाग्य

दुबई । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जित्ने अभियानमा रहेको दिल्ली क्यापिटल्सले बुधबार राति राजस्थान रोयल्समाथि १३ रनको जित हात पा¥यो । यो जितसँगै दिल्ली आठ खेलमध्ये ६ मा जित निकाल्दै १२ अंकका साथ आइपिएलको शीर्षमा उक्लिएको छ ।

यही दिल्ली क्यापिटल्स सुरुमा दिल्ली डेयरडेभिल्सको नामले खेल्थ्यो । तर दुई वर्षअघि यसका मालिकहरूले टोलीको नाम परिवर्तन गरिदिए । २०१८ को डिसेम्बरमा नाम बदलिएपछि दिल्लीको भाग्य पनि बदलिएको छ । त्यसबेला दिल्लीमा चिसो मौसम थियो । नाम बदल्दैमा टोलीमा के गर्मी उठ्ला र ? भन्ने प्रश्न सबै गर्थे । तर त्यसपछिको परिणाम हेर्ने हो भने दिल्लीले नामसँगै आफ्नो भाग्य पनि बदलिएको छ ।

त्यसबेला दिल्लीको प्रशिक्षक विभागमा प्रवीण आमरे र मोहम्मह कैफ सहभागी हुनुभएको थियो । अहिले आमरे त हुनुहुन्न तर कैफले अझै पनि दिल्ली हेरिरहनुभएको छ । कैफको सहयात्री विजय दहिया बन्नुभएको छ । २०१४ मा कोलकत्ता नाइट राइडर्स दोस्रोपटक आइपिएल च्याम्पियन बन्दा दहिया त्यसबेला उक्त टोलीका प्रशिक्षक हुनुहुन्थ्यो ।

नाम परिवर्तन गर्नुअघि दिल्ली २०१८ मा आइपिएलको सबैभन्दा पुछार अर्थात् आठौं स्थानमा थियो । नाम परिवर्तन गरी २०१९ मा खेलेपछि दिल्लीले तेस्रोमा रहँदै आइपिएल सकायो । यस सिजन त अहिलेसम्म दिल्ली शीर्षमा छ । प्लेअफमा पुग्न दिल्ली निश्चित जस्तै देखिएको छ । १६ अंक प्राप्त गरेपछि प्लेअफमा स्थान सुरक्षित हुन्छ । त्यसका लागि दिल्लीलाई केबल दुई जित आवश्यक छ ।

राजस्थान रोयल्सविरुद्धको खेलबाट दिल्लीका खेलाडीमा अघिल्लो खेलमा मुम्बई इण्डियनससँग हार व्यहोर्नुपरे पनि त्यसको असर देखिएन । पहिले टस जितेर दिल्लीले २० ओभरमा १६१ रन बनायो । उसका शिखर धवनले ५७ र कप्तान श्रेयस ऐयरले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । शिखर धवनको यो लगातार दोस्रो अर्धशतक थियो ।

योसँगै धवनले आफ्नो गुमेको लय पनि हासिल गर्नुभएको छ । धवन र ऐयरले घाइते भएर मैदान बाहिर रहेका आक्रामक खेलाडीद्धय ऋषभ पन्ट र हेटमेयरको कमी महसुस हुन दिनुभएन । विकेटकिपर ऋषभ घाइते भएपछि उहाँको स्थानमा एलेक्स केरीलाई स्थान दिइएको थियो । विदेशी खेलाडीको कोटा पूरा भएपछि हेडमेयर पनि मैदान बाहिरै बस्नुप¥यो ।

दिल्लीले यस खेलमा हर्षल पाण्डेको स्थानमा नयाँ तीव्र गतिका बलर तुषार देशपान्डेलाई स्थान दियो । तुषारले पहिलो खेलमै आक्रामक खेलिरहनु भएका राजस्थानका बेन स्टोक्स र श्रेयस गोपाललाई पवेलियन फर्काउनुभयो । बलरहरूकै घातक बलिङ मद्धतमा दिल्लीले राजस्थान सामु १६२ रनको लक्ष्य रक्षा गर्न सफल भएको हो ।

दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ । अन्तिम पाँच ओभरमा पाँच विकेट बाँकी रहँदा राजस्थानलाई जितका लागि केबल ३९ रनमात्रै आवश्यक थियो । तर दिल्लीका बलरहरूको उम्दा प्रदर्शन गरेपछि राजस्थानले उक्त पाँच ओभरमा २५ रनमात्रै बनाउन सक्यो । फलस्वरूप निर्धारित २० ओभरमा ८ विकेट गुमाएर राजस्थान १६१ रनमा समेटियो ।

राजस्थानका ओपनर बेन स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गर्दै ४१ रन जोड्नुभयो । सन्जु सामसनले १८ बलमा २५ र रोविन उथाप्पाले २७ बलमा ३२ रनको योगदान दिनुभएको थियो । बलिङमा दिल्लीका तुषार देशपान्डे र एनरिच नोर्टजेले समान दुई–दुई र कसिगो राबाडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक–एक विकेट लिनुभयो ।

त्यसअघि शिखर धवन (५७) र श्रेयस ऐयर (५३)को अर्धशतकीय पारी खेलसँगै दिल्लीले ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । यी दुवैले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्नुभयो । यो जितसँगै दिल्लीले १२ अंक जोड्दै अंक तालिकाको शीर्षमा फर्किएको छ । यसअघि शीर्षमा रहेको मुम्बईलाई पछि पार्दै दिल्ली शीर्षमा फर्किएको हो । मुम्बई १० अंकसहित दोस्रो र त्यति नै अंक रहेको राजस्थान तेस्रो स्थानमा छ ।

आठ खेल खेलिसक्दा पनि यस सिजनमा दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छैन । नियमित टोलीले नै राम्रो प्रदर्शन गरिरहकाले सन्दीपले आगामी खेलमा पनि मौका पाउने सम्भावना न्यून छ ।


Views: 42

सम्बन्धित सामग्री:

‘खेलाडीको पीडा बुझेको छु’

: कार्तिक ६, २०७७ (९:०१ AM)