3rd December | 2020 | Thursday | 2:43:50 AM

मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७७ (११:३१ PM)

मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन

काठमाडौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)  फाइनलमा  दिल्ली क्यापिट्ल्सलाई जित्दै मुम्बई इन्डियन्सले आईपीएल इतिहासमा पाँचौ पटक फाइनल  जितेको  छ ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले १५७ रनको चुनौती दिएको थियो । दिल्लीको सुरुवात राम्रो भएन । दिल्लीको तीन ओभरमा तीन विकेट झरेको थियो ।

साविक विजेता मुम्बई इन्डियन्सलाई पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिट्ल्सले सात विकेटको क्षतिमा १५७ रनको चुनौती दिएको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरे पनि तीन ओभरपछि सम्हालिएर ब्याटिङ गर्यो । 

दिल्लीले तीन ओभर खेल्दा तीन विकेट गुमाइसकेको थियो । पूरै २० ओभर खेल्दै दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मार्कस स्टोइनिस पहिलो बलमै आउट भए ।  त्यसैगरी दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए । 

पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए ।  दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। त्यसैगरी दिल्लीका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरे पछि दिल्ली धर्मराएको थियो । 

सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस अयर र रिसभ पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासे । पन्तले ३८ बलमा ५६ रन बनाए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली पहिलो पटक फाइनल पुगेको हो । सन्दीपले यस सिजनको कुनै पनि खेलमा मैदान उत्रन पाएनन् ।


Views: 73

सम्बन्धित सामग्री:

नेपालको आइसिसी वरियता यथावत

: मंसिर १७, २०७७ (९:०७ AM)