6th December | 2020 | Sunday | 3:05:51 AM

जुम्लामा ९५ लाख लगानीमा नमुना फुटसल निर्माण

विजय रावत   POSTED ON : कार्तिक २६, २०७७ (६:२९ PM)

जुम्लामा ९५ लाख लगानीमा नमुना फुटसल निर्माण

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ मा रु ९५ लाख लगानीको नमुना फुटसल निर्माण गरिएको छ । कर्णालीकै दोस्रो तथा ठुलो फुटसल जुम्लामा निर्माण गरिएको छ । तीनजना व्यक्तिको नीजि लगानीमा कर्णालीकै ठुलो फुटसल निर्माण गरिएको हो । अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थितिमा फुटसल बुधबार उद्घाटन गरिएको हो ।

चन्दननाथ नगरपालिका ५ निवासी निर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख संयुक्त लगानीमा फुट्सल निर्माण गरिएको संचालक प्रकाश शाहिले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्ष पहिलको पूर्व तयारी अनुसार फुटसल निर्माण गरेका हौं । जुम्लालाई स्पोर्ट हबका रुपमा विकास गर्ने योजना सहित फुटसल संचालन निर्माण गरेका छांै ।” जुम्लामा फुटसलको राम्रो भविष्य देखेकै कारण निर्माण गरेको संचालक निर्पराज भारतीले बताउनुभयो । पानी, शौचालय, क्यान्टीन, वाचमेन रुम सहित अत्याधुनिक प्रविधि प्रयोग गरेर नमुना फुटसल निर्माण भएको छ ।

एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले नीजि लगानीमा निर्माण गरिएको फुटसलले जुम्लाको खेल क्षेत्रलाई विकासमा इट्टा थपेको बताउनुभयो । उहाँले भन्नुभयो,“पूर्वाधार अभावमा खेल क्षेत्र ओजेलमा परेको छ । तीन तहको सरकार हुँदाहुदै पनि यहाँका तीनजना  समाज सेवीले व्यक्तिगत लगानीमा खेल क्षेत्रको प्रर्बद्धनका लागि निर्माण गरेको योगदान अति राम्रो रहेको अध्यक्ष र्शर्पाले बताउनुभयो । ”उन्फाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रमान सिंहका जुम्लामा कृषि,पर्यटन संगै खेल क्षेत्रको लागि पनि प्रयाप्त सम्भावना भएको ठाउँ भएकाले नीजि तथा सरकारी लगानीमा ठुला पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले जुम्लाको खेल क्षेत्रलाई गती दिन आबश्यक लगानी गर्न तयार रहेको बताउनुभयो ।

 कल्पनानै नगरिएको फुटसल निर्माण जुम्लालाई स्पोर्टहब बनाउन योगदान गरेकोमा धन्यबाद दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेल क्षेत्रको संस्थागत विकासका लागि ग्रासुट फुटबल प्रतियोगितालाई प्रथामिकताका साथ संचालन गर्न निर्देशन दिनुभयो । सो फुटसलमा ६ वर्ष देखि १२ वर्ष उम्मेर समुहका हरेक बालबालिकालाई फुटबल खेलाउने संचालकले शाहीले बताउनुभयो ।

तस्वीर : उद्घाट गर्दै एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा ।

 तस्विर : विजय रावत -  हिटा 


Views: 52