3rd December | 2020 | Thursday | 3:58:39 AM

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

हिमालय टाइम्स   POSTED ON : मंसिर २, २०७७ (७:१० PM)

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

काठमाडौं । नेपाल र बंगलादेशबीचको आज भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

 शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २/० ले जितेको थियो ।

मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको छ ।

खेल अवधि भर नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न भने चुकेका थिए । 

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।


Views: 62

सम्बन्धित सामग्री:

नेपालको आइसिसी वरियता यथावत

: मंसिर १७, २०७७ (९:०७ AM)