22nd January | 2021 | Friday | 11:37:06 AM

बाह्रविसेमा नाईन ए साइड फुटबल प्रतियाेगिता हुने

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (६:२९ PM)

बाह्रविसेमा नाईन ए साइड  फुटबल प्रतियाेगिता हुने

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँतीमा जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियाेगिता हुने भएकाे छ । एक लाख एघार हजार एक सय ११ पुरस्कार राशीकाे काेमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियाेगिता हुन लागेकाे हाे । 

प्रतियाेगिता आउँदाे पुस २२ बाट २८ सम्म चल्नेछ ।

सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा हुने प्रतियाेगितालाई  नेपाली कांग्रेस खेलकुद विभागले आयाेजना गरेकाे हाे । जिल्ला खेलकुद विकास समितिकाे प्राविधिक सहयाेगमा हुने उक्त प्रतियाेगितामा दाेस्राे हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ ।

कुल नाै लाख रूपैयाँ लागत अनुमान गरिएकाे उक्त प्रतियाेगिताकाे अार्थिक व्यवस्थापन पुुर्व सूचना तथा सञ्चार मन्त्री माेहनबहादुर बस्नेतकाे परिवारले गर्ने छ । प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरृक खेलकाे म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताका उत्कृष्ट गाेलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ५ हजार र ट्रफि प्रदान गरिनेछ ।

स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप प्रतियाेगिता आयाेजना गर्न लागिएकाे पूर्व मन्त्री बस्नेतले बताउनु भयो । यस प्रकारको प्रतियाेगिताहरुले महत्वपूर्ण भूमिका राख्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनु भयो

Views: 207