27th January | 2021 | Wednesday | 6:54:53 PM

कोमल माया–खड्ग बस्नेत स्मृति कप सुरु

  POSTED ON : पुष २४, २०७७ (९:१७ AM)

कोमल माया–खड्ग बस्नेत स्मृति कप सुरु

सिन्धुपाल्चोक । प्रकाश–सृष्टि बस्नेतको मुख्य प्रायोजन तथा जिल्ला खेलकुद संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा पुस २२ देखि २८ सम्म कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । 

बाह्रबिसे नगरपालिका–४ पलाति अंगेरिपाखा खेल मैदानमा आयोजित उक्त खेलको उद्घाटन पूर्वमन्त्री तथा नेपाली? कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले गर्नुभएको थियो । नेपाली कांग्रेस खेलकुद विभागले ग्रामीण तहमा समेत खेलकुदको विकास गर्ने उद्देश्यका लागि यस्ता प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । 

सो अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठ(सानू भाई) तथा पदाधिकारीहरू लगायत युवा खेलाडी तथा शुभेच्छुकको उपस्थिति रहेको थियो । 

उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तह मध्ये ९ स्थानीय तहको सहभागिता रहेको छ । उद्घाटन सत्रमा मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालीकाबीच भएको खेलमा मेलम्ची नगरपालिकाले ४ गोल अन्तरले भोटेकोसी गाउँपालिकालाई पराजित गरेको छ । प्रतियोगिताको प्रथम विजेतालाई १ लाख ११ हजार १ सय, दोस्रो विजेतालाई ५५ हजार ५ सय ५५ र अन्य विभिन्न विधाका विजेताहरूलाई नगद साथै शिल मेडल र ट्रफी हस्तान्तरण गरिने आयोजकले जनाएका छन् । 


Views: 58

सम्बन्धित सामग्री: