सिड्नी— अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ । यसअघि भारतले जितका लागि ४ सय ७ रनको विशाल लक्ष्य पाएको थियो । भारतका लागि हनुमा बिहारीले २३ र रविचन्द्रन आश्विनले ३९ रन बनाए । उनीहरुले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका हुन् । ९८–२ को स्थितिमा गरेको भारतले कप्तान अजिंक्या रहानेलाई सुरुमै गुमाएको थियो । उनी ४ रन जोड्दै नाथन लायनको बलमा क्याचआउट भए । तर त्यसपछि ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै पारी सम्हालेका थिए । पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो भने दोस्रो टेस्ट भारतले ८ विकेटले विजयी भएको थियो ।
Views: 49