27th January | 2021 | Wednesday | 7:42:59 PM

को बन्ला वर्षकै उत्कृष्ट ?

  POSTED ON : पुष २८, २०७७ (८:०० AM)

को बन्ला वर्षकै उत्कृष्ट ?

काठमाडौं । अघिल्लो वर्ष नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने पुरुष, महिला, युवा, पारा खेलाडी तथा प्रशिक्षकले आज (मंगलबार) प्रतिष्ठित ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ पाउँदैछन् । हरेक वर्ष आयोजना हुने यस अवार्ड पाउन खेलाडीहरू लालायित हुन्छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै अवार्डको मनोनयनको विधा सार्वजनिक गरिसकेको छ ।

सातदोबाटोस्थित कराते हलमा हुने एक कार्यक्रमबीच मनोनयनमा परेका वर्षका उत्कृष्ट पुरुष, महिलासँगै वर्षको युवा खेलाडी तथा वर्षको उत्कृष्ट प्रशिक्षकले अवार्ड पाउनेछन् । यस्तै आम जनता, खेलकुद पत्रकार मञ्च र प्रशिक्षकहरूको भोटका आधारमा एक खेलाडीले पिपुल्स च्वाइस अवार्ड जित्नेछन् ।

त्यसबाहेक अवार्डमा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिनेछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् ।

मनोनयमा परेका खेलाडीको प्रदर्शन

विकेश कुथु (फुटबल) 

–१३औं सागमा फुटबलको टिम स्वर्ण

– आठौं राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण

– ए डिभिजन लिगमा दोस्रो

– विशाल गोल्डकप च्याम्पियन

गोपीचन्द्र पार्की (एथलेटिक्स)

– १३औं सागमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक

– आठौं राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा स्वर्ण, १० किमि दौडमा कास्य

– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम

– चितवन नेसनल १५ किमि ओपन रोड रेसमा प्रथम

कमल श्रेष्ठ (तेक्वान्दो)

पुम्से एकल (२४–२९ वर्ष)

– १३औं सागमा स्वर्ण 

– आठौं बृहत् राष्ट्रिय खेलकुदमा तीन स्वर्ण

– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण

मन्देकाजी श्रेष्ठ (कराते)

– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल)

– आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)

– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कास्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)

सुवास तामाङ (गल्फ)

– १३औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह)

– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।

–आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)

–फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षकी महिला खेलाडी

अनु अधिकारी (कराते)

– १३औं सागमा स्वर्ण पदक

– आठौं राष्ट्रिय खेलुकदमा रजत पदक 

–बंगलादेश, पा“चौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक

–उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान

आयशा शाक्य (तेक्वान्दो)

– १३औं सागमा दुई स्वर्ण

– आठौं बृहत् राष्ट्रिय खेलकुदमा कास्य

गौरिका सिंह (पौडी)

–१३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक

–सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग बराबर 

–आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल । 

सन्तोषी श्रेष्ठ (एथलेटिक्स) 

– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक

– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्य ( पाँच हजार, १५ सय र १० हजार मिटरमा)

– वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण

– नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण

– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत

सोनी गुरुङ (ट्रायथलन)

– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत

– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण

– दोस्रो ग्रेड बुद्धिष्ट ट्रेल–२०१९ मा स्वर्ण

–हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण 

वर्षका युवा खेलाडी

भुपेन श्रेष्ठ (तेक्वान्दो)

– १३औं सागमा स्वर्ण पदक

– आठौं बृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण

–हैदरावादमा आयोजित दोस्रो इण्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण

–चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कास्य

प्ुनम श्रेष्ठ (जुडो)

–१३औं सागमा स्वर्ण

–आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण

–राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण

सञ्जु चौधरी (भारोत्तोलन)

– १३औं सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान)

– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी

– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा

सिना लिम्बू मादेन (तेक्वान्दो)

– १३औं राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक कास्य 

– आठौं राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक रजत, एक कास्य

– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा एक स्वर्ण, एक रजत, एक कास्य

सुवास तामाङ (गल्फ)

– साग दुई स्वर्ण (व्यक्तिगत र समूह)

– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)

– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।

– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षका उत्कृष्ट प्रशिक्षक

अमरकुमार थिङ (उसु)

–१३औं सागमा पाँच स्वर्ण, ६ रजत, पाँच कास्य पदक जिताउन सफल

मदन उप्रेती (कराते)

–राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक

– १३औं सागमा नेपाललाई १० स्वर्ण, चार रजत र पाँच कास्य पदक जिताउन सफल ।

नवीन श्रेष्ठ (तेक्वान्दो)

–१३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक दिलाउन सफल

–तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक 

–चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।

प्रकाश थापामगर (बक्सिङ)

–१३औं सागमा तीन स्वर्ण, ६ रजत ६ कास्य पदक जिताउन सफल

शंकर कार्की (पौडी)

–१३औं सागमा चार स्वर्ण, चार रजत, चार कास्य पदक जिताउन सफल

–आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका


Views: 38

सम्बन्धित सामग्री: