8th March | 2021 | Monday | 8:17:13 AM

रत्न र प्रिन्सको विजयी सुरुवात

  POSTED ON : माघ २, २०७७ (८:४८ AM)

रत्न र प्रिन्सको विजयी सुरुवात

काठमाडौं । राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ र विश्व जुनियरको ११औं वरियताका खेलाडी प्रिन्स दाहालले योनेक्स सन्राइज १०औं पुष्पलाल स्मृति राष्ट्रिय -याङ्किङ व्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ ।

सिरहाको गोलबजारमा बिहीबार भएको प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा सेनाका रत्नले एपीएफलका सुमन लिम्बूलाई २१–७, २१–११ ले तथा दोस्रो खेलमा एपिएफका गौतम कठायतलाई २१–१८, २१–१२ को जित निकाल्नुभयो ।

यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१–१६ र २१–११ ले तथा दोस्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१–१२, २१–१३ ले पराजित गर्नुभयो । यसैगरी एपीएफका दीपेश धामीले बाँकेका इरफान अन्सारीमाथि २१–११, २१–७ ले तथा पुलिसका सुनिल जोशीलाई २१–१८, २१–११ ले पराजित गर्नुभयो ।

पहिलो दिन नै भएका अन्य खेलमा सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथि २१–८, १९–२१ र २१–८ तथा भोजपुरका विकास श्रेष्ठमाथि २१–१७, २१–२३, २४–२२ ले पराजित गर्नुभयो । यसैगरी सेनाका नवीन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९–२१, २१–१७, २१–१७ तथा दोस्रो खेलमा बाँकेका इरफान अन्सारीलाई २१–७, २१–१३ ले पराजित गर्नुभयो ।

भोजपुरका खेलाडी विकास श्रेष्ठले एपीएफका विजित थापा मगरमाथि २१–१६, २१–१९, सेनाका रुकेश महर्जनले एपीएफका साजन कृष्ण ताम्राकारमाथि २१–१२, ९–२१, २१–१८ले, एपीएफका गौतम कठायतले धादिङका सुदीप सेंढाइँलाई २१–९, २१–१० ले, एपीएफका सुमन लिम्बूले सेंढाइँलाई २२–२०, २१–१० ले पराजित गर्नुभयो ।

यस्तै महिला राष्ट्रिय १२ ¥याङ्किङ लिग प्रतियोगितामा एपीएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१–१२, २१–११ले, सेनाकी अनुमाया राईले ज्येष्ट व्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१–६, २१–५ ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१–३, २१–३ ले तथा एपीएफकी जेशिका गुरुङले मनिषालाई २१–५, २१–४ ले पराजित गर्नुभयो । यसैगरी भोजपुरकी नङशलदेवी तामाङले विराट व्याडमिन्टन क्बलकी २१–१९, २१–१२ ले तथा सेनाकी अमिता गिरीले एपीएफकी सुनैना मुखियालाई २१–१५, २०–२२, २१–१५ ले पराजित गर्नुभयो ।

पुरुष एलकलको राष्ट्रिय १६ ¥याङ्किङ बाहेकका प्रतिस्पर्धामा विर्ता व्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका विशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साइनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्नुभयो ।

नेकपा निकट खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय व्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नेपाल व्याडमिन्टन सँघसँग आबद्ध ४७ जिल्ला तथा तीन विभागीय टोलीका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय १६ ¥याङ्किङ र महिलातर्फ राष्ट्रिय १२ ¥याङ्किङ खेलाडीहरूको छुट्टै प्रतिपर्धा हुनेछ । यस्तै त्यसदेखि बाहेककाको पुरुष र महिल एकल तथा युगल, ब्वाइज र गल्र्स १७ तथा भेट्र«ान्स ४५ माथि गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।


Views: 77